सवारी चालक र यात्रुलाई मास्क वितरण
गोरखाका सवारी चालक र यात्रुलाई निशुल्क मास्क वितरण गरिएको छ । ‘कोभिड १९’ अर्थात कोराना भाइरस बारे सचेतना जगाउने उदेश्यले बुधबार बिहान गोरखा बसपार्कमा एक कार्यक्रम गरी मास्क वितरण गरिएको हो ।
‘अहिले कोरानाको डरले सबैलाई सताएको छ,’ आयोजक गोरखा मनकामना यातायात प्रालीका अध्यक्ष ताराबहादुर खड्काले भने, ‘यसबाट बच्न हामी आफैले सावधानी अपनाउनु पर्छ भन्ने सन्देश प्रवाह गर्न यो कार्यक्रम गरेका हौं ।’
गोरखा मनकामना यातायात प्रालिको आयोजना तथा सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा सचेतनामुलक कार्यक्रम गरी निशुल्क रुपमा माक्स वितरण गरिएको हो । माक्ससँगै कोराना लाग्नबाट बच्ने उपाय सहितको प्रचार समाग्री समेत सर्वसाधरण उपलब्ध गराइएको छ ।
‘कोरानाको जोखिम हुन नदिन राज्य नै लागि परेको छ । आम नागरिक पनि सचेत हुनुभएको छ’ सवारी चालकलाई माक्स हस्तान्तरण गर्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ...
