Tuesday, April 21

प्रदेश ४

पोखरामा शनिबार थप ३४ जनामा कोरोना पुष्टि ,गण्डकीमा थप ८३ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा शनिबार थप ३४ जनामा कोरोना पुष्टि ,गण्डकीमा थप ८३ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । पोखरामा शनिबार थप ३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार  बिहान र दिउसो गरी  कास्कीको पोखरा महानगरका ११ वटा वडाका  १७ महिला र १७ पुरुषसहित गण्डकी प्रदेशमा थप ८३  जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निर्देशनालयले पोखरा महानगरको वडा १ का १८ र ३७ वर्षीया महिला, ३ की ३० वर्षीया महिला , ५  की ४५ वर्षीया महिला, ७ का २७ र २८ वर्षका पुरुष, १० का २६, ३७, ३८ र ५८ वर्षीया महिला,  १२ का १५ र ३५ वर्षीय पुरुष तथा १०, २७, ३३, ३४, ४६, ४६, र ५१ वर्षीया महिला , १३ का २९ वर्षीय पुरुष, १६ का १६, १८, १८, २१ र ३४ वर्षका पुरुष, १८ का १७ वर्षीय पुरुष, २७ का १५, १६ र एक उमेर नखुलेका पुरुष तथा १४ र ३७ वर्षीया महिला,  २८ का ४८ वर्षीय पुरुष र ३७ वर्षीया महिला, एवम् वडा नखुलेका एक २५ वर्षीय पुरुषमा कोरोना देखिएको जनाएको हो  । त्यसैगरी गोरखा आरुघाट की ३१ वर्षीया मह...
एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु
Uncategorized, प्रदेश ४, समाचार, स्वास्थ्य

एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु

नेपाल अखबार, पाेखरा। स्याङ्जाका कोरोना संक्रमित एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु भएको छ । गत भदौ २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज विहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । यस सँगै  गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३  पुगेको छ । Fa...
ढोरपाटनको राहतकोषमा  दिपक मनाङ्गेको सहयोग
प्रदेश ४, समाचार

ढोरपाटनको राहतकोषमा दिपक मनाङ्गेको सहयोग

नेपाल अखबार, बागलुङ । गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गुरुङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । भदौ १७ गते बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलाको बाढीले घरबारविहिन परिवारको पुनस्थापनामा सहयोग पु¥याउनको लागि सहयोग गरेको गुरुङले बताए । गुरुङले पठाएको सहयोग रकम प्रतिनिधि योगेश भण्डारीले नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन तथा प्रमुख प्रसाशकिय अधिकृत धनप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए । गुरुङ मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गर्छन् । राहत रकम बुझ्दै नगरप्रमुख देवकुमार नेपालीले तत्कालको लागि खाद्य सामग्री, लत्ताकपडा धेरै संघसस्थाबाट प्राप्त भएकोले सकेसम्म राहत कोषमा आर्थिक सहयोग जुटाउने अभियानमा आफुहरु लागेको जानकारी गराएका थिए । साथै, मनाङ जिल्लाबाट...
छ वर्षीया बालिका सहित ११ जनामा संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

