Friday, May 22

प्रदेश

आज जनकपुरमा  रेल हस्तान्तरण हुदै
प्रदेश २, प्रविधि, समाचार, हाइलाइट-समाचार

आज जनकपुरमा रेल हस्तान्तरण हुदै

नेपाल अखबार, जनकपुर । लामो प्रतीक्षापछि जनकपुर-जयनगर रेल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ। भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल जनकपुरमा आज बिहान साढे ११ बजे रेल विभागलाई हस्तान्तरण गर्न लागिएको हो। रेल विभागका अधिकारीहरुको उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तण हुने कार्यक्रम छ। तस्बिरमा हेरौं आज जनकपुर आउँदै गरेका दुई रेलः  ...
कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण
प्रदेश १, प्रविधि, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

नेपाल अखबार, इलाम । इलामका युवाहरुले यन्त्र , रोबोट निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए । उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ । कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबोटको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोटमार्फत प्राप्त हुने उनले बताए । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ । इलामका फुयाँल, सुल...
गण्डकी प्रदेशका ३ जिल्ला गरि थप ११ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशका ३ जिल्ला गरि थप ११ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा ।  भएको छ ।गण्डकी प्रदेशका ३ जिल्ला गरि थप ११ जनामा कोरोना पुष्टि  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको विवरण अनुसार शुक्रबार बिहान प्रदेशका ३ जिल्ला गरि थप ११ जनामा कोरोना पुष्टि भएको हो । विपि कोइराला स्मृति क्यान्सर अस्पताल , चितवनमा गरिएको परिक्षण अनुसार स्याङ्जाको १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै चितवन मेडिकल कलेजमा गरेको परिक्षणका अनुसार नवरपरासीमा ८ जना र तनहुँमा २ जनामा संक्रमण पुष्टि भएको छ ।...
पोखराका ६६ जना सहित गण्डकी प्रदेशमा ७४ जना कोरोना संक्रमित थपिए
प्रदेश ५, समाचार, स्वास्थ्य

पोखराका ६६ जना सहित गण्डकी प्रदेशमा ७४ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरा महानगरका ६६ जना सहित गण्डकी प्रदेशमा ७४ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको हो । निर्देशनालयका अनुसार पोखराको वडा नं १५मा कार्यरत २० वर्ष देखि ४८ वर्ष उमेर समुहका ३९ जना नेपाल प्रहरीमा कार्यरत पुरुषहरु एक ३६ वर्षिया महिला प्रहरीमा सङक्रमण पुष्टि भएको जनाएको छ । त्यसै गरि निर्देशनालयले पोखरा ४ का २० र ५३ वर्षिया महिला, पोखरा ८ का ३८ वर्षिया महिला तथा २१, ३४ र ३९ वर्षिय पुरुष, पोखरा १० का १९ वर्षिय पुरुष तथा २६ वर्षिया महिला, पोखरा १४ का ३५ वर्षिय पुरुष, पोखरा १५ का १८, २१, ३५, ३७ र ३९ वर्षका पुरुष, पोखरा १७ का ३७ वर्षिय पुरुष, पोखरा २३ का १३ वर्षिय वालक, पोखरा २७ का १५ र १८ वर्षिय पुरुष, पोखरा २९ का ४० वर्षिय पुरुष तथा २५ वर्षिया महिला, पोखरा ३१का ३५ र ५० वर्षका पुरुष तथा ४३, ४५ र ७२ वर्षिया महिला एवम पोखरा ३३ की ४३ वर्षिया महिल...
गण्डकी प्रदेशमा कोरोनासँगै डेङ्गु र स्क्रब टाइफसको संक्रमण बढे
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोनासँगै डेङ्गु र स्क्रब टाइफसको संक्रमण बढे

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण समेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपी गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसका समेत बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्र्देशनालयले गत वर्ष पुष १६ देखि भदौ ३१ गतेसम्म प्रदेशमा १०५ डेङ्गु र ५४ स्क्रब टाइफसका बिरामी भेटिएको जनाएको छ । म्याग्दीमा सबैभन्दा बढी डेङ्गुु र स्क्रबटाइफसका बिरामी देखिएका छन् । यसअवधिमा म्याग्दीमा डेङ्गुका ६४ र स्क्रबटाइफसका ४३ बिरामी फेला परेको जनाइएको छ । कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा चार, नवलपरासीमा तीन, बागलुङमा दुई, पर्वत र गोरखामा एक÷एक जना डेङ्गुका बिरामी भेटिएका छन् । त्य...
गण्डकी प्रदेशमा ४० भन्दा बढी ऐनकानून निर्माण भइसकेका छन् : मन्त्री चुमान
प्रदेश ४, प्रशासन, समाचार

