Saturday, June 13

प्रशासन

सर्लाहीमा आजदेखि एक साताका लागि निषेधाज्ञा
प्रशासन, समाचार

सर्लाहीमा आजदेखि एक साताका लागि निषेधाज्ञा

नेपाल अखबार,सर्लाही । कोरोना संक्रमण तीब्र बनेपछि सर्लाहीमा आज (सोमबार) देखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय समितिको आइतबार बसेको बैठकले सोमबार बिहान सात बजेदेखि ३२ साउनसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। सर्लाहीमा एक साता अघिदेखि हाटबजारमा कडाई गरिएको थियो। अत्यावश्यक काम बाहेक सर्बसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। सर्लाहीमा कोरोना संक्रमणका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने आठ सय १४ जनामा संक्रमण पुष्टि भएको छ।...
जनकपुरधाममा साउनभरि नै निषेधाज्ञा
प्रदेश २, प्रशासन

जनकपुरधाममा साउनभरि नै निषेधाज्ञा

नेपाल अखबार, जनकपुरधाम। कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाममा जारी गरिएको निषेधाज्ञा साउन  को म्याद थप गरिएको छ । यसअघि सोमबार राति १२ बजेसम्मका लागि कायम रहेको निषेधाज्ञाको समय साउन ३२ गतेसम्मलाई बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साउन ३२ गतेसम्मका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय भएको प्रजिअ भट्टराईले बताए । उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर बजारसम्मको क्षेत्रमा निषेधाज्ञा जारी रहनेछ । उनले निषेधाज्ञा जारी हुँदा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको बताए ।...
सार्क मुलुकमा उडान तत्काल नखुल्ने, क्वारेन्टिन अनिवार्य
प्रशासन, समाचार

सार्क मुलुकमा उडान तत्काल नखुल्ने, क्वारेन्टिन अनिवार्य

नेपाल अखबार,  काठमाडौं । अन्तर्राष्ट्रिय तथा अन्तरिक हवाई उडान १ भदौबाट सुरु गर्ने सरकारको पुरानै निर्णय हो । तर कुनकुन मुलकबाट आउन दिने ? प्रोटेकल के हुने भन्ने टुंगो लागेको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने पहिलो चरणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुक बाहेकका देशमा मात्र उडान गर्ने गरी प्रस्ताव गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढेको छ भने अरु देशमा पनि संक्रमण नियन्त्रणमा आइसकेको छैन । मन्त्रालय स्रोतका अनुसार दैनिक करीव १ दर्जनसम्म अन्तराष्ट्रिय उडान गर्ने गरी तयारी इइरहेको छ । यसबारे आइतबार बस्ने कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) निर्देशक समितिमा छलफल हुनेछ । ‘सीसीएमसीले हाम्रो प्रस्तावमा सहमति जनायो भने मन्त्रिपरिषद्बाट अुनमोदन हुन्छ’ स्रोतले भन्यो, ‘अहिले जोखिम हुन्छ, नगरौं भन्यो भने उडान हुन्न ।’ पर्यटक र एनआरएनलाई ७ दिन अ...
चितवन जिल्ला प्रहरी कार्यालयका १२ कर्मचारी क्वारेन्टिनमा
प्रशासन, समाचार, स्वास्थ्य

चितवन जिल्ला प्रहरी कार्यालयका १२ कर्मचारी क्वारेन्टिनमा

नेपाल अखबार, चितवन । चितवनका दुई प्रहरी र एक बन्दी (थुनुवा) मा कोरोना संक्रमण देखिएको छ। जसका कारण चितवन जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको छ। चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार भरतपुर अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा इलाका प्रहरी कार्यालय (टाडी) मा कार्यरत एक प्रहरी, जिल्ला ट्राफिक कार्यालय (चितवन) मा कार्यरत एक कर्मचारी र जिल्ला प्रहरी कार्यालय (चितवन) को हिरासतमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो। उनीहरूको कन्ट्याक्ट ट्रेसिङका क्रममा जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय (टाडी) का ती प्रहरी बिदाबाट फर्किएर आएको र क्वारेन्टिनमै रहेका बेला उनका कोरोना संक्रमण पुष्टि भएको हो। हिरासतमा रहेका सबैको तत्काल पीसीआर परीक्षण गरिने ...
स्याङ्जामा एक साता निषेधाज्ञा थपियो
प्रशासन, समाचार