छ वर्षीया बालिका सहित ११ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। आज विहान पोखरामा छ वर्षीया बालिका सहित नौ  जना र गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिएका छन् । वडा नं ६ र १४ मा दुई÷दुई तथा ७,,१३,१७,८ र वडा नखुलेकोमा एक गरी पोखरामा नौ जना छन् । बाग्लुङको तनामखोलामा एक र नवलपरासीको गैँडाकोटमा एक जना संक्रमित थपिएसँगै गण्डकीमा हालसम्म संक्रमितको संख्या दुई हजार ६७२ पुगेको छ ।...
पोखरामा चिकित्सक सहित २६ जना संक्रमित, गण्डकीमा ३८ थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा चिकित्सक सहित २६ जना संक्रमित, गण्डकीमा ३८ थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा आज पुनः २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पार्क ल्याड अस्पतालमा कार्यरत २७ वर्षीया चिकित्सकमा पनि संक्रमण देखिएको छ । पोखरा औद्योगिक क्षेत्रमा अवस्थित पोखरा फुड्समा कार्यरत २० महिला र चार पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी गण्डकी मेडिकल कलेजमा उपचाररत ४७ वर्षीय पुरुष पनि संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो अद्यावधिक विवरण अनुसार बाग्लुङमा नौ र तनहुँमा तीन जना थपिएका छन् ।हालसम्म प्रदेशमा संक्रमित दुई हजार ६५० पुगेको छ भने २० जनाको मृत्यु भएको छ ।...
पोखरामा थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा ११ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा ११ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर १२ का २२ तथा २६ वर्षीय पुरुष, वडा नम्बर १४ का ३७ वर्षीय पुरुष, वडा नम्बर १५ का २० वर्षीय पुरुष तथा वडा नम्बर २७ का ४२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब.सु.पू) का ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु गैंडाको नगरपालिका वडा नम्बर २ का २२ वर्षीय पुरुष तथा ५७ वर्षीय महिला, वडा नम्बर ५ का ३२ वर्षीय महिला तथा ३८ वर्षीय पुरुष र वडा नम्बर ८ का २५ वर्षीय महिला रहेकी छिन् । यस्तै जिल्ला कै कावासोती २ का २३ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६  सय १८ पुगेको छ । गण्डकी प्रद...
बाग्लुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

बाग्लुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता

नेपाल अखबार, बाग्लुङ ।बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् ।  बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको उद्धारमा खटिएका इलका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृतक १७ जनामध्ये १५ जनाको मात्रै सनाखत हुन सकेको छ । सनाखत भएका शवको अन्तिम संस्कारका लागि आफन्तको जिम्मा लगाइसकिएको छ । पहिचान हुन बाँकी दुई जनाको शव बुर्तिवाङ स्वास्थ्य केन्द्रमा राखिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । अधिकांश शव बाढीले बगाएको गाउँभन्दा धेरै तल बडीगाड खोलामा फेला परेको उन...
पोखरामा ३१ जनामा संक्रमण सहित गण्डकीमा थपिए ६७ संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखरामा ३१ जनामा संक्रमण सहित गण्डकीमा थपिए ६७ संक्रमित

नेपाल अखबार, पाेखरा। पोखरामा आज विहानै ३१ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेशका विभिन्न चार जिल्लामा गरी ६७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पोखरामा थपिएका मध्य २५ जना पोखरामा फुड्समा कार्यरत छन् । उनीहरु मध्ये १७ जना महिला र अन्य पुरुष छन् । त्यसैगरी पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत दुई जना महिला स्वास्थ्यकर्मी हुन् । त्यसैगरी मेडिसिटी अस्पतालमा उपचाररत दुई जना विरामीमा समेत संक्रमण पुष्टि भएको जनाइएको छ । त्यसैगरी नवलपरासीमा १५ जना,गोरखामा १८ र तनहुँमा तीन जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म प्रदेशमा संक्रमितको संख्या दुई हजार ५९८ पुगेको छ ।...
स्याङ्जामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

स्याङ्जामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपाल अखबार  स्याङ्जा । स्याङ्जामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये १८ जना जुवासम्बन्धी कसूरका अभियुक्त हुन् । कोरोना संक्रमितसँग सम्पर्क भएको पाइएपछि क्वारेन्टिनमा राखिएकामध्ये १८ जनामा संक्रमण पुष्टि भएको स्याङ्जाका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले बताए । उनका अनुसार प्रहरीले एक साता अघि उनीहरुलाई जुवा खालबाट पक्राउ गरेको थियो । केही अघि स्याङ्जामा तत्कालीन प्रहरी प्रमुख विमलराज कँडेलसहित ३८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।...
गण्डकी प्रदेशका प्रहरी प्रमुख अर्याललाई कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

गण्डकी प्रदेशका प्रहरी प्रमुख अर्याललाई कोरोना संक्रमण

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) घनश्याम अर्याललाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । अर्याललाई कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । बिहीबार पीसीआर परीक्षको लागि स्वाब दिएकोमा त्यसको रिपोर्ट आज आएको थियो । कोरोना संक्रमण पुष्टि भएपनि अर्यालको अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण देखेपछि डीआईजी अर्याल हाल क्वार्टरमै आइसोलेसनमा बसेका छन् ।...