Saturday, October 10

प्रविधि

सरकारको सबै शर्त मान्न टिकटक तयार, प्रतिबन्ध हट्दै
प्रविधि, प्रशासन, समाचार

सरकारको सबै शर्त मान्न टिकटक तयार, प्रतिबन्ध हट्दै

नेपालअखबार,काठमाडौं । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका शर्तबाहेक अन्य विषयमा पनि नेपाल सरकारलाई सघाउन सक्ने बताएका छन् । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा सरकारले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो । टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डि...
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने
प्रविधि, समाचार, समाज

आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

नेपालअखबार, काठमाडौँ । काठमाडौँको अनामनगरलगायत विभिन्न क्षेत्रमा मंगलबार बिहानेदेखि देखि अपराह्न ४  बजेसम्म विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सवस्टेसनदेखि घटेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागिएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो । अनामनगर पुर्वीगेट हुँदै हनुमान स्थान, सिंहदरबार दक्षिणगेट हुँदै न्युरो हस्पिटल अगाडी,प्रभु बैङ्क अगाडी धोवीखोलाहुदैं सेतोपुल मैतीदेवी जाली कारखाना, घटेकुलो एरिया र गोर्खा एफएम सम्मको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
सरकारको तयारी टिकटकको प्रतिबन्ध हटाउने
प्रविधि, समाचार, समाज

सरकारको तयारी टिकटकको प्रतिबन्ध हटाउने

नेपालअखबार, काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णय लिनुअगाडि प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमालेसहितका दलहरुसँग परामर्श गरेका थिए । त्यसैले प्रतिबन्धमा प्रमुख दलहरुले मौन समर्थन जनाए । टिकटकले भने लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएको छ । र, प्रतिबन्ध हटाउन माग गर्दै आएक...
असुसको एआई ल्यापटप नेपाली बजारमा 
अर्थ, प्रविधि, समाचार

असुसको एआई ल्यापटप नेपाली बजारमा 

सन्जिब दुलाल ,काठमाडौँ । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो । नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेशनलले एक कार्यक्रमका बिच उक्त ल्यापटप सार्वजनिक गरेको हो । तीन वटा प्रोसेसर सहित असुसको एआई ल्यापटप सार्वजनिक भएको कार्यक्रममा नागमणि इन्टरनेशनलका निर्देशक अमित सराफले जानकारी दिनुभयो  । उहाँका अनुसार असुस भिभोबुक एस १५ मा १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स ईलाइट प्रोसेसर प्रयोग गरिएको छ, जुन एप्पलको एम थ्री चीपभन्दा पनि फास्ट रहेको छ । यसमा क्वालकमको ओरेन सिपियु र हेक्जागन एनपीयु (न्युरल प्रोसेसिङ युनिट) पनि रहेको उहाँले जानकारी दिनुभयो  । एआई सुविधायुक्तले सिपियु र जीपीयुलाई फ्री गर्नेछ, जसले गर्दा एकै पटक धेरै...
वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर
अर्थ, प्रविधि, समाचार

वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर

नेपालअखबार, काठमाडौँ । एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्य समेत सस्तो पर्ने 'दुईमा चार अफर' सार्वजनिक गरेको हो । वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुटमा पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट-टप बक्स समेत सित्तैमा पाउनेछन् । जसका लागि ग्राहकले इन्टरनेट सेवाको लागि १७ हजार ९९० रुपैयाँ (भ्याट बाहेक) तिरे पुग्नेछ भने सम्पूर्ण डिभाइसहरूको डिपोजिट छुट्टै तिर्नुपर्नेछ । यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मूल्य क्रमशः १९ हजार ४९० रुपैयाँ र २२ हजार २९० रुपैयाँ राखिएको छ । यद्यपि ...
जिउँदो छाला हालेर वैज्ञानिकहरूले रोबोटको मुहारलाई हाँस्ने बनाए
प्रविधि, विश्व, समाचार

