Monday, May 11

प्रशासन

जोर–बिजोर लागु, आज जोर नम्बरका गाडीमात्र चलाउन पाइने
प्रशासन, समाचार

जोर–बिजोर लागु, आज जोर नम्बरका गाडीमात्र चलाउन पाइने

नेपाल अखबार, काठमाडौं। काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको छ । आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ । गृह मन्त्रालयले अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ । साथै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा पनि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।...
हेटौंडाको सीता भवन कोरोना संक्रमित भेटिएपछि सिल
प्रशासन, समाचार

हेटौंडाको सीता भवन कोरोना संक्रमित भेटिएपछि सिल

नेपाल अखबार, मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० टीसीएन रोडमा रहेको सीता भवन सिल गरिएको छ । सो भवनमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन भन्दै स्थानीय प्रशासनले सिल गर्ने निर्णय गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बुधबार जारी गरेको सूचनामा भनिएको छ, ‘सो भवनमा रहेका अन्य व्यक्तिहरुमा समेत संक्रमणको सम्भावना रहेकोले कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरुको कोभिड १९ को परीक्षणको नजिता नआएसम्मका लागि उक्त भवनलाई सिल गरिएको छ ।’ प्रजिअ नेपालका अनुसार आरडीटी परीक्षण पूर्णरुपमा रोक लागउने तर एन्टिजेन बेस र्‍यापिड डाइग्नोस्टिक टेस्ट भने प्रयोग गर्न सकिने छ । क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले ५ देखि ७ दिनको समयावधि पूरा गरी अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनु पर्ने उनले बताए । संक्रमणको जोखिम बढ्दै गएका कारण तरा...
कोरोनाको जोखिम देखाउदै सरकारले सिंहदरबार प्रवेशमा रोक
प्रशासन, समाचार

कोरोनाको जोखिम देखाउदै सरकारले सिंहदरबार प्रवेशमा रोक

नेपाल अखबार, काठमाडाैं। सरकारले सिंहदरबार प्रवेशमा थप कडाइ गरेको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले बुधबारबाट अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोनाको जोखिम थप बढेका कारण भेटघाट लगायतका कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई रोक लगाएको बताए। उनले अत्यावश्यक काम खुल्ने कागजात देखाएर सर्वसाधारण र प्रेस पासका आधारमा सञ्चारकर्मी भने प्रवेश गर्न पाउने बताए। ‘संक्रमणको जोखिम बढ्दै गएपछि सिंहदरबारमा चाप कम गर्न यो निर्णय गरिएको हो’ कुरा गर्दै प्रवक्ता बुढाले भने, ‘अत्यावश्यक काम रोकिँदैन, तर भेटघाट, गफगाफका लागि आउनेलाई भने रोकिएको हो।’ प्रवक्ता बुढाले अर्को निर्णय नभएसम्मका लागि अब सिंहदरबार प्रवेशका कडाइ गरिएको बताए। उनले सर्वसाधारणका लागि सिंहदरबारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण बन्द गरिएको ...
सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा
प्रशासन, समाचार

सरकारले १४ जिल्लामा लगायो निषेधाज्ञा

नेपाल अखबार, काठमाडाैं। सरकारले कोरोना संक्रमणको फैलँदो अवस्थाका कारण १४ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो। गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ। यो सूचीमा हेरौं निशेधाज्ञा लागु हुने जिल्ला, क्षेत्र र मितिः...
जनकपुरमा आजदेखि एक साताका लागि कर्फ्यु
प्रदेश २, प्रशासन, समाचार

जनकपुरमा आजदेखि एक साताका लागि कर्फ्यु

नेपाल अखबार, एजेन्सि। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि धनुषाको जनकपुर र क्षिरेश्वरनगरपालिका क्षेत्रमा आज (मंगलबार)देखि कर्फ्यु जारी गरिएको छ। कोरोनाको जोखिम न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि एक साताका लागि कर्फ्यु जारी गरेको हो। सोमबार राति १२ बजेदेखि नै कर्फ्यु लागू भएको छ। पूर्वमा जनकपुरको कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल, पश्चिममा कुर्था जाने बाटो र बसबिट्टी जानेबाटोको दुधमती नदिको पुल, दक्षिमा बनौली मोड, बसहिया रोडको सोनासति मन्दिर, प्रदेशसभा जाने मोडबीचको क्षेत्र भित्र प्रशासनले मानिसहरुको आवतजावतमा निषेध गरेको छ। संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले साउन २५ गते राति १२ बजेसम्मका लागि कर्फ्यु जारी ग...
कोभिड महामारीमा अर्थतन्त्र वृद्धि हुने विश्वका १८ देशमा नेपाल पनि एक
अर्थ, प्रशासन