स्याङ्जामा एक साता निषेधाज्ञा थपियो

नेपाल अखबार, स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लामा लगाएको निषेधाज्ञा पुन एक साता थप गरेको छ । साउन १३ गतेबाट आह्वान भएको बन्द १० दिन आज सकिएसँगै पुन सात दिन निषधाज्ञा थप गरेर साउन २९ गतेसम्म पु¥याइएको छ । जिल्लामा कोरोना भाइरस संक्रमण बढेको जनाउँदै प्रशासनले बन्दलाई थप गरिएको जनाएको छ । समुदायसम्म कोरोनाको सक्रमण बढेपछि अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्न र यसअघि जारी गरेको निधेषाज्ञा यथावतै निर्णय गरिएको प्रशासद्धारा जारी सूचनामा उल्लेख छ ।...
काठमाडौँ उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ लागू गरिँदै
प्रशासन, समाचार

काठमाडौँ उपत्यकामा १५ दिनको लागि ‘सटडाउन’ लागू गरिँदै

नेपाल अखबार, काठमाडौँ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुमा दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने भक्तपुरकी सिडिओ हुमकला पाण्डेले जानकारी दिइन् । तर तत्काल लकडाउन भने नहुने उनको भनाइ छ । कोरोना भाइरसको महामारी फैलिइरहेका बेला आइतबारदेखि लागू हुनेगरी उपत्यकामा ‘सटडाउन’ को निर्णय गरिएको सिडिओ पाण्डेले बताइन् ।  शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । यस अवधिमा संक्रमण बढी देखिएको क्षेत्रलाई भने सिल गर्ने निर्णय भएको पाण्डेले बताइन्­ । सिडिओ पाण्डेले ‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने बताइन् । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको पाण्डेले बताइन् । उनले भ...
बर्दियामा ५ दिन निषेधाज्ञा
प्रशासन, हाइलाइट-समाचार

बर्दियामा ५ दिन निषेधाज्ञा

नेपाल अखबार, बर्दिया । छिमेकी जिल्ला बाँकेमा कोरोना सङ्क्रमित समुदायस्तरमा बढ्न थालेपछि बर्दियामा पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यही साउन २५ गते बिहान ६ देखि साउन २९ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । निषेधाज्ञा अवधिमा एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालबाहक गाडी र सवारी अनुमति पास भएका गाडी स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा मात्र सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी दिएको छ ।   रासस...
बाहिरबाट ताला लगाएको गाउँपालिका कार्यालयभित्र राति ४ कर्मचारी परिवारका सदस्यसहित भेटिएपछि…
प्रशासन, समाचार

बाहिरबाट ताला लगाएको गाउँपालिका कार्यालयभित्र राति ४ कर्मचारी परिवारका सदस्यसहित भेटिएपछि…

नेपाल अखबार, रुकुम। रुकुम पश्चिममा सरकारी रकम आफ्ना श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन पक्राउ परेका हुन्। बाहिरबाट ताला लगाई अनावश्यक रूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनीहरूलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला ल्याएको छ। लेखापाल केसीले गत वर्ष २०७६/७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए। विभिन्न शीर्षकमा अनधिकृत रूपमा उनीहरूको खातामा जम्मा भएको उक्त सरकारी रकम उनीहरूले गाउँपालिकाकै खातामा जम्मा गरेका थिए। उक्त रकमको कागजात मिलाउने क्रममा उनीहरू पक्राउ परेका हुन्। बिना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थ...
नुवाकोट आजदेखि ‘लकडाउन’
प्रशासन, समाचार, हाइलाइट-समाचार

नुवाकोट आजदेखि ‘लकडाउन’

नेपालअखबार,नुवाकोट । नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ । यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए । उनका अनुसार अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नपा–५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टिन तोकिएका होटलबाहेक अन्य सबै प्रकारक...
कोरोना महामारीमा चाडपर्व मनाउन सरकारले ल्यायो निर्देशिका
प्रशासन, समाचार, स्वास्थ्य

कोरोना महामारीमा चाडपर्व मनाउन सरकारले ल्यायो निर्देशिका

नेपाल अखबार, काठमाडौं । सरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड ल्याएको छ । सरकारले जात्रा तथा धार्मिक सभा समारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड ल्याएको हो । चाडपर्व, जात्रा र उसत्व मनाउँदा एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट कम गर्ने र गर्नैपर्ने भएमा दुई मिटरको दुरी कायम गर्न भनिएको छ । घरबाहिरको जमघटमा नजान र जानु परे मास्क लगाउन, कार्यक्रमस्थलमा प्रवेश गर्दा साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न भनिएको छ । यस्तै धार्मिक स्थलमा हुने भेला तथा कार्यक्रममा बढीमा २५ जना मात्र भेला हुन, भौतिक दुरी कायम गर्न, रेलिङ, बार, देवीदेवताको मूर्ति नछुन, सार्वजनिक स्थानमा जथाभावी नथुक्न, खोक्दा तथा हाच्छ्यु गर्दा मुख छोप्न भनिएको छ । यस्तै ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएकाहरु, ६० वर्षभन्दा माथि र ...