Tuesday, April 21

प्रदेश ४

पोखराका थप ६ जनामा कोरोना पुष्टि, गण्डकीमा २४ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखराका थप ६ जनामा कोरोना पुष्टि, गण्डकीमा २४ संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  आइतबार बिहान पोखरा महानगरपालिकाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान पोखरा महानगरका ६ जना र लमजुङका ६ जना गरी थप १२  जनामा संक्रमण पुष्टि भएको जनाएको छ । महानगरमा कोरोना पुष्टि हुनेमा ४ जिल्लाका २४  देखि ६७  वर्ष उमेर समुहका ६  पुरुषहरु रहेको निर्देशनालयले जानकारी दिएको छ । त्यसैगरी लमजुङका ५ पालिकाका २९ देखि ६५ वर्ष उमेर समुहका ६  पुरुषहरुमा समेत कोरोना पोजेटिभ देखिएको  निर्देशनालयले जनाएको छ । संक्रमितलाई जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३  सय २  पुगेको छ । आइतबार बिहान गण्डकीमा २४ जना  कोरोना संक्रमित थपिएका हुन् ।...
थपिए गण्डकीमा थप २५ संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

थपिए गण्डकीमा थप २५ संक्रमित

नेपाल अखबार, पोखरा । गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय २८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना पुष्टि भएको हो । निर्देशनालयका अनुसार म्याग्दीको बेनीमा ३, मालिकमा ४, रघुगंगा र मंगलामा एक, एक जना गरि ९ संक्रमित थपिएका छन् । यसैगरि, तनहूँको भिमादमा २, आबूँखैरेनीमा १ गरि ३ जना र नवलपुरको कावासोतीमा २ बुलिङटारमा ८ पुरुष र एक महिलागरि ११ संक्रमित थपिएका छन् । गोरखा र कास्कीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् ।...
साम्सद थापाले गरे प्रभावित क्षेत्रको निरीक्षण
Uncategorized, दुर्घटना, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

साम्सद थापाले गरे प्रभावित क्षेत्रको निरीक्षण

गण्डकी प्रदेशका साम्सद कृष्ण थापाले आफ्नो निर्वाचन क्षेत्र कास्की २(१) भित्र बाढी पहिरोले प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । दुई दिनको अविरल बर्षाको कारण आएको बाढी पहिरोले विभिन्न ठाँउमा क्षती पुर्याएको छ । पोखरा १७ स्थित डुबानमा रहेको छोरेपाटन, नमुना टोल स्थित स्थानियको घरमा पसेको पानी , पोखरा १७ र २१ जोड्ने दोबिल्ला पुल नजिक गएको पहिरोले स्थानीयलाई परेको असरको बारेमा बुझ्न थापा प्रभावित क्षेत्रमा पुगेका थिए । थापाले स्थानीय बासीलाई परेको समस्यालाई छिटो भन्दा छिटो हल गर्न सरोकारवाला अनुरोध गरेका छन् ।...
थपिए १५ कोरोना संक्रमित गण्डकी प्रदेशमा
प्रदेश ४, समाचार, स्वास्थ्य

थपिए १५ कोरोना संक्रमित गण्डकी प्रदेशमा

नेपाल अखबार,  पोखरा । गण्डकी प्रदेशमा १५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणबाट आइतबार  १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँमा ६ जना, पर्वत, बागलुङ र लमजुङमा दुई/दुईजना, नवलपुर (बर्दघाट सुस्तापूर्व), स्याङ्जा र गोरखाका एक/एकजनामा संक्रमण पुष्टि भएको हो ।आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११९२ जना पुगेको छ । जसमध्ये ७३६ जना भने डिस्चार्ज भइसकेका छन् ।...
गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय ७६ पुग्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ सय ७६ पुग्यो

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११७६ पुगेको छ। शनिबार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा नयाँ १४ जनामा संक्रमण देखिएको गण्डकी स्वास्थ निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले शनिबार जनाएका छ्न्। संक्रमित हुनेमा पोखरा महानगरका ८९ वर्षीय वृद्ध र २५ वर्षीय युवासहित तनहुँका ४ जना,बागलुङका ३, जना, म्याग्दीका २ र स्याङ्जाका ३ जना पुरुष रहेका छ्न्। सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ। शुक्रबार क्षयरोग उपचार केन्द्र, पोखरामा २६७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा २३९ नमूनाहरु परिक्षण गरिँदा १४ जनामा संक्रमण भेटिएको हो।...
मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त
प्रदेश ४, समाचार

मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अबिरल वर्षासँगै गएको बाढी पहिरोकोे कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन । मुख्यमन्त्री गुरुङले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशका कास्की, तनहुँ, लमजुङ र म्याग्दी जिल्लालगायत विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण ज्यान गुमानेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन । पहिरोको कारण घाइते, बेपत्ता एवम् घरवारविहीनको तत्काल उद्धार, उपचार र राहतमा जुट्नु हुने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीयवासिन्दाप्रति धन्यवाद प्रकट गर्दै उहाँले प्रेस वक्तव्यमार्पmत प्रदेश सरकारको तर्पmबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन  । जल तथा मौसम पूर्वानुमान विभागका अनुसार गण्डकी प्रदेशमा केही दिन भारी वर्षा हुने र यसका कारण नदीहरुमा पानीको बहाव बढ्न गई ...
उद्धार र राहतका लागि सरकार संबेदनशिल छ, आन्तरीक मामिला मन्त्री चुमान
प्रदेश ४, समाचार

उद्धार र राहतका लागि सरकार संबेदनशिल छ, आन्तरीक मामिला मन्त्री चुमान

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशका बिभिन्न जिल्लाहरुमा बाढी पहिरोका कारण जनधनको क्षति भएपछि गण्डकी प्रदेश आन्तरीक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले एक बिज्ञप्ती प्रकट गरि सचेत र सजग रहन सबै प्रदेश बासीलाई आग्रह गर्नुभएको छ ।मन्त्री चुमानले प्रदेशभित्रका बिभिन्न जिल्लामा पहिरो र बाढीबाट ज्यान गुमाएकाहरु प्रति पनि श्रद्धान्जली तथा परिवारमा समबेदना प्रकट गर्नुभएको हो । विपद ब्यबस्थापनका लागि सरकारले आबस्यक गृहकार्य गरिरहेको र जोखिम न्युनिकरणका प्रयास भैरहेको भएपनि अचानक हुने यस्ता घटनाले थप सजगता अपनाउन आबस्यक रहेको जारी बिज्ञप्तीमा उल्लेख छ । पछिल्लो जानकारी अनुसार गण्डकी प्रदेशका लमजुङ्ग,कास्की म्याग्दी जिल्ला लगायत गरि ११ जनाको ज्यान गएको १६ जनाको सकुशल उद्धार गरिएको छ भने १० घर पुर्ण क्षेति भएको र ३ घर आंशिक क्षेति भएको बताइएको छ । कतियपय मानिसहरु अहिलेपनि बाढी र पहिरोमा हराईर...
गण्डकीमा १३ कोरोना संक्रमित थपिए
प्रदेश ४, स्वास्थ्य

गण्डकीमा १३ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ स्थानीय तहमा नयाँ संक्रमित फेला परेका हुन् । पोखरा महानगरमा १० सहित कास्कीमा कोरोनाका १३ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ११२९ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा थपिएका दशै जना संक्रमित पुरुष हुन् । यसैगरि, माँदी गाउँपालिकामा १ महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको छ । पछिल्लो अपडेटअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन् भने निको हुनेको संख्या ३ सय ४३ पुगेको छ ।...
गण्डकी प्रदेशमा एक घर, एक पीसीआर टेस्टको माग गर्दै प्रस्ताव दर्ता
प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा एक घर, एक पीसीआर टेस्टको माग गर्दै प्रस्ताव दर्ता

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेश सभामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन भन्दै नेपाली कांग्रेसका सांसदले मंगलबारसंकल्प प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेसका सांसद्हरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता गुरुङले प्रदेशसभा नियमावलीको नियम ८५ को १ अनुसार संकल्प प्रस्ताव दर्ता गरेका हुन् । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेश सरकारले गम्भीर ढंगले लिन सकेन । मुख्य ४ वटा विषय राखेर संकल्प प्रस्ताव पेश गरेका छौं,’ सांसद खड्काले भने । गण्डकी प्रदेशभरि एक घर, एक पीसीआर टेष्टको व्यवस्था हुने गरी तत्कालै प्रक्रिया अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्ड अनुसारको क्वारेन्टिनको व्यवस्था तत्काल गर्नुपर्ने, स्वास्थ्यकर्मी, भेन्टिलेटरलगायतका आवश्यक स्वास्थ्य उपकरणयुक्त आईसीयू र आइसोलेसन कक्षक...
गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो। लमजुङको बेंशीसहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, राइनास नगरपालिकामा १ जना, क्व्होलासोथर गाउँपालिकामा २, दोर्दी गाउँपालिकामा १, मध्यनेपाल नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, बागलुङको ढोरपाटन नगरपालिकामा १ जना, बडीगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा २/२ जनामा संक्रमण देखिएको गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै, कास्कीको पोखरा महानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. ...