Saturday, October 10

प्रविधि

वाई३६ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा भिभो
प्रविधि, समाचार, समाज

वाई३६ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा भिभो

नेपालअखबार, काठमाडौँ । भिभोको नयाँ स्मार्टफोन वाई३६ छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । डिजिटल कन्टेन्ट क्रिएटर र फेशनप्रति रुचि भएका व्यक्तिहरूको आवश्यकतालाई मध्यनजर गर्दै वाई३६ बनाइएको कम्पनीले जनाएको हो । वाई३६ मा स्लिक डिजाइन र सर्वोत्कृष्ट पर्फमेन्शको सही संयोजन रहेको कम्पनीको दाबी छ । यसमा फ्यान्सी फ्रेम र क्रिस्टल ग्लास रहेको छ भने गोल्डेन रिपल प्रोसेसले टेक्सचर थपेको छ । वाई३६ को आकर्षक डिजाइनले नै यसलाई अन्य स्मार्टफोन भन्दा अलग बनाउने कम्पनीले जनाएको छ । यो स्मार्टफोन दुई आकर्षक कलर भेरियन्ट –मेटिअर ब्ल्याक र भाइब्रेन्ट गोल्ड कलरमा उपलब्ध हुनेछ । रियूमरका अनुसार वाई३६ मा स्न्यापड्रेगन ६८० प्रोसेसर आउनेछ, यो स्मार्टफोनले प्रभावशाली गति र दक्षता प्रदान गर्ने अपेक्षा गरिएको छ । यति मात्र होइन, वाई३६ मा लामो समयसम्म टिक्ने ५०००एमएएच ब्याट्री पनि आउने बताइएको छ । साथै द्र...
नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु
प्रविधि, प्रशासन, समाचार

नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु

नेपालअखबार, भैरहवा । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडौँ जाने छ । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेको हो । नेपाल एयरलाइन्सको मलेसिया– भैरहवा–काठमाडौँको उडान ‘टर्न–अराउड’ हो, हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालक दलका सदस्यहरू पनि हेरफे...
लुम्बिनी केबलकारको उद्घाटन आज प्रधानमन्त्रीबाट  हुने
प्रविधि, समाचार

लुम्बिनी केबलकारको उद्घाटन आज प्रधानमन्त्रीबाट हुने

नेपालअखबार, बुटवल । लुम्बिनी केबुलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  गर्ने भएका छन् । केबलकार उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान हेलिकोप्टरबाट बुटवल आउने कार्यक्रम तय भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले  प्रधानमन्त्री  साँढे १० बजे  बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आउने र त्यसपछि  केबलकार उद्घाटन बुटवलको वमधाटमा गर्ने बताए । केबलकार पुग्ने स्थान पाल्पाको तिनाउ गाउँपालिका वार्ड ३ बसन्तीपुरमा टप स्टेसन सम्बोधन गर्ने  कार्यतालिका  रहेको छ । प्रधानमन्त्रीसँगै पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि सँगै आउने छन् ।  साढे ३ अर्ब लगानीमा  बुटवल–३ बम घाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तीपुरमा टप स्टेसन रहेको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । केबलकारको शिलान्यास तत्काल...
टेलिकमको रोमिङ महसुल ४ गुणाले घट्यो
अर्थ, प्रविधि, समाचार

टेलिकमको रोमिङ महसुल ४ गुणाले घट्यो

नेपालअखबार, काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको छ । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल भारी मात्रामा घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन माग गरेका थिए । सो भ्रमणपछि मन्त्री शर्माले नेपाल टेलिकमलाई रोमिङ महसुल घटाउन निर्देशन दिएकी थिइन् । मन्त्रीको निर्देशपछि करिब दुई महिना गृहकार्य गरी नेपाल टेलिकमले भारत र थाइल्याण्डमा रोमिङ महसुल घटाएको मन्त्री शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए । नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ । नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट ...
इन्टरनेट शुल्क आफूखुसी नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रविधि, प्रशासन, समाचार

इन्टरनेट शुल्क आफूखुसी नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपालअखबार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउने निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् । तर, प्राधिकरणले महशुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको बताएको छ । शुल्क/महसुलदर दूरसञ्चार ऐन अनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउँछन् ।हालसालै कुनै पनि सेवा प्रदायकलाई महसुल बढाउने अनुमति प्रदान नगरिएको प्राधिकरणले जनाएको छ ।...
उडेको १७ मिनेटमै श्री एयरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा फर्कियो
प्रविधि, समाचार

उडेको १७ मिनेटमै श्री एयरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा फर्कियो

