Tuesday, April 21

प्रदेश ४

तनहुँको भानु नगरपालिकाको एउटै वडाका २० जनामा संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

तनहुँको भानु नगरपालिकाको एउटै वडाका २० जनामा संक्रमण पुष्टि

नेपाल अखबार, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं. १ का २० जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमूना परीक्षणमा नगरपालिकाको वडा नं. १ का ६ जना महिला र १४ जना पुरुष संक्रमित बनेका हुन् । संक्रमित हुने ५ वर्षदेखि ५६ वर्ष उमेर समूहका छन् । नगरपालिकाका अनुसार स्वाब संकलन गरिएका १२२ जनामध्ये ८९ को परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको हो । बाँकीको परीक्षण हुन बाँकी छ । नगरपालिकाभित्र पूरै आवतजावतमा रोक लगाउने तयारी भइरहेको छ । यसअघि नगर क्षेत्रमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि भानु नगरपालिका गएको सोमवारदेखि एक हप्ताका लागि बन्द गरिएको थियो ।...
गण्डकी प्रदेशका २ जिल्लामा थप २१  जना कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशका २ जिल्लामा थप २१  जना कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका २ जिल्लाका थप २१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान तनहुँ र  स्याङजाका २१  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका – १ का  २२ देखि ५२ वर्ष उमेर समुहका १४  पुरुष तथा ५ वर्षीया बालिका सहित ६ महिलामा कोरोना पुष्टि भएको हो ।  त्यसैगरी स्याङजाको पुतलीबजार नगरपालिका -१ का ३९ वर्षीय पुरुषमा पनि कोरोना देखिएको निर्देशनालायले जनाएको छ । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ८१ पुगेको छ ।...
समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साताका लागि सिल
प्रदेश ४, प्रशासन, समाचार

समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साताका लागि सिल

नेपाल अखबार, तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले एक हप्ताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । “सङ्क्रमित धार्मिक व्यक्तित्व हुनुहुन्छ । धेरै जनासँग सम्पर्कमा रहेको पाइयो, स्थिति भयावह आउने आँकलन गरेर सिल गर्ने निर्णय गरिएको हो”, थापाले भने । थापाका अनुसार एक साता गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द हुने भएको छ । सङ्क्रमित व्यक्तिले मङ्गलबारसम्म पनि विभिन्न व्यक्तिसँग भेट...
पोखरामा थप २ जनामा कोरोना पुष्टि
प्रदेश ४, स्वास्थ्य

पोखरामा थप २ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । पोखराका २ जनामा कोरोना भाइरस  पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान  पोखरा–६  का  २३ वर्षीय  पुरुष र पोखरा-१६ ९ का ५४ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमितलाई आइसोलेसनमा राखिसकिएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५० पुगेको छ ।  प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको जनाइएको छ ।...
पोखरामा थपिए ११ कोरोना संक्रमित, गण्डकी प्रदेशका १७ मा संक्रमण पुष्टि
Uncategorized, प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा थपिए ११ कोरोना संक्रमित, गण्डकी प्रदेशका १७ मा संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । पोखराका दुई वडाका ११ जना सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार साँझ पोखरा–९ का ४ महिला र २ पुरुष, पोखरा-१९ का ५ महिला तथा स्याङ्जाका ४ महिला र २ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमण पुष्टि हुनेमा ११ देखि ८० वर्षका रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ४८ पुगेको छ । त्यस्तै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको जनाइएको छ ।...
पोखराका ४ जनामा सहित, गण्डकीमा ८ संक्रमित थपिए
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

पोखराका ४ जनामा सहित, गण्डकीमा ८ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखराका ४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान  पोखरा – ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा ३० का ३० वर्षीय पुरुष तथा पोखरा १७ का ४५ वर्षीया महिलामा  कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । यसैगरी  बिहान गण्डकी प्रदेशका बागलुङ जिल्ला  बागलुङ नगरपालिका- ३ का ३९ वर्षीय पुरुष र -४ की २२ वर्षीया महिला र तनहुँ बन्दीपुर -६ का १९ वर्षीय पुरुष तथा वडा -३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ ।...
पोखरा २७ वडाका कर्मचारीमा कोरोना संक्रमण, वडा कार्यालय सिल
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरा २७ वडाका कर्मचारीमा कोरोना संक्रमण, वडा कार्यालय सिल

