Friday, May 22

प्रदेश

समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साताका लागि सिल
प्रदेश ४, प्रशासन, समाचार

समुदायमा कोरोना देखिएपछि गाउँपालिका एक साताका लागि सिल

नेपाल अखबार, तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका दुई जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले एक हप्ताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । “सङ्क्रमित धार्मिक व्यक्तित्व हुनुहुन्छ । धेरै जनासँग सम्पर्कमा रहेको पाइयो, स्थिति भयावह आउने आँकलन गरेर सिल गर्ने निर्णय गरिएको हो”, थापाले भने । थापाका अनुसार एक साता गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द हुने भएको छ । सङ्क्रमित व्यक्तिले मङ्गलबारसम्म पनि विभिन्न व्यक्तिसँग भेट...
धानखोला नजिक पहिरो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
प्रदेश ५, समाचार

धानखोला नजिक पहिरो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नेपाल अखबार, बुटवल  । भारी वर्षाका कारण कपिलवस्तुमा पहिरो जाँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार कपिलवस्तुको धानखोला नजिकै दोबाटामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।बिहान ५ बजेदेखि अवरुद्ध सडक खुल्न अझै केही घण्टा लाग्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।...
बर्दिवासका तीन वडामा निषेधाज्ञा थप
प्रदेश २, प्रशासन

बर्दिवासका तीन वडामा निषेधाज्ञा थप

नेपाल अखबार, बर्दिवास । महोत्तरीको बर्दिवासमा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिन थालेपछि बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ को सम्पूर्ण क्षेत्रमा बुधबार राति १२ बजेबाट भदौ २ गते राति १२ बजे सम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको छ ।  सरोकारवालाहरुको  संयुक्त बैठकले साउन २१ गतेदेखि एक साताका लागि जारी निषेधाज्ञा आज समाप्त हुन लागेपछि निरन्तरता दिने निर्णय भएको छ । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि नियन्त्रणका लागि बन्दाबन्दी थप्नुपरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको बुधबार बसेको बैठकको निर्णयअनुसार बन्दाबन्दी थप गरिएको बर्दिवास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए । बन्दाबन्दी अवधिभित्र अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरिएको छ । यस अवधिमा अस्पताल, औषधी पसल, दमकल, एम्बुलेन्स, संचार सेवा, बैक तथा बितिय संस्था दैनिक उपभोगका सामान लगायत अ...
वीरगंजमा काेराेना परिक्षणका लागि खरिद गरेकाे पसिआर टेस्ट केमिकल गुण्स्तरहिन
प्रदेश २, समाचार, स्वास्थ्य

वीरगंजमा काेराेना परिक्षणका लागि खरिद गरेकाे पसिआर टेस्ट केमिकल गुण्स्तरहिन

इरफान अली ,वीरगञ्ज । वीरगंज महानगर पालिकाले काेराेना परिक्षणका लागि खरिद गरेकाे पसिआर टेस्ट केमिकल गुण्स्तरहिन रहेकाे पाईएकाे छ । एक घर एक परिक्षणकाे अवधारणा सहित वीरगंज महानगर पालिकाले स्थानिय दात्री संस्थाहरुबाट चन्दा संकलन गरि पिसिआर मेसिन र केमिकल नारायणी अस्पताललाई हस्तांतरण गरिएकाे थियाे तर अहिले चन्दा संकलन गरि दिइएकाे केमिकलमा गडबडी रहेकाे अस्पतालका एक कर्मचारीले नाम नखाेल्ने सर्तमा बताएका छन । चार कराेड जतिकाे रकम संकलन गरि ल्याईएकाे पिसिआर मेसिन र केमिकल खरिद गरि नारायणी अस्पताललाई एक कार्यक्रम बीच प्रदेश २ का मुख्यमन्त्रिले लालबाबु राउत गदीले प्रदान गरेका थिए । रिपाेर्टहरुमा गडबडी पाए पछि पर्साका विभिन्न स्थानबाट संकलन गरिएकाे १००० भन्दा बढी पिसिआर नमुना काठ्माण्डाैकाे प्रयाेगशालामा पठाईएकाे स्राेतले बताएका छन । यस अघि गरिएका सम्पुर्ण पिसिआर परिक्षण नै शंकाकाे घेरामा रहेकाे स्रा...
पोखरामा थप २ जनामा कोरोना पुष्टि
प्रदेश ४, स्वास्थ्य

