Monday, October 19

धर्म/संस्कृति

आज जनकपुरमा  जानकी नवमी मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

आज जनकपुरमा जानकी नवमी मनाइँदै

नेपालअखबार, जनकपुरधाम । जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ । वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ । जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ । आज बिहानै दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाई गानको कार्यक्रम राखिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले जानकारी दिए । जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् ।...
इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा
धर्म/संस्कृति, समाचार, समाज

इच्छाकामना मन्दिर पुनःनिर्माण अन्तिम चरणमा

नेपालअखबार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिरका पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । उनले अब मन्दिरमा बत्ती जडान, ढुङ्गा बिच्छाउने र पर्खाल लगाउने केही काम बाँकी रहेको बताए । “गाउँपालिका र प्रदेश सरकारको झन्डै रु दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ”, उनले भने, “चारपाँच लाख चन्दादाताबाट पनि बटुलिएको छ ।” मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उनको भनाइ छ । यस वर्ष प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख र गाउँपालिकाले विनियोजन गरेको रु आठ लाखको काम भइरहेको बोहोराले बताए । पृथ्वी राजमार...
आज आमाको मुख हेर्ने पर्व
धर्म/संस्कृति, समाचार, समाज

आज आमाको मुख हेर्ने पर्व

नेपालअखबार, काठमाडाैं । आमाको मुख हेर्ने पर्व आज मनाइँदैछ। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा आमालाई सम्मान गरी आमाको मुख हेर्ने गरिन्छ। आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ यो पर्व मनाइने गरिएको छ। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा दिवंगत भइसकेकाहरूले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्। सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ। वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन...
ब्रुक्लिन चेम्बरअफ कमर्सले बहत् इफ्तार कार्यक्रम सम्पन्न
धर्म/संस्कृति, विदेश, समाचार, समाज

ब्रुक्लिन चेम्बरअफ कमर्सले बहत् इफ्तार कार्यक्रम सम्पन्न

नेपालअखबार । संयुक्त राज्य अमेरीको न्यूयोर्क स्थित ब्रुक्लिन चेम्बर अफ कमर्सले रमदानकाे शुभअवसरमा  रमदान मुवारककाे सन्देश दिदै इफ्तार कार्यक्रम सम्पन्न गरेकाे छ । ब्रोक्लिन चेम्बर अफ कमर्शकाे स्थापनाकाे  एक सय पाँच वर्षमा पहिलाे पटक इफ्तार पाटी गरेकाे छ । चेम्बरका अध्यक्ष रेन्डी पियर्सले रमदानकाे शुभकामना व्यत्त गरेका थिए । उत्त कार्यत्रममा न्यूयोर्क स्थित ब्रुक्लिन चेम्बर अफ कमर्सले  अमेरिकामा रहेका  व्यापारी,  मिडिया  साथै पाकिस्तानका व्यापारीकाे उपस्थिति रहेकाे ब्रोक्लिन चेम्बर अफ कमर्शका बोर्डसदस्य शाहिद खानले  जानकारी दिए ।...
सुदूरपश्चिममा सिस्नो खेलेर बिसु पर्व मनाइँदै
धर्म/संस्कृति, समाचार, समाज

सुदूरपश्चिममा सिस्नो खेलेर बिसु पर्व मनाइँदै

नेपालअखबार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वको रुपमा मनाइँदैछ । सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाइन्छ । हरेक नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमवासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् । बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ । बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सबै प्रकारका विष निस्कृय हुने विश्वास छ । वैशाख १ गतेको दिन बिहानै नुहाएर सिस्नो लगाउने प्रचलन छ । यसरी सिस्नो लगाउँदा अघिल्लो वर्ष आफ्नो शरीरमा कुनै लागेको भए त्यसबाट मुक्त भइने र नयाँवर्षमा जुनसुकै विशालु जीवहरुबाट बचिन्छ भन्ने धार्मिक मान्यता रहीआएको छ । देवर–भाउजू, नन्द–भाउजू, साली–भिनाजु, फुपू–सालीहरुकाबिचमा सिस्नो पानी छ्...
न्यूयाेर्कका मेयर एरिक एडम्सले इफ्तार गर्दै
धर्म/संस्कृति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