नेपाल अखबार, पोखरा । पोखरा महानगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण भएको छ । पोखरा महानगरपालिका वडा नं. २७ मा कार्यरत महिला कर्मचारीमा संक्रमण देखिएको वडा अध्यक्ष नारायण वरालले बताए । वडा अध्यक्ष बरालले कर्मचारीमा कोरोना संक्रमण भएसँगै वडा कार्यालय सिल गर्न लागिएको छ ।  अध्यक्ष बरालकाअनुसार संक्रमित कर्मचारी स्वाब निकालिएको दिनबाट होम क्वारेन्टीनमा बसिरहेकी थिइन् । उनीसँगै पोखरामा वडा नं. ५ पनि संक्रमित भेटीएका छन् । पोखरामा दुई गरि गण्डकी प्रदेशमा ८ जना संक्रमित संक्रमित थपिएका छन् । सोमबारको ८ सहित गण्डकी प्रदेशमाजम्मा संक्रमितको संख्या १६२० पुगेको छ भने १४७० संक्रमितहरु निको भएर घर फर्किएका छन् ।...
गण्डकीमा ८ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा ८ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा । गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट ५ जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका ८ जनामध्ये नवलपरासी -बर्दघाट-सुस्तापूर्व_को गैडाकोटका ३२/३७ वर्षका महिला र पुरुष, कास्कीको पोखरा महानगरपालिका ३७/४० वर्षका पुरुष र महिला रहेका छन् । यस्तै, तनुहुँको भानु र बन्दीपुरका ३४ वर्षका दुईजना पुरुष, स्याङ्जाको गल्याङकी ४५ वर्षीय महिला र पर्बतको मोदीका ५२ वर्षीय पुरुष रहेका छन् । यससँगै गण्डकीमा संक्रमितको संख्या १६२० पुगेको छ भने १४७० जना डिस्चार्ज भइसकेका छन् ।...
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो १४ घण्टामा १ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना संकलनका क्रममा १ जना थपिएका हुन् । थप भएका संक्रमित पर्वतको कुश्मा नगरपालिका ४ का २३ वर्षीय पुरुष रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । संक्रमितलाई आइसोलेसन कक्षमा लगिसकिएको समेत प्रतिष्ठानले बताएको छ । योसंगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरामा पोखराका कुल ४ सय ६८ जनाको नमुना परीक्षण भएको छ । तीमध्ये कास्कीका १ सय ५७ सहित नवलपुर (ब.पु.पू) का १ सय ८८, तनहुँका ८१, लम्जुङका १, स्याङ्जाका २५, पर्वतका १० जनाको नमुना परीक्षण गरिएको हो । नमुना परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आएको बताइएको छ । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ घण्टाको अवधीमा २...
एकताबद्ध हुन आजको दिन प्रेरणा देओस्ः मुख्यमन्त्री गुरुङ
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

एकताबद्ध हुन आजको दिन प्रेरणा देओस्ः मुख्यमन्त्री गुरुङ

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिका सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको प्रयोग र रक्षा गर्दै थप अधिकारको सुनिश्चितताका लागि अघि बढ्ने बताएका छन् । मुख्मन्त्री गुरुङले २६ औं विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना दिँदै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न साझा दायित्वबोधका साथ एकताबद्ध भई लाग्न आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् । बन्दाबन्दी हटे पनि कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको हुँदा आवश्यक सुरक्षा र सजगता अपनाउन उनले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आग्रह गरेका छन् । संयुक्त राष्ट्र संघले सन् १९९४ मा आदिवासी जनजातिका आधारभूत मानवाधिकार संरक्षण र संवद्र्धनका लागि विश्व आदिवासी दिवस मनाउने घोषणा गरेको थियो । नेपालमा पनि आदिवासी जनजातिको अधिकार र मागलाई उठान गर्न...