Sunday, September 21

प्रदेश १

धरानमा कोरोनाले थप तीनको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य

धरानमा कोरोनाले थप तीनको मृत्यु

नेपाल अखबार, धरान। यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ । दुहवीका पुरुषलाई यही असोज १४ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उनलाई मिर्गौलाको समस्या भएको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान ३ः५० मा मृत्यु भएको थियो । तीन घण्टाका फरकमा लगत्तै धनकुटा अस्पतालबाट रेफर भएर असोज १६ गते भर्ना भएकी ६१ वर्षीया महिलाको बिहान ६ः४० बजे मृत्यु भएको थियो । उनलाई पनि मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ । तीनै जनाको शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । रासस...
दमक नगरप्रमुखलाई कोरोना पुष्टि
प्रदेश १, समाचार, स्वास्थ्य

दमक नगरप्रमुखलाई कोरोना पुष्टि

नेपाल अखबार,झापा। झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत कोरोना पोजेटिभ देखिएको छ । मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । नगरप्रमुखसहित एक वडाध्यक्षलाई सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ । रासस...
विद्यालयमा भीड कम गर्न रोल नम्बरमा जोरबिजोर प्रणाली अपनाएर पढाइ
प्रदेश १, शिक्षा, समाचार, हाइलाइट-समाचार

विद्यालयमा भीड कम गर्न रोल नम्बरमा जोरबिजोर प्रणाली अपनाएर पढाइ

दिक्तेल । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो । गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर–बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको जनाइएको छ । यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल बस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठनपाठन गर्न सकिने व्यवस्था छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि घरमा बसेका विद्यार्थी गाउँपालिकाले व...
इलाम बन्यो कोरोना शून्य जिल्ला
प्रदेश १, समाचार, स्वास्थ्य

इलाम बन्यो कोरोना शून्य जिल्ला

नेपाल अखबार, इलाम । कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो । जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पिसिआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । जिल्लामा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो । जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्योदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउम...
चहलपहल ह्वात्तै बढेपछि ताप्लेजुङमा संक्रमणको जोखिम बढ्यो
प्रदेश १, समाचार, स्वास्थ्य

चहलपहल ह्वात्तै बढेपछि ताप्लेजुङमा संक्रमणको जोखिम बढ्यो

नेपाल अखबार, ताप्लेजुङ । हरेक दिन कोभिड–१९ अर्थात् कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या १७ हजार नाघेको छ भने संक्रमणबाट निधन हुनेको संख्या ४३६ पुगेको छ । यसरी संक्रमितको संख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । हालसम्म सुरक्षित मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता ह्वात्तै चहलपहल बढेको छ भने कोभिड १९ का सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड पालना गरेको देखिँदैन । सदरमुकाम फुङलिङमा लामो तथा छोटो दूरीका यातायात खुलेसँगै चहलपहल बढेको छ भने बजार क्षेत्रमा हिँडडुल गर्ने अधिकांश मानिसले मास्कको प्रयोग गर्न छाडेका छन् । यस्तै सामाजिक दूरीसमेत कार्यान्वयन हुन सकेको छैन । ‘यातायात खुलेसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ, अधिकांशले मास्क नलगाई हिड्न थाले, यसले थप जोखिम ब...
तीन घण्टासम्म अस्पताल प्रवेश गर्न दिइएन, समयमा उपचार नपाइ संक्रमितको मृत्यु
प्रदेश १, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

तीन घण्टासम्म अस्पताल प्रवेश गर्न दिइएन, समयमा उपचार नपाइ संक्रमितको मृत्यु

नेपाल अखबार, झापा। अस्पताल पुर्याएर पनि समयमा उपचार नपाई एक वृद्धाको निधन भएको छ । झापाको मेचीनगर–५ निवासी ७२ वर्षीया पवित्रादेवी तिम्सिनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समयमा उपचार हुन नसक्दा आइतबार राति ९ बजे निधन भएको हो श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि झापाकै कनकाई अस्पताल विर्तामोडमा यही असोज १ गते भर्ना गरिएको थियो । बिरामीको अवस्था झन जटिल बन्दै गएपछि तीन दिनपछि अस्पतालले धरान लाने सल्लाह दिएको थियो । कनकाईबाट रेफर गरिएपछि बिरामीलाई परिवारले आइतबार नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो तर धरानमा तीन घण्टासम्म बिरामीलाई अस्पताल प्रवेश गर्न नदिएपछि बिरामीको स्वास्थ्य थप कमजोर बन्दै गएको र धरानमा समयमा उपचार नपाएकै कारण तिम्सिनाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनपछि अस्पतालले कोरोना परीक्षणका क्र...
कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण
प्रदेश १, प्रविधि, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

नेपाल अखबार, इलाम । इलामका युवाहरुले यन्त्र , रोबोट निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए । उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ । कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबोटको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोटमार्फत प्राप्त हुने उनले बताए । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ । इलामका फुयाँल, सुल...
विराटनगरमा अस्पतालले भर्ना नगर्दा गर्भवतीको मृत्यु
प्रदेश १, समाचार, समाज

विराटनगरमा अस्पतालले भर्ना नगर्दा गर्भवतीको मृत्यु

नेपाल अखबार, विराटनगर । विराटनगरमा अस्पतालले भर्ना नगर्दा एक गर्भवतीको मृत्यु भएको छ । उपचारका लागि बुधबार रातभर विराटनगरका अस्पताल डुलाउँदा भर्ना नगरेपछि धरान पुर्‍याइएकी मोरङको कानेपोखरी गाउँपालिका ५ कि २३ वर्षीय सविना थापा दर्जीको मृत्यु भएको हो । उनको पेटमा सात महिनाको गर्भ थियो । उनी मंगलबार राति १० बजेतिर शौचालयमा लडेकी थिइन् । तत्काल अवस्था सामान्य रहे बुधबार अवस्था गम्भीर भएपछि आफन्तले उपचारका लागि विराटनगर ल्याएका थिए । विराटनगरको नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, विराट नर्सिङहोम, ग्रीनक्रस, कोशी अस्पताल, सुरक्षा अस्पताल पुर्‍याए । तर कुनै अस्पतालले भर्ना गर्न मानेनन् । बिहीबार विहान साढे २ बजेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । एम्बुलेन्समा राखेर रातभर विभिन्न अस्पताल पुर्‍याए पनि कुनैले उपचार गर्न नमानेको सविनाकी आमाजू दुर्...
पाँच दिन धाउदा पनि किसानले मल पाएनन्
कृषि, प्रदेश १, समाचार

पाँच दिन धाउदा पनि किसानले मल पाएनन्

नेपाल अखबार, विराटनगर । यसवर्ष वर्षाद् वढी भएकै कारण धान उत्पादनमा वृद्धि हुने किसानको आशा थियो, तर धानमा छर्ने युरिया मल नपाएपछि किसानको आशामा तुसारापात लाग्यो । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् । विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भनेपनि दिनभरि बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर–धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका थिए । धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च एवम् पारिवार पालनपोषण गर्नुपर्नेमा अहिले मल नपाउँदा किसान हतास देखिएका छन् । सहकारीले दैनिकरुपमा बोलाउने तर मल उपलब्ध नगराई बेलुकीमा चर्को मूल्य...
प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण
प्रदेश १, समाचार, स्वास्थ्य

प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण

नेपाल अखबार, मोरङ  ।  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो । यही भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । मन्त्री  घिमिरे शनिबार साँझदेखि निवासमै रहेका छन् । उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ । रासस...