न्यूयाेर्कका मेयर एरिक एडम्सले इफ्तार गर्दै

नेपालअखबार, काठमाडाैं । अमेरिकाकाे न्यूयाेर्क शहरका  मेयर एरिक एडम्सले इफ्तार  डिनर गर्दैछन् । मेयर एरिकले न्यूयाेर्क शहर रहेका मुस्लिम समुदायका  आफ्ना  जनताहरू प्रति सम्मान व्यत्त गर्दै  एक दिन (राेजा) व्रर्त बसेका थिए । उनले भनेका थिए हामीले सबै धर्म रितिरिवाजकाे सम्मान गर्न सक्नु पर्छ । विश्वभरका मुस्लिम समुदायले मनाइ रहेकाे पवित्र पर्व रमदानकाे अवसरमा सबै मुस्लिम समुदायलाई शुभकामना यर एरिकले दिए । मेयर एरिकका अनुसार मैले स्वयम एक दिन भए पनि (राेजा) व्रर्त बसेर न्यूयाेर्क शहरका  मुस्लिम समुदायसंग याे पर्व मनाएकाे छु  । जनता माथि शासन चलाउने मात्र काम हाेइन मेरा जनताकाे मुटुमा पनि बस्नु छ । हामी बिच भाइचार कायम हुन आवश्यक रहेकाे मेयर एरिकले बताए । उत्त इफ्तार समाराेहमा करिब एक हजार नगरवासीकाे उपस्थित रहेकाे थियाे । इफ्तार डिनर समाराेह  अल  खाेइ फाउडेशनले आयाेजना गरेकाे थिया...
इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान सुरु
धर्म/संस्कृति, समाचार, समाज

इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान सुरु

नेपालअखबार, काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको छ । रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ नमाज अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यसै खुसीयालीमा मुस्लिम समुदायले एकमहिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । रोजा बस्ने भनेको बिहान ३:४३ देखि बेलुका ६:५० बजेसम्म निराहार बस्नु हो । यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । बिरा...
वत्सलेश्वरी जात्रामा पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा
धर्म/संस्कृति, समाचार, समाज

वत्सलेश्वरी जात्रामा पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा

नेपालअखबार, काठमाडौँ । पशुपति क्षेत्रमा मनाइने वत्सलेश्वरी जात्राका अवसरमा श्री पशुपतिनाथ भण्डार तहविलबाट विचार पूजा सम्पन्न गरिएको छ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी जात्राका क्रममा पशुपतिनाथका मूल भट्टले रकमी तथा कर्मचारीलाई पगरी बाँध्ने काम पनि सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । यसअघि अमालकोट कचहरीबाट बाजागाजासहित पशुपतिनाथका मूलपुजारी निवासमा गएका थिए । चैत्र कृष्ण अष्टमीका दिन फागुन ३० गते काठमाडौँ उपत्यका देवीदेवतालाई पूजा आराधना गरी पशुपति क्षेत्रमा वत्सलेश्वरी एवं बज्रेश्वरी जात्रा सुरु भएको उनले बताए । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए । चैत्र कृष्ण अष्टमीक...
पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
धर्म/संस्कृति, समाचार, समाज

पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु

नेपालअखबार, काठमाडौँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी एवं बज्रेश्वरी जात्रा सुरु भएको छ ।  आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए । चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ । यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको थियो । पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा सुरु गरिएको हो । वत्सलेश्वरी जात्रा आजदेखि तीनदिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ ।  ...
पशुपतिनाथमा बिहान ३ बजेदेखि नै चारै ढोका खुल्ला
धर्म/संस्कृति, समाचार

पशुपतिनाथमा बिहान ३ बजेदेखि नै चारै ढोका खुल्ला

नेपालअखबार, काठमाडौं । महाशिवरात्रिका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआरधना एवं दर्शनका लागि जम्मा भएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखा एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । जयबागेश्वरीबाट लाममा लागेको आधा घन्टा र तिलगङ्गा क्षेत्रबाट लाममा लागेको ४५ मिनेटदेखि एक घन्टासम्ममा दर्शन गर्न सकिने उनले जानकारी दिए । पशुपति क्षेत्रमा बिहानदेखि हजारौँ भक्तजनको भीड देखिन्छ । दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविरलगायत पनि व्यवस्थापन गरिएको छ । पशुपतिनाथसँगै राजधानी एवं त्यसका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पशुपतिमा बिहानदेखि नै भक्तजनको घुइँचो महाशिवरात्रिका अवसरमा पश...