नेपालअखबार,  काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ । श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको ७२ सिटे विमान बिहान ९ः ४० बजे काठमाडौँका लागि उडेको थियो । तर, उडानको करिब १७ मिनेटपछि नै विमानमा केही प्राविधिक समस्या देखिए पनि पुनः गौतवुद्ध विमानस्थलमा नै अवतरण (ल्यान्ड) गरिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । विमान ९ः ५७ बजे ल्यान्ड भएको हो । ‘उडानको करिब १७ मिनेटपछि विमानमा इन्जिनियरिङ समस्या देखिएको जानकारी प्राप्त भएको छ । भएको के हो अहिले प्राविधिक टोलीले चेकजाँच गर्दैछ । एकिन भइसकेको छैन’ प्रवक्ता मानन्धरले भने ।...
तनहुँ जलविद्युत् आयोजनाः धमाधम टावर जडान गरिँदै
अर्थ, प्रविधि, समाचार

तनहुँ जलविद्युत् आयोजनाः धमाधम टावर जडान गरिँदै

नेपालअखबार, तनहुँ। तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन्। आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो। हालसम्म ५१  टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। प्रसारण लाइन निर्माणका लागि ९४  टावर जडान गरिनेछ। त्यसमध्ये आठ टावरको जग संरक्षण  सम्पन्न भएको छ। एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण  र छ स्थानमा जग्गा हाल्ने काम भइरहेको उनले बताए। त्यस्तै शून्य दशमवलव ९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ। प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ। प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच...
टेलिकमले पोखरा र वीरगन्जमा पनि थाल्यो फाइभजी परीक्षण
प्रविधि, समाचार

टेलिकमले पोखरा र वीरगन्जमा पनि थाल्यो फाइभजी परीक्षण

नेपालअखबार, काठमाडौँ । फाइभजी परीक्षणको जिम्मेवारी पाएको नेपाल टेलिकमले काठमाडौँसँगै पोखरा र वीरगन्जमा पनि परीक्षण सुरु गरेको छ । टेलिकमले यसअघि काठमाडौँको बबरमल र सुन्धारामा फाइभजीको टावर राखेर परीक्षण सुरु गरिरहेको हो गण्डकीको पोखरा र मधेस प्रदेशको वीरगन्जबाट समेत फाइभजीको परीक्षण सुरु भएको हो । यससँगै, देशका ४ स्थानबाट फाइभजी परीक्षण सुरु भएको टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले रातोपाटीलाई जानकारी दिए । ‘टावर जडानको काम सम्पन्न भएपछि परीक्षण सुरु भएको छ,’ भट्टराईले भने, ‘तर, यो एक÷दुई दिनमा सकिने परीक्षण होइन ।’ टावर जडानको काम सकिएसँगै फाइभजी जडान गर्दा आउने समस्या र चुनौतीका विषयमा अध्ययन हुन्छ । जोडिएका टावरबाट प्रवाह हुने सेवाकामाध्यमबाट हुने परिणाम लगायतका विषय समेत हेरिन्छ । टेलिकमले चिनियाँ कम्पनी हुवावेसँगको समन्वयमा नेपालमा फाइभजी परीक्षण गरिरहेको छ ।...
एलन मस्कको विशाल रकेट परीक्षण गर्ने क्रममा विष्फोट
प्रविधि, विश्व, समाचार

एलन मस्कको विशाल रकेट परीक्षण गर्ने क्रममा विष्फोट

नेपालअखबार, काठमाडौं । एलोन मस्कको स्पेसएक्स कम्पनीको विशाल नयाँ रकेट, स्टारशिप, आफ्नो पहिलो उडानमा विस्फोट भएको छ। स्थानीय समय अनुसार बिहीबार बिहान टेक्सासको पूर्वी तटबाट उडेको सो बिमान परीक्षणको क्रममा नै  बिष्फोट भएको हो, उक्त विष्फोटबाट कसैलाई पनि चोटपटक लागेको छैन। उडान सुरु भएको दुईदेखि तीन मिनेटपछि नै अहिलेसम्मको सबैभन्दा ठूलो विकसित रकेट नियन्त्रण बाहिर गएर खस्न थाल्यो  । रकेट हेर्दा हेर्दै टुक्रा टुक्रा भएर जमिनमा खख्यो । स्पेश एक्सका इन्जिनियरहरुले बिहीबार भएको दुर्घटनालाई पाठको रुपमा लिएको जनाएका छन । यो दुर्घटनाले रकेट परिक्षणका लागि धेरै नै ज्ञान दिएको छ, यसले परिक्षणका लागि आवाश्यक डाटाहरुको संयोजन तथा मेसनरी सामग्रीको प्रयोग गर्ने तौर तरिकाको फरक पाटो देखाएको सो परिक्षण दुर्घटना पछि इन्जिनियरहरुले भनेका छन् । सो दुर्घटना पछि मस्कले भनेका छन, कम्पनीले केहि महिना पछ...
बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलमा उडान-अवतरण नहुने
प्रविधि, प्रशासन, समाचार

बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म त्रिभुवन विमानस्थलमा उडान-अवतरण नहुने

नेपालअखबार, काठमाडौं । बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ । विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो । सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ ।...