Saturday, October 10

प्रविधि

भारतका विक्रम र प्रज्ञान चन्द्रमामा सुतेको सुत्यै
प्रविधि, विश्व, समाचार

भारतका विक्रम र प्रज्ञान चन्द्रमामा सुतेको सुत्यै

नेपालअखबार, काठमाडौं । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका वैज्ञानिकहरूले प्रज्ञान रोभर र विक्रम ल्यान्डरसँग सम्पर्क बनाउने प्रयास भए पनि कुनै पनि संकेत प्राप्त नभएको बताएका छन् । चन्द्रयानमार्फत गएका विक्रम र प्रज्ञानले १४ दिनसम्म चन्द्रमाबाट विभिन्न डाटा संकलन गरेर पृथ्वीमा पठाएका थिए । त्यसपछि भारतीय वैज्ञानिकहरुले चन्द्रमामा घाम अस्ताउन थालेकाले ४ सेप्टेम्बरमा प्रज्ञान र विक्रमलाई स्लिप मोडमा राखेका थिए । चन्द्रमामा १४ दिन लामो रात र १४ दिन लामो दिन हुन्छ । त्यसैले सौर्य शक्तिबाट चल्ने यी उपकरण सूर्यको प्रकाशबिना चल्न नसक्ने भएकाले १५–१६ दिनका लागि स्लिप मोडमा राख्नु परेको थियो । जस अनुसार चन्द्रमामा घाम उदायपछि २२ सेप्टेम्बरमा उनीहरुले विक्रम र प्रज्ञानलाई सक्रिय गराउ...
काठमाडौं र ललितपुरका यी क्षेत्रमा भोलिदेखि तीन दिन विद्युत् अवरूद्ध हुने
प्रविधि, प्रशासन, समाचार

काठमाडौं र ललितपुरका यी क्षेत्रमा भोलिदेखि तीन दिन विद्युत् अवरूद्ध हुने

नेपालअखबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन  तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ। त्यस्तै ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ। तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ। ६६ केभी  स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ।...
काठमाडौं र ललितपुरमा शनिबार साढे आठ घण्टा विद्युत आपूर्ति प्रभावित हुने
प्रविधि, प्रशासन, समाचार

काठमाडौं र ललितपुरमा शनिबार साढे आठ घण्टा विद्युत आपूर्ति प्रभावित हुने

नेपालअखबार, काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणले जनाएको छ । हाल टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ । प्राधिरकरणले जारी गरेको सूचनामा लेखिएअनुसार विद्युत आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरहरुमा वैकल्पिक व्यवस्था समेत गरिएको छ ।...
दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु
प्रविधि, शिक्षा, समाचार, हाइलाइट-समाचार

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

नेपालअखबार,काठमाडाैं। ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो। कामपा सहरी योजना आयोगका सहायक विज्ञ शैलेन्द्र झाका अनुसार, कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ‘ब्लक’मा आधारित कोडिङ सिकाइएको छ । त्यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई ‘पाइथन प्रोग्रामिङ’ सिकाइएको छ । विद्यार्थीको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनोट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् । महानगरपालिकाका १४ विद्यालयमा कोडिङ क्लब गठन भइसकेका छन् । उनीहरूका काम विश्वका एक सय ६० भन्दा धेरै देशमा ...
सिचुआन एयरलाइन्सले काठमाडौं–छेङ्दुको उडान संख्या बढाउने
प्रविधि, समाचार

सिचुआन एयरलाइन्सले काठमाडौं–छेङ्दुको उडान संख्या बढाउने

नेपालअखबार, काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले काठमाडौं–छेङदु उडान सख्या वृद्धि गर्ने भएको छ । कम्पनीले सातामा सातवटै उडान नियमित गर्नेगरी अन्तिम तयारी गरेको हो । हाल सिचुआन एयरलाइन्सले काठमाडौं–छेङदु रुटमा सातामा ४ वटा मात्र उडान भर्दै आएको छ । नेपाल–चीन यात्रुहरुको संख्यामा वृद्धि भएसँगै कम्पनीले आगामी अगस्टदेखि नियमित सातामा सातवटा उडान भर्ने तयारी गरेको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ । कोभिड–१९ पछि रोकिएको नेपाल–चीन हवाई उडान सिचुआन एयरलाइन्सले गत मार्चबाट मात्र नियमित उडान शुरु गरेको थियो । सेप्टेम्बर लागेसँगै चिनियाँ पर्यटकको आउजाउ बढ्ने भएकाले कम्पनीले उडान थप्न लागेको जनाएको छ । काठमाडौं–छेङदु सातामा ४ वटा उडान गर्दै आएको कम्पनीले थप पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत नियमित उडानका गर्न चाहेको छ । यसका लागि कम्पनीले आवश्यक गृहकार्य गरिरहेको ...
काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा आज ८ घन्टा विद्युत् बन्द हुने
प्रविधि, समाचार

काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा आज ८ घन्टा विद्युत् बन्द हुने

नेपालअखबार, काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज विद्युत्  बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै टेकु सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा आज बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी गराएको थियो। प्राधिकरणले  टेकु  सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम गरिरहेको छ। प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर  बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्...
काठमाडौँ र ललितपुरका यी स्थानमा भोलि विद्युत् आपूर्ति बन्द हुने
प्रविधि, प्रशासन, समाचार