गण्डकी प्रदेशमा ४० भन्दा बढी ऐनकानून निर्माण भइसकेका छन् : मन्त्री चुमान

वासुदेव पौडेल, पाेखरा । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते घोषणा भएसँगै शुरु भएको कार्यान्वयन प्रक्रिया क्रमिक रुपमा अघि बढेको छ । संविधानतः गठित सङ्घ, प्रदेश र स्थानीय तहले आफ्ना कामकारवाही अघि बढाइरहेका छन् । सरकारले संविधान घोषणा गरिएको दिन प्रत्येक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसकै रुपमा संविधान दिवस मनाउँदै आएको छ । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयनमा अधिकारको बाँडफाँटलगायत विषयमा अझै पनि कतिपय अस्पष्टताले समस्या ल्याउने गरेको छ । नेपालको संवैधानिक इतिहासमा पहिलो संविधान नेपाल सरकार वैधानिक कानून, २००४ घोषणा भएयता वर्तमान संविधानसमेत गरी सात संविधान जारी भइसकेका छन् । राज्यको मूल कानून संविधानकै मर्म र भावनानुरुप अन्य कानून निर्माण हुने संवैधानिक प्रचलन छ । वर्तमान संविधानले २५० वर्षदेखिको एकात्मक र...
गण्डकी प्रदेशमा थप ७  जनामा कोरोना भाइरस
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप ७  जनामा कोरोना भाइरस

नेपाल अखबार, पाेखरा। स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार  कास्कीको पोखरा महानगरका ६  जना तथा  स्याङजाका एक जना गरी  गण्डकी प्रदेशमा थप ७  जनामा कोरोना भाइरस देखिएको जनाएको छ । निर्देशनालयले बुधबार  तेस्रो विज्ञप्ति मार्फत  पोखरा महानगरका ४, १०, १४, १७ र २५ वडाका ५ पुरुष तथा एक महिला र स्याङजा पुतलिबजार २ का २४ वर्षीय पुरुषमा कोरोना देखिएको जनाएको हो । पोखरा महानगरमा कोरोना पुष्टि हुनेहरुमा पोखरा  ४ का नेपाल प्रहरीमा कार्यरत २२ वर्षीय पुरुष, पोखरा १० का २४ वर्षीय पुरुष र ४६ वर्षीया महिला, पोखरा १४ का ३० वर्षीय पुरुष तथा भारतबाट आएर क्वारेन्टिनमा बसेका पोखरा १७ र २५ का २१ -२१ वर्षका २ पुरुष रहेको निर्देशनालयले जानकारी दिएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८  पुगेको छ ।...
अस्पतालबाट बन्धनमुक्त भए शिवचन्द्र र मिलयादेवी
प्रदेश २

अस्पतालबाट बन्धनमुक्त भए शिवचन्द्र र मिलयादेवी

नेपाल अखबार, काठमाडौं । उपचार खर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी बन्धन मुक्त भएका छन् । छिमेकीको कुटाइबाट घाइते उनीहरुले उपचार खर्च तिर्न  नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा बन्धक भएका थिए । उपचार खर्चवापतको १ लाख २५ हजार  ८ सय रुपैयाँ तिर्न नसक्दा सप्तरीको अग्निसाइर कृष्ण सावरन गाउँपालिका- ६ का उनीहरुलाई अस्पतालले घर जान दिएको थिएन । प्रदेश २ का मुख्य न्यायाधिवक्ता झाले अस्पतालमा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र उनीहरुलाई घरसम्मको एम्बुलेन्स खर्चको पनि व्यवस्थापन गरिएको जानकारी दिए । ‘प्रदेश २ को सरकारले एक लाख पचास हजार दिने निर्णय गत बिहीबार नै गरेको थियो । प्रक्रियामा ढिलाई भयो, यसकारण क्षमाप्रार्थी छु’ उनले भनेका छन् । सदा दम्पत्तिमाथि कुटपिट गर्ने दीना साह भने तारेखमा छुटिसकेका छन् ।साेत अनलाइनखबर...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द
प्रदेश ४, प्रशासन, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द

नेपाल अखबार, पाेखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका-१० की २४ वर्षीया महिलामा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि शल्यक्रिया विभाग तथा वार्डको निर्मलीकरणका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिनुभयो । महिलाको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र उनीहरुको नतिजा नेगेटिभ नआएसम्मका लागि अत्यावश्यक शल्यक्रिया गर्नुपर्ने बाहेकका अन्य सेवाहरु बिहीबारसम्म बन्द गरिएको उहाँको भनाइ छ । अस्पतालले प्रसूति बाहेकका अस्पतालले प्रदान गर्दै आएको अन्य सम्पूर्ण सेवाहरु भने सञ्चालनमा रहेको सेवाग...
पोखरामा २८ सहित गण्डकी प्रदेशमा थपिए ५० संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा २८ सहित गण्डकी प्रदेशमा थपिए ५० संक्रमित

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशमा थप ५० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कास्की , बाग्लुङ ,तनहुँ तथा गोरखा जिल्लाका रहेका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा कास्की पोखरा महानगरपालिकामा २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने १ संक्रमित रुपा गाँउपालिकाका रहेका छन् । महानगरको वडा नम्बर ८,५,११,२७,४,१५,१०,९,१,६ का व्यक्तिमा कोरोना पुष्टि भएको हो । सबैभन्दा धैरै एकैचोटि वडा नम्बर ४ मा ८ जना संक्रमित थपिएका छन् । महानगरको वडा नम्बर ४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् । त्यस्तै जिल्लाको रुपा गाँपालिका वडा नम्बर १ का २७ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । यता गोरखामा १३ जना संक्रमित थपिएका छन् । शहिद लखन पालिकमा ३ , बारपाक सुलिकोटमा ८ ,भिमसेन थापा पालिका २ र गोरखा पालिकामा २ जना गरि थप १३ संक्रमित थपिएका हुन् । त्यस्तै बागलु...