कोभिड महामारीमा अर्थतन्त्र वृद्धि हुने विश्वका १८ देशमा नेपाल पनि एक

नेपाल अखबार, काठमाडौं  ।  ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच पनि नेपालको अर्थतन्त्रमा २.३ प्रतिशत आर्थिक वृद्धि हुनु सुखद भएको बताएका छन् । मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुद आर्थिक वर्ष २०७६÷०७७ मा २।३ प्रतिशत आर्थिक वृद्धि हासिल हुनु सरकारको उपलब्धी भएको उल्लेख गरे । संसारका ठूला अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्रसमेत ऋणात्मक अवस्थामा पुगेका बेला नेपालको अर्थतन्त्रमा थोरै भए पनि वृद्धि हुनु धेरै सकारात्मक पक्ष रहेको उनको भनाइ थियो । मन्त्री पुनले कोभिड–१९ महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका १८ मुलुकमध्ये नेपाल पनि एक भएको चर्चा गरे । ठूला अर्थतन्त्र भएका अमेरिका, युरोजोन तथा छिमेकी मुलुकहरु ऋणात्मक अर्थतन्त्रको शिकार भएका बेलासेमत नेपालमा आर्थिक वृद्धि हुनु चानहुने नभएको उनले बताए । ‘कोभिड–१९ महामारीको च...
सरकारले वीरगञ्जमा पठायो उच्चस्तरीय स्वास्थ्य टोली
प्रशासन, समाचार

सरकारले वीरगञ्जमा पठायो उच्चस्तरीय स्वास्थ्य टोली

नेपाल अखबार, काठमाडौं । सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्‍जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो । पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १० जना भन्दा धेरैको मृत्यु भइसकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाइनेछ ।...
कर्मचारीमा कोरोना देखिएपछि आँबुखैरेनी गाउँपालिका कार्यालय तीन दिन बन्द
प्रशासन, समाचार

कर्मचारीमा कोरोना देखिएपछि आँबुखैरेनी गाउँपालिका कार्यालय तीन दिन बन्द

नेपाल अखबार, तनहुँ । एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालय आइतबारदेखि तीन दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलका अनुसार शनिबार ४२ वर्षीय एकजना पुरुष कर्मचारीमा संक्रमण देखिएका कारण कार्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो । ‘साउन १४ गते उनीसहित क्वारेन्टिनमा बसेका ९ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये क्वारेन्टिनमा बसेका आठै जनाको रिपोर्ट नेगेटिभ आयो भने उनको रिपोर्ट मात्रै पोजेटिभ आयो,’ डोटेलले भने, ‘संक्रमण पुष्टि भएका उनको सम्पर्कमा आएका कर्मचारीहरुको परीक्षणका लागि साउन २० गतेसम्मका लागि कार्यालय बन्द गरेका हौं ।’ संक्रमण पुष्टि भएका कर्मचारी पोखरास्थित घरकै आइसोलेसनमा रहेको उनले बताए । साउन १४ गते स्वाब दिएपछि उनी घर गएका थिए । संक्रमणको जोखिमलाई मध्यनजर राखेर गाउँपालिकाको कार्यालय तथा सबै वडा कार्यालयहर...
जनकपुरमा एक हप्तासम्म निषेधाज्ञा जारी
प्रशासन, समाचार

जनकपुरमा एक हप्तासम्म निषेधाज्ञा जारी

नेपाल अखबार, जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले भोली (सोमबार) रातीदेखि एकसाता सम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा सोमबार राती १२ बजेदेखि लागू हुनेछ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनकपुरधाम उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले कडाई गरिने बताए । उनले तोकिएका बाहेक कोहीपनि बाहिर निस्कन नपाउने जानकारी दिए । उनले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभर प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु सोमबार राती १२ बजेदेखि एक हप्तासम्मका लागि बन्द हुने जानकारी दिए ।  स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० ...
फेरि जोर विजोर प्रणाली लागू हुने
प्रशासन, समाचार

फेरि जोर विजोर प्रणाली लागू हुने

नेपाल अखबार, काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा संक्रमण फैलन नदिन फेरि जोर विजोर प्रणाली लागू गर्न लागिएको जानकारी दिएका छन्। काेराेना संक्रमण फैलिन नदिन सरकार नयाँ रणनीति अनुसार अगाडि बढ्न लागेको मन्त्री ढकालले बताए। बाहिरि जिल्लाबाट उपत्यका भित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर बिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिने र पीसीआर टेस्टको दायरालाई बढाएर जाने लगायतका विषयलाई अगाडि बढाइने उनले जानकारी दिए। अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत उनले रहन आग्रह गरे। आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्वारेन्टिनमा राख्ने व्यवस्थापनमा हामीले जोड दिनुपर्छ। दोस्रो, गाडी चलाउने कुरामा पनि भरममग्दुर भन्दा पनि जोर ब...