काठमाडौँ र ललितपुरका यी स्थानमा भोलि विद्युत् आपूर्ति बन्द हुने

नेपालअखबार, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टेकु सब स्टेसनबाट आपूर्ति भइरहेको विद्युत् भोलि दिउँसो बन्द हुने बताएको छ । लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाद्वारा टेकु सब स्टेसन स्तरोन्नति गर्ने भएकाले भोलि  विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको हो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “टेकु स्युचाटार ६६ केभी लाइन १३२ के.भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको सब स्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकु सबस्टेसनको विद्यमान इनकमर– १ प्यानल तथा दुई वटामध्ये एउटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएको छ ।” प्राधिकरणले आज सूचना जारी गरी साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको हो । सूचनामा थप भनिएको छ “टेकु सब स्टेसनबाट आपूर्ति भइरहेकाले विभिन्न क्षेत्रमा उल्लेखित फिडरहर...
भारतले प्रक्षेपण गर्‍यो मानवरहित चन्द्रयान-३
प्रविधि, विश्व, समाचार

भारतले प्रक्षेपण गर्‍यो मानवरहित चन्द्रयान-३

नेपालअखबार, काठमाडौं । भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान-३ प्रक्षेपण गरेको छ । दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान-३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको यो राष्ट्रसँग ‘कट-प्राइस एयरोस्पेस’ कार्यक्रम छ जुन विश्वव्यापी अन्तरिक्ष शक्तिहरूले अन्तरिक्षमा पुग्न पाएको सफलतापछि द्रूत गतिमा बन्द गरेका छन् । यसअघि रूस, संयुक्त राज्य अमेरिका र चीनले मात्र चन्द्रमाको सतहमा नियन्त्रित अवतरण गरेका थिए । चन्द्रमामा यान प्रक्षेपण गर्ने भारतको अन्तिम प्रयास ग्राउन्ड कन्ट्रोलले रकेट अवतरण गर्नुभन्दा केही क्षणअघि सम्पर्क गुमाएपछि चार वर्षअघि असफल भएको थियो । यदि भारतीय अन्तरिक्ष यानको बाँकी भाग योजना अनुसार अघि बढ्यो भने चन्द्रयान-३ अगस्ट २३ देखि २४ को बीचमा चन्द्रमाको सानो खोज...
मौलाउँदै ‘बादलको खेती’
प्रविधि, समाचार

मौलाउँदै ‘बादलको खेती’

नेपालअखबार, काठमाडाैं। मौसम विज्ञान विभागले बुधार वाग्मती, लुम्बिनी, मधेस र कोसीमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। पानी दह्रै पर्ने अनुमान गरिएको छ। अत्यधिक वर्षा हुने सम्भावना भएलगत्तै सरकारी संयन्त्र पनि सोहीअनुसार सक्रिय हुने भएका छन्। मौसममा दुईवटा चक्र हुन्छ। एउटा अल निनो र अर्कोचाहिँ ला निना। अल निनो तुलनात्मक रूपमा तातो हावा चल्ने, कम पानी पर्ने मौसम हो। यो ठाउँअनुसार फरकफरक तरिकाको हुनसक्छ। त्यस्तै ला निना तुलनात्मक चिसो बढ्ने र वर्षैभरि मिलाएर बढी पानी पर्ने हुन्छ। यो पनि ठाउँअनुसार फरकफरक हुने वैज्ञानिकहरू बताउँछन्। यो वर्ष अल निनोको अवधि हो। यस्तोमा अलि बढी गर्मी हुन्छ र कम पानी पर्छ। पानी पर्यो भने पनि सबैतिर समानरूपमा पर्दैन। यस्तो बेलामा बादल खेती गर्नेहरूको भाग्य चम्किन्छ। बादल खेती हिजोआज निकै फाइदाको व्यापार भएको छ। ‘क्लाउड सिडिङ’ भनेर चिनिने यो व्यापार यतिबेला संसा...
गाउँघरका चौतारीमा निःशुल्क इन्टरनेट
प्रविधि, समाचार, समाज

गाउँघरका चौतारीमा निःशुल्क इन्टरनेट

नेपालअखबार, पाल्पा ।  पाल्पाको रम्भा गाउँपालिका–१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ । गर्मीयाममा दिउँसोको समय शीतल छहारीमा बस्ने स्थानीय तथा बाटोमा हिँड्ने बटुवालाई इमेल इन्टरनेटको सुविधा दिन वडा कार्यालयले निःशुल्क इन्टरनेट सेवा सुरु गरिएको हो । सो सेवा सञ्चालनमा आएपछि फुर्सदको समय, दिउँसो गर्मीयाममा शीतल छहारीमा बसेर नयाँ–नयाँ प्रविधिका ज्ञान सीप इन्टरनेटका माध्यमबाट खोजी गरी अध्ययन गर्ने प्रयोगकर्ता बढेका छन् । अहिले वडाका दुईवटा चौतारी नौगाउँ चौपारी र गैरीमा इन्टरनेट जोडिएको छ । इन्टरनेटको भुक्तानी वडाले एकमुष्ट बुझाउने भने वार्षिक खर्च रु १३ हजार रहेको छ । विज्ञान र प्रविधिको प्रयोग बढ्दै गइरहेका बेला चौतारामा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो । हावापानीबाट छेक्नका निम्ति राउटरलाई सुरक्षित पारिएको छ । वडा नम्बर १ मा रहेका २० वटा चौ...