पोखरामा थप २ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । पोखराका २ जनामा कोरोना भाइरस  पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान  पोखरा–६  का  २३ वर्षीय  पुरुष र पोखरा-१६ ९ का ५४ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमितलाई आइसोलेसनमा राखिसकिएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५० पुगेको छ ।  प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको जनाइएको छ ।...
जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

नेपाल अखबार,जनकपुर । तत्कालीन जनकपुर नगरपालिकाका मेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम स्थित होटेल रामाका संचालकसमेत रहेका पूर्व मेयर गिरीको काठमाण्डौँ स्थित एक अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो । उनको छोरा डा. सन्तोष गिरीले उपचारका क्रममा मंगलबार गएराति १२ बजेतिर मृत्यु भएको जानकारी दिए । २० दिन देखि उपचारका लागि अस्पतालमा भर्ना रहेका ७२ वर्षीय कृष्ण गिरीको मुटु रोगका साथै अन्य रोगबाट समेत ग्रसित थिए । उनको स्वाब परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपी कोरोना संक्रमणबाट मृत्यु भएको  पुष्टि अस्पतालले गरेको छैन । काठमाण्डौ स्थित मेडिसिटी हस्पिटलमा उपचारार्थ उनको अवस्था खराव भएपछि करिब एक साता अघि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । जनकपुरधामस्थित उनका सहयोगीहरुका अनुसार २०४२ सालमा जनकपुरको मेयर समेत बनेका गिरीको श्रीमती र दुई छ...
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु
प्रदेश ५, समाचार, स्वास्थ्य

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु

नेपालअखबार, बुटवल ।  कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए । जसमा एक जनामा कोरोना पुष्टि भइसकेको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ। कोरोना भाइरसको लक्षण देखिएर यही साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२ वर्षिय पुरुषमा २५ गते नै पिसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो भने अर्का २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट आउन बाँकी रहको हो । दुवैजनालाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । कपिलवस्तुका २५ वर्षीय युवालाई हिजो मात्रै प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याइएको थियो । उनलाई त्यहाँको अस्पतालले रिफर गरेर राति १२ बजे ल्याइएको थियो भने २ बजे मृत्यु भएको डा. गौतमले बताए । उनीहरुमध्ये एकजना...
पोखरामा थपिए ११ कोरोना संक्रमित, गण्डकी प्रदेशका १७ मा संक्रमण पुष्टि
Uncategorized, प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा थपिए ११ कोरोना संक्रमित, गण्डकी प्रदेशका १७ मा संक्रमण पुष्टि

नेपाल अखबार, पोखरा । पोखराका दुई वडाका ११ जना सहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार साँझ पोखरा–९ का ४ महिला र २ पुरुष, पोखरा-१९ का ५ महिला तथा स्याङ्जाका ४ महिला र २ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमण पुष्टि हुनेमा ११ देखि ८० वर्षका रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ४८ पुगेको छ । त्यस्तै प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको जनाइएको छ ।...
जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषा विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। टिबीबाट ग्रसित ती पुरुष स्वास्थ्यमा थप समस्या देखिएपछि साउन ८ गते उपचारका लागि अस्पताल पुगेका थिए। पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो। उनको सोमबार राति मृत्यु भएको प्रादेशिक अस्पतालका निमित प्रमुख एवं आइसोलेशन इन्चार्ज डा.जामुन सिंहले जानकारी दिए। योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि आइतबार जनकपुरको कदमचोक स्थित विनय तारा फाउण्डेशन आस्पतालमै मृत्यु भएका त्यहाँका सुरक्षागार्डको पीसीआर रिपोर्ट सोमबार पोजेटिभ आएको थियो। उनी धनुषाको मिथिला बिहारी नगरपालिका ५० का बासिन्दा थिए। दुईसाता अघि धनुषाको शहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषक...
पोखराका ४ जनामा सहित, गण्डकीमा ८ संक्रमित थपिए
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

पोखराका ४ जनामा सहित, गण्डकीमा ८ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखराका ४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान  पोखरा – ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा ३० का ३० वर्षीय पुरुष तथा पोखरा १७ का ४५ वर्षीया महिलामा  कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । यसैगरी  बिहान गण्डकी प्रदेशका बागलुङ जिल्ला  बागलुङ नगरपालिका- ३ का ३९ वर्षीय पुरुष र -४ की २२ वर्षीया महिला र तनहुँ बन्दीपुर -६ का १९ वर्षीय पुरुष तथा वडा -३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ ।...