Sunday, September 21

प्रदेश ३

बागमती प्रदेश सरकारले सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरेको छ – मुख्यमन्त्री राजेन्द्र पाण्डे
प्रदेश ३, राजनीति, समाचार

बागमती प्रदेश सरकारले सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरेको छ – मुख्यमन्त्री राजेन्द्र पाण्डे

नेपालअखबार, काठमाडौँ  । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले  प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरिएको बताउनु भएको छ । शनिबार काडमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपालको बागमती र उपत्यका प्रदेशको संयुक्त भेलाको उद्घाटनका क्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सञ्चार क्षेत्रको विकासका लागि प्रदेशभित्र स्थापना गरिएका सबै सञ्चारमाध्यमलाई नवीकरण दस्तुर छुट दिएको बताउनु भयो  । मुख्यमन्त्री पाण्डेले समाजमा विद्यमान भ्रष्टाचारको न्यूनीकरणका लागि पत्रकार क्रियाशील भई सुशासन कायम गर्न सकिने र उनीहरुका सङ्गठनमा संविधानअनुसारको विभाग राख्न उपयुक्त हुने बताउनु भयो  ।...
लोकगायक पौडेल बागमती प्रदेश सरकारबाट ‘कलाकीर्ति’ पदकद्वारा सम्मानित
प्रदेश ३, मनोरञ्जन, समाचार

लोकगायक पौडेल बागमती प्रदेश सरकारबाट ‘कलाकीर्ति’ पदकद्वारा सम्मानित

नेपालअखबार । चर्चित लोकगायक नवीन पौडेललाई बागमती प्रदेश सरकारले सम्मान गरेको छ । संगीत कलाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएवापत प्रदेश सरकारले उनलाई ‘कलाकीर्ति’ पदकद्वारा सम्मान गरेको हो । गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशको मुख्यालय हेटौंडाको मुख्यमन्त्री कार्यालय परिसरमा आयोजित कार्यक्रममा गायक पौडेलसहित विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याएवापत विभिन्न व्यक्तिहरू सम्मानित भएका छन् । डा. सन्दुक रुइत, डा. महावीर पुनलगायत विभिन्न क्षेत्रका ४३ जना व्यक्तिलाई विभिन्न मानपदवी एवं पदकद्वारा सम्मान गरिएको थियो । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, सभामुख सानुकुमार श्रेष्ठ र बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गायक पौडेललाई सम्मान गरेका थिए । गायक पौडेलले यसअघि राष्ट्रपतिबाट ‘सुप्रबल जनसेवाश्री’, संस्कृती पर्यटन मन्त्रालयबाट पचास हजार राशीक...
चितवनमा थप एक सङ्क्रमितको मृत्यु
प्रदेश ३, समाचार, स्वास्थ्य

चितवनमा थप एक सङ्क्रमितको मृत्यु

नेपाल अखबार, चितवान। जिल्लामा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । रासस...
होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु
प्रदेश ३, समाचार, स्वास्थ्य

होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु

नेपाल अखबार, चितवान। कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भई होम आाइसोलेसनमा रहेका पाँच जनाको मृत्यु भएको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या भने योसँगै ३१ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लामा दुई हजार ५९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये एक हजार ५५३ जना निको भएर घर फर्किसकेका छन् । रासस...
निधनपछि भरतपुरका पूर्वमेयरमा कोरोना पुष्टि
प्रदेश ३, समाचार, स्वास्थ्य

निधनपछि भरतपुरका पूर्वमेयरमा कोरोना पुष्टि

नेपाल अखबार, चितवन । तत्कालीन भरतपुर नगर पञ्चायतका प्रधानपञ्च एवं भरतपुर नगरपालिकाका पूर्वमेयर हिमबहादुर पियाको मंगलबार राति ८१ वर्षको उमेरमा निधन भएको छ । दम, उच्चरक्तचापलगायतका रोगबाट ग्रस्त पियाको मृत्युपछि गरिएको पिसिआर परीक्षणको नतिजा पोजिटिभ आएको छ । १९९६ सालमा तनहूँको बन्दीपुरमा पिता हरिप्रसाद पिया र माता जौकुमारी पियाको सन्तानका रुपमा जन्मिएका पिया २००९ सालमा बसाइँ सरेर चितवन आएका थिए । भरतपुर नगरपालिका २, क्षेत्रपुर निवासी पियाको चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत अवस्थामा निधन भएको हो । दिवंगत पियाका तीन छोरी र तीन छोरा छन् । भरतपुरका पूर्वमेयर पियाको निधनप्रति दुःख व्यक्त गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले बुधबार शोक वक्तव्य जारी गरेकी छन् । ‘भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर निवासी तत्कालीन भरतपुर नगरपालिकाका मेयर हिमबहादुर पियाको ८१ वर्षको उमेरमा भएको दुःखद निधनले ...
तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ७० प्रतिशत सम्पन्न
प्रदेश ३, समाचार

तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र ७० प्रतिशत सम्पन्न

नेपालअखबार, ललितपुर। गोदावरीमा निर्माणाधीन तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सम्पन्न भएको छ । शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा उक्त केन्द्र निर्माण गरिरहेको छ । विभाग र केसी–समानान्तर जेभीबीच विसं २०७६ कात्तिक २० गते सम्झौता भएर भोलिपल्ट २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । उनले भने, “गत वर्षको चैत महिनाभित्र यस भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । दुई महिना साइटमा भएका रुख काट्न समय लागेको र बेलाबेलामा पानी परेर बिहान अनि बेलुका दुई समय काम गर्ने भनिएकामा मौसमले पनि साथ नदिएका कारण तोकिएको समयभित्र सम्पन्न गर्न सकेनौँ ।” विश्वव्यापीरूपमा फैलिरहेको कोभिड महामारीका कारण गत वर्षको चैतदेखि असार मासान्तसम्म काम गर्न नपाएको र विगतमा २०० कामदार...
सुतेको बेला तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु
प्रदेश ३, समाचार

सुतेको बेला तीन जनालाई सर्पले डस्यो, २ वर्षीय बालकको मृत्यु

नेपाल अखबार, चितवन । पश्चिम चितवनमा सर्पले डस्दा दुई वर्षीय एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा घरमा सुतिरहेका तीन जनालाई गएराति विषालु सर्पले डसेको थियो । बालकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पको डसाइबाट बालककी आमा २६ वर्षकी रुवी सुनारको अवस्था गम्भीर छ । उनको भरतपुर अस्पतालमा उपचार जारी छ । यस्तै ५६ वर्षकी केशरी वि.क.को अवस्था पनि गम्भिर छ । उनको चितवन मेडिकल कलेजको आइसियूमा राखेर उपचार भैरहेको प्रहरीले जनाएको छ ।  ...
बागमती प्रदेशका २८ स्थानीय तहमा प्रहरीको गुनासो पेटिका
प्रदेश ३, प्रशासन, समाचार

बागमती प्रदेशका २८ स्थानीय तहमा प्रहरीको गुनासो पेटिका

नेपाल अखबार, हेटौंडा । आफूविरुद्ध गुनासो संकलन गर्न प्रहरीले बागमती प्रदेशका २८ वटा स्थानीय तहमा गुनासो पेटिका स्थापना गरेको छ । प्रदेशको राजधानी हेटौंडाबाट थालिएको अभियानको प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामाले उपमहानगरपालिका कार्यालय परिसरमा पेटिका राख्दै सुरुवात गरेका हुन् । नागरिकबाट प्रहरीसँग भएका गुनासो तथा सुझाव संकलन गरी सेवालाई थप प्रभावकारी बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेश भरीका हरेक स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने निर्णय गरेको हो । प्रहरी कार्यालयका साथै प्रहरी कर्मचारीबाट सम्पादन भएका काम कारबाहीको बारेमा नागरिकबाट प्राप्त हुने सल्लाह, सुझाव तथा गुनासोलाई उचित सम्बोधन गरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझाव पेटिका सञ्चालनसम्बन्धी कार्ययोजना निर्माण गरिएको प्रहरी नायब महानिरीक्षक लामाले बताए । कार्य...
चितवनका संक्रमितमध्ये आधालाई अस्पतालबाट कोरोना सर्‍याे : अध्ययन
प्रदेश ३, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

चितवनका संक्रमितमध्ये आधालाई अस्पतालबाट कोरोना सर्‍याे : अध्ययन

नेपाल अखबार, चितवन। चितवनमा कोरोना सङ्क्रमण अस्पतालबाट फैलिएको अध्ययनले देखाएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनले सङ्क्रमितमध्ये आधालाई अस्पतालबाटै कोरोना सरेको देखाएको हो। केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय (चितवन) का प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी छन्। यो सङ्ख्या आजसम्म सङ्क्रमित भएकामध्ये २० प्रतिशत हुन आउँछ। सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक जनामा संक्रमण सरेको पाइएको उनले बताए। यस आधारमा सङ्क्रमितको संख्याको ४० प्रतिशत हुन आउँछ। त्यसबाहेक सङ्क्रमित अन्य १ सय १ जनाले समेत अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा आफूलाई सङ्क्रमण भएको बताएका छन्। तिवारीले भने, ‘जिल्लामा जम्मा सङ्क्रमणको ५० प्रतिशत हिस्सा अस्पतालको रहेको पाइयो।’ अध्ययन क्रममा उद्योग, व्यापार, होटल, फलफ...
चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु, ८७ संक्रमित थपिए
प्रदेश ३, समाचार, स्वास्थ्य

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु, ८७ संक्रमित थपिए

नेपाल अखबार, चितवन। चितवनमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ भने ८७ संक्रमित थपिएका छन्। अस्पतालले प्रेस विज्ञप्ति प्रकाशन गरी दिएको जानकारीअनुसार कोरोना संक्रमणबाट शुक्रबार साँझ ७ बजे चितवनको राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो। याे शुक्रबा दिउँसाे स्वास्थ्य मन्त्रालयले  पछिल्लाे २४ घण्टा काे जानकारी दिएपछिकाे घटना हाे। यही भदाै २४ गते संक्रमण पुष्टि भएका उनमा उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशका समस्या थिए। भदाै २५ देखि काेभिड  आईसीयूमा भर्ना गरिएका उनकाे स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि भेन्टिलेटर पनि प्रयाेग गरिएकाे थियाे। तर सबै उपाय अपनाउँदा पनि निमोनियाँका कारण उनकाे मृत्यु भएकाे चिकित्सकले बताएका छन्। साथै साेही अस्पतालकाे प्रयाेगशालामा गरिएकाे पीसीआर परीक्षणका क्रममा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालकी प्रमुख डा. नीतु अधिकारी...