प्रदेश २ मा दुई प्रहरी सहायक निरीक्षकसहित ३ जना निलम्बित
नेपाल अखबार, जनकपुर । प्रदेश २ मा २ प्रहरी सहायक निरीक्षकसहित ३ जनालाई निलम्बित गरिएको छ । कर्तव्य र मर्यादा विपरित काम गरेको भन्दै २ प्रहरी सहायक निरीक्षक र १ प्रहरी जवान कारवाहीमा परेका हुन् । भ्रष्टचार विरुद्धको शून्य सहनशिलता र आन्तरिक शुद्धिकरण गर्ने नीतिअनुरुप २ नम्बर प्रदेश प्रहरी कार्यालयले ३ जनालाई निलम्बन गरेको जनाएको छ ।
वित्तिय अपराध (हुण्डी) कारोबारमा संलग्न रहेका व्यक्तिको आर्थिक प्रलोभनमा परि सघाएको प्रमाणित भएपछि कारवाही गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । उनीहरुलाई पटक–पटक सुध्र्रिने मौका दिएपनि आचरणमा सुधार नल्याएपछि कार्वाही गनुपरेको सिंहले बताए ।
हुण्डी कारोबारीलाई सहयोग गरेको प्रमाणित भएपछि ईलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित साह र प्रहरी जवान दिनेश हजारा...
