Saturday, June 27

धर्म/संस्कृति

आजदेखि बडादसैं सुरु
धर्म/संस्कृति, समाचार, समाज

आजदेखि बडादसैं सुरु

नेपालअखबार, काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडादसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल...
पर्यटक आकर्षित गर्ने माध्यम बन्यो  संस्कृति
धर्म/संस्कृति, समाचार, समाज

पर्यटक आकर्षित गर्ने माध्यम बन्यो संस्कृति

नेपालअखबार, मुस्ताङ । मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला र संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् । मुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका–५ को ठिनीको थकाली सामुुदायिक होमस्टेका सञ्चालक जुमा थकालीले बताइन् । “पृथक भूगोल, मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहाँसिक दरबार मात्र नभएर बस्तीअनुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ”, उनले भनिन्, “भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुङ, तिजी, फागुुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले पर्यटक आकर्षित गर्न र बसाई लम्बाउन सहयोग मिलेको छ ।” ठिनी नजिकै रहेको घरपझोङ गाउँपाल...
कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित फुर्सदिला
धर्म/संस्कृति, समाचार, समाज

कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित फुर्सदिला

नेपालअखबार, म्याग्दी । यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुराेहित श्याम रिजाल यसपालि फुर्सदिला छन् । “पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुको पातलो उपस्थिति छ”, उनले भने, “भक्तजन कम हुँदा हामीहरुलाई पनि कामको चाप छैन ।” दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्ड दान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ । कागबेनीमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्र श्राद्धमा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्न आउने ...
बालकरामले रचे यसरी पहिलो इतिहास
धर्म/संस्कृति, समाचार, समाज

बालकरामले रचे यसरी पहिलो इतिहास

नेपालअखबार, भक्तपुर । साँझ ढल्किँदै जादा मध्यपुरथिमि नगरपालिका-५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भिड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको भिड दुई पोखरीसम्मै बाक्लिँदै गयो । करिब ७.१५ बजे बाँसको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर दिगु भैरब अगाडिको मञ्चमा आइपुगे । जात्रालु सबैको ध्यान त्यतै केन्द्रित भयो । एकछिनपछि कर्मी नाइके बाबुकाजी श्रेष्ठलाई लिएर एक समूह आइपुग्यो । त्यसको केही क्षणमै अर्को समूहसँग थिमि लाय्कुको पमा नायो श्यामकृष्ण श्रेष्ठ परम्परागत पोशाकमा हनुमान ढोका दरबारबाट ल्याएको राज खड्ग लिएर डबलीमा आए । त्यसपछि दिगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेपछि ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रालाई जिब्रो छेडेर निरन्तरता दिन मध्यपुरथिमि नगरपालिका-५ चोडेटोल निवासी ...
आज हरितालिका तीज व्रत
धर्म/संस्कृति, समाचार, समाज

आज हरितालिका तीज व्रत

नेपालअखबार, काठमाडौं  । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही सम...
रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’
धर्म/संस्कृति, समाचार, समाज

रातभर फलाकेर मनाए प्रकृति पुजक चेपाङले ‘न्वागी’

नेपालअखबार,  मलेखु। गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी। छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ। गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए। जति रात छिप्पिँदै गयो ढ्याङ्ग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए। मन्द आवाजमा केही फलाकेजस्तो त कोही गुनगुनाएजस्तो आवाज वरपर पनि गुन्जायमान थिए। त्यही ढ्याङ्ग्रो ठोकेर फलाक्नेमध्येका एक हुनुहुन्थ्यो धादिङ गजुरी गाउँपालिका–५ बरभञ्ज्याङका राजकुमार चेपाङ। नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ। चेपाङ अर्थात् प्रजा समुदायले मनाउने यो ‘न्वागी’ उनीहरूको मुख्य पर्व पनि हो। चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो। पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वका रूपमा परिचित यो पर्वमा आफ्ना कूलभरिमा मानिस मूल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन् । यो पर्व...
राष्ट्रपति पौडेल आज दिउँसो कृष्ण मन्दिर जाने
धर्म/संस्कृति, राजनीति, समाचार

राष्ट्रपति पौडेल आज दिउँसो कृष्ण मन्दिर जाने

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्ने भएका छन् । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी आज दिउँसो ३ बजे कृष्णमन्दिरमा पुग्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ।...
गाईजात्रा पर्व पनि आजै, विभिन्न कार्यक्रमका साथ मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

गाईजात्रा पर्व पनि आजै, विभिन्न कार्यक्रमका साथ मनाइँदै

नेपालअखबार, काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।  यसबाट पनि रानीको मन शान्त हुन...
इन्द्रजात्रा हेर्न विदेशी र स्वदेशी पाहुनालाई निम्तो
धर्म/संस्कृति, समाचार, समाज

इन्द्रजात्रा हेर्न विदेशी र स्वदेशी पाहुनालाई निम्तो

नेपालअखबार, काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी र स्वदेशीसहित ३३ अन्तर्राष्ट्रिय नगर, संस्था र स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय ८ र राष्ट्रिय स्तरबाट भगिनी सम्बन्ध राखेका ७ स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ । मेयरको सचिवालय र कामपा बोर्डको बैठकले इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय पर्वका रूपमा परिचय दिन पाहुना बोलाउन लागेको हो । निम्तो मान्न भगिनी सम्बन्ध कायम भएका १८ नगरका ४–४ जना, संस्था र स्थानीय तहका प्रमुख, उपप्रमुख र केही जनप्रनितनिधि आउने कार्यक्रम रहेको छ । कामपाका प्रवक्ता नवीन मानन्धरले २ साताअघि सबै पाहुनालाई निमन्त्रणा गरेको जानकारी दिए। उनले भने– ‘कामपाले सम्बन्ध कायम गरेका विश्वका मुख्य देश, अन्तर्राष्ट्रिय संस्था र राष्ट्रिय स्तरका ७ स्थानीय तहका प्रमुखलाई निम्तो...
नाग र कमलको फूलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी
धर्म/संस्कृति, समाचार, समाज

नाग र कमलको फूलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी

नेपालअखबार, पाेखरा। तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी। क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्व रहेको छ । पोखरा महानगरपालिका-१३ कुँडहरस्थित कमलपोखरी विश्व रामसार सूचीमासमेत सूचीकृत भइसकेको छ । नाग र कमलको फूलका कारण छुट्टै गरिमा र महत्व बोकेको यस पोखरी पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिब चार किलोमिटर दूरीमा पर्दछ । ढकमक्क कमलका फूलले ढाकिनुका साथै यहाँ नागको बासस्थान रहेको प्राचीन जनविश्वास रहेको कमलापोखरी संरक्षण समितिका अध्यक्ष केशबहादुर विश्वकर्माले बताए । यही जनविश्वासका कारण यसको महत्व थप बढ्दै गएको बताउँदै नाग र कमलको फुलले यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइरहेको उनले उल्लेख गरे । समितिका अध्यक्ष विश्वकर्माले पछिल्ला वर्षमा ताल अवलोकनका लागि पोखरा र आसपासका क्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको ब...