Tuesday, May 26

खेलकुद

१८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र/छात्रा बास्केटबल पोखरामा सुरु
खेलकुद, समाचार

१८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र/छात्रा बास्केटबल पोखरामा सुरु

नेपालअखबार, पोखरा  । १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र÷छात्रा बास्केटबल पोखरामा शुक्रबारबाट पोखरा रंगशालाको बास्केटबल कोर्टमा सुरु भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजना सुरु भएको उक्त प्रतियोगिताको पहिलो दिन छात्रातर्फ ३ र छात्रतर्फ १० गरि १३ खेल सम्पन्न भएका छन् । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा छात्रतर्फ फिसटेल एकेडेमीले माउन्ट अन्नपूर्णलाई ४५–१९ को स्कोरले पराजित गरेको छ । फिसटेलले आफ्नो पहिलो खेल हिलपोइन्ट विरुद्ध ३१–२४ ले जितेको थियो । आज नै सम्पन्न अन्य खेलमा शिसुनिकेतनले दुई खेल गुमाएको छ । स्टेप वाई स्टेप संग १७–१५ ले र बालकल्याण संग २५–१२ ले पराजित भएको हो । ग्लोबल कलेजियटले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ । एलए मावि संग ४३–४२ को झिनो स्कोरमा पराजित भए पनि ग्लोबलले सरस्वती आदर्श विद्याश्रम संग २२–२१ ले जित निकालेको छ । यता एलएक...
विनायक सुधा निकेतनमा खेलकुदसंगै रमाउदै  कक्षा ५का विध्यार्थी
खेलकुद, शिक्षा, समाचार

विनायक सुधा निकेतनमा खेलकुदसंगै रमाउदै कक्षा ५का विध्यार्थी

सम्राटआचार्य , काठमाडाैं । विनायक सुधा निकेतनमा खेलकुदमा  कक्षा ५का विध्यार्थी रमाउदैछन् । सम्राटआचार्य कक्षा ५ मा अध्ययन गर्दछन् । याे तस्विर बालपत्रकार सम्राटआचार्यले लिएका हुन् ।
७८ लाख अमेरिकी डलरमा बिक्री भयो मेस्सीको जर्सी
अर्थ, खेलकुद, विश्व, समाचार

७८ लाख अमेरिकी डलरमा बिक्री भयो मेस्सीको जर्सी

नेपालअखबार, काठमाडौँ । कतार विश्वकपका क्रममा अर्जेन्टिना स्टार लियोनल मेस्सीले लगाएको जर्सी निकै ठुलो रकममा बिक्री भएको छ । सन् २०२२ मा सम्पन्न विश्वकपका क्रममा ३६ वर्षीय मेस्सीले लगाएको ६ वटा जर्सीको सेट कुल ७८ लाख अमेरिकी डलर (करिब एक अर्ब तीन करोड ४८ लाख २६ हजार नेपाली रुपैयाँ) मा बिक्री भएको हो । मेस्सीले उक्त विश्वकपमा लगाएको जर्सी अमेरिकाको न्यु योर्कमा लिलामीमा राखिएको थियो । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि चुमेको थियो । अर्जेन्टिनाले उक्त विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो । मेस्सीले उक्त विश्वकपको समूहगत चरणको खेलमा लगाएको दुईसहित प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा लगाएको जर्सी लिलामीमा राखिएको थियो । कुनै पनि फुटबल खेलाडीले खेलका क्रममा लगाएको जर्सी लिलामीबाट प्राप्त भएको यो इतिहासकै दोस्रो ठुलो सर्वाधिक रकम प...
रोनाल्डोको १२ सयौँ खेल पूरा
खेलकुद, समाचार

रोनाल्डोको १२ सयौँ खेल पूरा

नेपालअखबार, काठमाडौं । पोर्चुगल तथा अल नासेरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको १२ सयौँ खेल खेलेका छन् । अल नासेरका लागि अल-रियादविरूद्ध खेलेको खेलमा उनले एक गोल र एक असिस्ट गरे । साउदी प्रो लिग अन्तर्गत अल-रियादलाई ४-१ ले हराउँदा साडियो मानेको पासमा गोल गरेका ३८ वर्षीय रोनाल्डोले ओटाभियोका लागि असिस्ट पनि गरेका थिए । रोनाल्डोले आफ्नो यो उपलब्धिसम्म आइपुग्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् र आफ्नो काम अझै नसकिएको बताएका छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले यस सिजन साउदी प्रो लिगमा १५ खेलमा १६ गोल गरेका छन् र सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छन् । इंग्ल्याण्डका पूर्व गोलकिपर पिटर सिल्टजले व्यावसायिक खेल जोनमा १ हजार ३८७ खेल खेलेका छन् । रोनाल्डोले यसअघि २०२० फेब्रुअरीमा आफ्नो एक हजारौँ खेल खेल्दा पनि युभेन्ट्सका लागि गोल गरेका थिए । साउदी प्रो लिगले सामाज...
पोखरामा पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु
खेलकुद, समाचार

पोखरामा पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु

नेपालअखबार, पोखरा । पोखरामा पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत सोमबार (आज)बाट पोखरा रंगशालामा भलिबलका प्रतिस्पर्धाहरु सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा सुरु भएको छात्र÷छात्रा भलिबलतर्फ १६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत सेमीफाइनलका समिकरण पुरा भएको युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिए । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको प्रतियोगितामा छात्र÷छात्रा दुवैतर्फ कालिका इङलिश बोर्डिङ फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उपाधिका लागि छात्रतर्फ वेलनन एकेडेमी संग छात्रातर्फ कालिका इङलिश वोर्डिङ स्कुल संग प्रतिस्पर्धा गर्ने खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिए । यस अघि भएको सेमीफाइनलमा छात्रतर्फ कालिकाले एकता वोर्डिङलाई २५–९ र २५–१४ को सोझो सेटमा पराजित गरि फाइनलमा प्रवेश ग...
केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी विजयी
खेलकुद, समाचार

