गण्डकी प्रदेशमा कोरोना जित्नेको संख्या १६ पुग्यो, शनिबार ४ जना डिस्चार्ज भए
नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशमा १६ जनाले कोरोना जितेर घर फर्केका छन् । शनिबार, ४ जनाले कोरोना जितेर घर फर्केको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
नवलपुरका १, बागलङका २, कास्की र गोरखाका एक, एक गरि ४ संक्रमित शनिबार निको भएर घर फर्केका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुरको मध्यबिन्दु अस्पतालको आईसोलेसन कक्षमा उपचाररत सोहि जिल्लाको कावासोती नगरपालिका, १२का २६ वर्षिय १ पुरुषले शनिबार कोरोना जितेर घर फर्केका छन् । उनलाई शनिबार अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
यस्तै, बागलुङको धौलागिरी अस्पतालको आईसोलेसन कक्षमा उपचाररत सोहि जिल्लाको तमानखोला गाउँपालिका, ३ का २१ वर्षिय २ पुरुषहरु निको भएर घर फर्केका छन् । सबैभन्दा पहिलो गण्डकी प्रदेशमा संक्रमित भेटिएको जिल्ला पनि बागलुङ नै हो । यसअघि पनि दुई जना संक्रमित बागलुङबाट निको भएर घर फर्कि सकेका छन् ।
कास्कीका पह...
