जेपी क्रस अन्तर विद्यालय छात्र–छात्रा बास्केटबल फाइनल भोली
नेपालअखबार, पोखरा । १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र–छात्रा बास्केटबल पोखरामा जारी रहेको छ ।
कास्की जिल्ला बास्केटबल संघको आयोजनामा जारी प्रतियोगिताको तेश्रो दिन अन्तिम चारको टुङ्गो लागेको छ । लिग कम नक आउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रातर्फ फिस्टेल, न्यू ग्यालेक्सी, बालकल्याण, अल्फा सेमीफाइनलमा प्रवेश गरेका छन् भने छात्रतर्फ स्पाइरल ग्यालेक्सी र अल्फाले अन्तिम चारमा स्थान बनाएका छन् ।
आइतबार छात्रातर्फको खेलमा बाल कल्याणले एलएलाई १७–० ले, फिसटेलले गण्डकी बोर्डिङलाई १७–८ ले, न्यू ग्यालेक्सीले ग्लोबललाई ८–३ ले स्कोरले पराजित गरेको कास्की बास्केटबल संघले जनाएको छ । त्यसै गरि छात्रतर्फ स्पाइरल ग्यालेक्सीले बालकल्याणलाई ७४–३८ ले, फिसटेलले मनकामनालाई ५०–४० ले र अल्फाले एलएलाई १९–१८ को स्कोरले पराजित गरेको अध्यक्ष कृष्ण गुरुङले जनाए ।
विश्वभर फैलिएको कोभिड १९ को सक्रमणक...