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी विजयी

नेपालअखबार, पोखरा  । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी क्लवले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलो विरुद्ध ११० रनको सानदार जित दर्ता गरेको हो । राष्ट्रिय टोलीका खेलाडीबाट सुसज्ज्ति नेपाल आर्मीलाई टस जितेर व्याटिङको निम्तो दिएको निलो विरुद्ध आक्रमक प्रस्तुत भएको आर्मीले २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १९५ रन बनाएको थियो । नेपाल आर्मीका लागि पारिको सुरुवात गरेका सन्तोष कार्कीले ३५ वलमा ७ चौका प्रहार गर्दै टिमका लागि सर्वाधिक ४१ रन बनाए । उनी धवन सहनीको बलमा आउट भए । त्यस्तै विनोद भण्डारीले २४ बलमा तिन चौका र तिन छक्काको मद्धतले ३८ रन बनाउँदै शुभम खनालको बलमा पेििभलियन फर्के । आर्मीका लागि कुशल मल्लले २५ रनको योगदान दिंदा वाशिर अहमदले २३ रन र रोहित पौडेलले १२ बनाए । त्यस्तै सन्दिप रजाली र भिम ...
१६ औं हिसान कास्की स्पोर्टस मिटको तयारी पुरा, १४ गते उद्घाटन
खेलकुद, शिक्षा, समाचार

१६ औं हिसान कास्की स्पोर्टस मिटको तयारी पुरा, १४ गते उद्घाटन

नेपालअखबार, पोखरा  । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १६ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पुरा भएको छ । शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरुपा आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको हिसान कास्कीले जनाएको हो । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुनेछन् । हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं स्पोर्टस मिटका संयोजक डा रामजी शर्माले जानकारी दिएका छन् । १६ औं सस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन बास्केटबल कोर्टमा गर्ने गरि तयारी भएको संयोजक शर्माले जानकारी दिए । हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केट...
कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस विजयी
खेलकुद, समाचार

कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस विजयी

नेपालअखबार, पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका टिम कप्तान समेत रहेका कुशल भुर्तेलको शतकिय पारिमा नेपाल पुलिस क्लव पोखरामा जारी ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता’मा शानदार विजयी सुरुवात गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा समुह सि अन्तर्गत आइतबार भएको खेलमा विभागिय टोली नेपाल पुलिस क्लवले मधेश प्रदेश विरुद्ध ५७ रनले जित हासिल गरेको हो । कुशलले ५६ बलमा सात छक्का र आठ चौकाको मद्धतले १०२ रन बनाए । उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत हुन् । कुशलले २६ बलमा ५० रन पुरा गरेका थिए भने । उनको विष्फोटक पारीलाई मधेश प्रदेशका विशाल शुसलिङले ब्रेक गरेका थिए । टस जितेर पारीको सुरुवात गरेको पुलिसले २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन जोड्न सफल भयो । खेलमा पुलिसका लागि कुशल संगै पारिको सुरुवात गरेका सुनिल धमलाले सुष्त गतिमा खेल्दै ४७ बल खेल्दै ...
पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते
खेलकुद, समाचार

पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते

नेपालअखबार, पोखरा । पोखरामा सम्पन्न फिसटेल रेसिङ कप २०२३ को उपाधि अजय तामाङले जितेका छन् । आइतबार पोखरा रंशगशालामा सम्पन्न ३८ जना वाइकर्सहरुलाई उछिन्दै अजयले उपाधि जितेका हुन् । उनले उपाधि संगै नगद १ लाखसहित ट्रफि र प्रमाणपत्र हात पारेका छ्न् । नेपाल रेसिङ स्पोर्टस एसोसियसनको आयोजना तथा भिआर ४६ को समन्वयमा तिन दिन सम्म भव्य रुपमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापा मगर दोश्रो भए । उनले नगद रु ७५ हजार हात पार्दा  मोहमद फरहान तेश्रो हुँदै नगद रु २५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै महिलातर्फ ५ जना वाइकर्स सहभागि थिए । महिलातर्फको एक मात्र उपाधि वर्षा बस्नेतले जितिन् । उनले नगद रु २० हजारका साथमा ट्रफी प्राप्त गरिन् । नेपाल रेसिङ स्पोर्टस एसोसियसनले पहिलो पटक उक्त प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा बाइकर्सहरुले स्टन्ट गर्नुका साथै म्युजिकल शो समे...
मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुको सहकार्य
खेलकुद, समाचार

मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुको सहकार्य

नेपालअखबार, पोखरा । पोखरामा हुने मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पुस ८ र ९ गते सञ्चालन हुने प्रतियोगितालाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका हुन् । मार्शल आर्ट खेलको विशिष्ट रुपमा परिभाषित मुवाथाई खेल पछिल्लो क्रममा नेपालमा समेत यसको व्यवासयिकरणको अभ्यास सुरु भएको हो । सोही अभ्यासलाई अभियानको रुपमा अघि बढाउन पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले बताए । “हामीले पहिलो पटक अभियानको रुपमा मुवाथाई खेललाई स्थापित गर्न अघि बढेका छौं” क्षेत्रीले भने–“यसले गण्डकी प्रदेशमा मात्रै नभई राष्ट्रिय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने छ । साथै यसले नेपालीमा यूवा खेलाडी उत्पादन र उनीहरुको क्षमता निर्खान समेत भूमिका ...