जिउँदो छाला हालेर वैज्ञानिकहरूले रोबोटको मुहारलाई हाँस्ने बनाए

नेपालअखबार,टोकियो । जापानका वैज्ञानिकहरूले जिउँदो छालाको तन्तु हालेर रोबोटको अनुहारलाई हाँस्ने बनाएका छन् । टोकियो विश्वविद्यालयका अनुसन्धाताहरूले अनुहारको आकारमा मानवको छालाको तन्तु उमारेका थिए । लिगामेन्टजस्तै गरी यो छाला तन्किँदा हाँसेको जस्तै देखिन्छ । मान्छे जस्तै देखिने रोबोट बनाउनेतर्फ यो महत्त्वपूर्ण कदम भएको मुख्य अनुसन्धाता शोजी ताकेउचीले भनेका छन् । यो छालालाई रोबोटमा टाँसेर पहिलो पटक हाँस्ने रोबोट बनाउन सकिएको ताकेउचीले भनेका छन् । यो रोबोटसम्बन्धी एउटा अध्ययन गएको महिना सेल रिर्पोट्स फिजिकल साइन्समा प्रकाशित गरिएको थियो । ताकेउची र उनको प्रयोगशालाले एक दशकदेखि जैविक र कृत्रिम यन्त्रलाई एकै ठाउँमा मिलाउन गरेको प्रयासले अन्ततः राम्रो नतिजा दिएको छ । धातु र प्लास्टिकमा जिउँदो तन्तुको प्रयोगका अनेकन फाइदा रहेको ताकेउची बताउँछन् । वैज्ञानिकहरूले रक्तसञ्चार प्रणाली र स्नायुहरू...
जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान
प्रविधि, प्रशासन, समाचार

जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

नेपालअखबार,काठमाडौँ। उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए। कम्पनीले आइतबार (जेठ २० गते) विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो। सूचनाअनुसार, निर्माण व्यवसायीले १ अगस्ट, २०२४ सम्म आवेदन दिनसक्ने छन्। कम्पनीले वित्तिय व्यवस्थापन गरेको केही दिनभित्रै विश्वव्यापी बोलपत्र आह्वान गरेर कामको गतिलाई तीव्र पारेको हो। कम्पनीले यही जेठ २ गते मात्रै आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापनको काम गरेको थियो। ऊर्जा जलस्रोत तथा सिँच...
ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा
प्रविधि, प्रशासन, समाचार

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

नेपालअखबार,काठमाडौं । ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए । ‘पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा छ । ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अझै पनि अवरोध छ । अवरोध हटाएर आयोजना सम्पन्न गर्न हामी लागिपरेका छौं’, उनले भने । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना सुरु गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगलगायत समस्याका कारण रुग्ण बन्दै आएको छ । पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोशीलगायत आयो...
वर्ल्डलिंकको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख, गण्डकी प्रदेशमा १ लाख ३ हजारभन्दा बढि
प्रविधि, समाचार, समाज

वर्ल्डलिंकको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख, गण्डकी प्रदेशमा १ लाख ३ हजारभन्दा बढि

नेपालअखबार, पाेखरा । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख भन्दा बढि पुगेकाछन्। २०८० भदौ महिनामा आठ लाख र त्यसको एक वर्ष नपुग्दै वर्ल्डलिङ्कले ९ लाख घरपरिवारमा पुगेको सार्वजनिक गरेको छ । कम्पनीका सीईओ केशव नेपालका अनुसार गुणस्तरमा बृद्धि गर्दै सेवालाई चुस्त बनाउदै लगिएको छ । यो बिश्वासलाई हामी अझ बलियो बनाउन चाहान्छौ, उनले भने । यसैगरी गण्डकी प्रदेशमा मात्र पनि १ लाख तीन हजार ग्राहक रहेको वर्ल्डलिंक कम्युनिकेसन्सका गण्डकी प्रदेश जनसम्पर्क प्रबन्धक युसुफ श्रेष्ठले बताए । उनका अनुसार गण्डकी प्रदेशमा पनि वर्ल्डलिंक कम्युनिकेसन्ससंग जोडिनेको संख्या बढिरहेको छ । लामो समयको अनुभवले ग्राहकको सन्तुष्टिलाई कसरी प्रभावकारी रुपमा सम्बोधन गर्ने भन्नेमा सधै चिन्तित छौ, उनले भने । गुनासाहरुलाई पनि चाँडो सम्बोधन गर्ने...
फेसबुकमा समस्या
प्रविधि, समाचार

फेसबुकमा समस्या

नेपालअखबार, काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ । यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन ।  ...