Tuesday, August 4

प्रशासन

२ सय ७१ थान चोरीका मोबाइलसहित ७ जना पक्राउ
प्रशासन, समाचार, समाज

२ सय ७१ थान चोरीका मोबाइलसहित ७ जना पक्राउ

नेपालअखबार,काठमाडौं । चोरीका २७१ थान मोबाइलसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका–५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का ३० वर्षीय हेमन्त राना मगर, दोलखाको शैलुङ गाउँपालिका–६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको कालिन्दोक गाउँपालिका–५ का २१ वर्षीय सबिन पाण्डे र काठमाडौं सिनामंगलका २० वर्षीय प्रकाश कटवाल छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेका हो । उनीहरुबाट विभिन्न ब्राण्डका २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब बरामद गरिएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । बरामद मोबाइलमध्ये १८ थान आइफोन छन् । बुधबार ठिमीबाट कोटेश्वर आउने क्रमम...
सञ्चय कोषले माग्यो प्रबन्धकदेखि मुख्य सहायकसम्म ३८ जना कर्मचारी
अर्थ, प्रशासन, समाचार

सञ्चय कोषले माग्यो प्रबन्धकदेखि मुख्य सहायकसम्म ३८ जना कर्मचारी

नेपालअखबार,काठमाडौँ । कर्मचारी सञ्चय कोषले  ३८ जना कर्मचारी नियुक्त गर्न  दरखास्त आह्वान गरेको छ। शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै कोषले आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्म कर्मचारी मागेको हो। प्रबन्धक  एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो। हरेक पदका लागि आवश्यक योग्यता र दरखास्त दस्तुर फरक फरक तोकिएको छ। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्नेछन्।  ...
स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने
प्रशासन, समाचार

स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने

नेपालअखबार, म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन्। गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन्। रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुङ्गा, स्लेट र औषधीजन्य जडिबुटीको खानी भएपनि सञ्चालन सम्बन्धी कार्यविधि अभावमा उत्खनन् हुन सकेका थिएनन्। ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको हो। मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पुरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था गरेको बताए। यहाँको पाखो तथा निजी जग्गामा भएका ढुङ्गा खानीलाई व्यवस्थित गरी सञ्चालन गरे...
२ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र बन्द हुने
प्रशासन, समाचार

२ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र बन्द हुने

नेपालअखबार,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द हुने जनाएको छ । अनलाइनबाट सेवा दिँदै आएको मन्त्रालयको एनओसी शाखाले मर्मतका लागि २ चैतसम्म एनओसी पूर्णरूपमा बन्द हुने जनाएको हो ।भौतिकरूपमा पनि एनओसी बन्द हुने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।...
सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य
अर्थ, कृषि, प्रशासन, समाचार

सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य

नेपालअखबार,काठमाडौं । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । जस अनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको छ । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक ७० लाख टन धानको माग छ । त्यसमध्ये ५४ लाख टन हाराहारी मात्र नेपालमा उत्पादन हुन्छ । बाँकी आयात गर्नुपर्ने अवस्था छ ।कृषि मन्त्रालयका अनुसार नेपालमा चैते धानको उत्पादन क्षमता असारे धानको तुलनामा धेरै ...
पाकिस्तानमा अपहरणमा परेका ३०० जनाको उद्धार
प्रशासन, विदेश, समाचार

पाकिस्तानमा अपहरणमा परेका ३०० जनाको उद्धार

नेपालअखबार,काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका ३०० जनालाई उद्धार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । यस क्रममा ३३ अपहरणकारी मारिएका पनि छन् । मंगलबार क्वेटाबाट पेशाबरतर्फ जाँदै गरेको जाफर एक्सप्रेसको रेललाई बीच बाटोमा रोकेर बलुच लिबरेसन आर्मी (बीएलए)ले यात्रीहरुलाई अपहरण गरेको थियो । रेलमा करिब चार सय यात्रीहरु थिए । यात्रीको रुपमा १०० जना सैनिक पनि थिए । अपहरणकारीले २१ सर्वसाधारण र ४ सैनिकलाई गोली हानेर मारिदिएका बीबीसीले जनाएको छ । ३६ घण्टामा सकियो सैनिक अप्रेसन पाकिस्तानी सेनाले ३६ घण्टाको अपरेसनपछि सबै यात्रीहरुलाई सकुशल उद्धार गरिएको जनाएको छ । जति यात्रुहरुको मृत्यु भएको छ, ती अप्रेसन सुरु हुनुभन्दा अगाडि नै अपहरणकारीले मारेको सेनाका अधिकारीहरुको भनाइ छ । पाकिस्तानका सञ्चार मन्त्री अत्ता तरारले रेलमा कूल ४४० यात्रु रहेका र सेनाले सावधानी एवम् कुश...
१० निर्माण कम्पनी कालोसूचीमा
प्रशासन, समाचार

१० निर्माण कम्पनी कालोसूचीमा

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज सार्वजनिक सूचना जारी गरी आजकै मितिदेखि लागु हुने गरी दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी दिएको हो । गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौं डेढ वर्षका लागि कालोसूचीमा परेका छन् । उनीहरुलाई कालोसूचीमा राख्न गुल्मीको धुर्कोट गाउँपालिका कार्यालयले सिफारिस गरेको थियो । यसैगरी सुवोध खतिवडा मुख्य व्यक्ति भएको सनम निर्माण सेवा संखुवासभा, कमल सापकोटा मुख्य व्यक्ति भएको निर्जरा निर्माण सेवा सभापोखरी गाउँपालिका कार्यालयको सिफारिसको आधारमा एक वर्ष कालोसूचीमा परेका छन् । अशोक गैरे नेतृवको इन्द्रेणी बिल्डर्स एण्ड सप...
आजबाट सुरु  श्रम तथा रोजगार सम्मेलन
प्रशासन, समाचार

आजबाट सुरु श्रम तथा रोजगार सम्मेलन

नेपालअखबार,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एण्ड यतिमा सम्मेलन उदघाटन गरेका छन् । ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु सम्मेलन फागुन २६ र २७ गते दुई दिनसम्म चल्ने छ । यो सम्मेलनबाट प्राप्त सुझावलाई आगामी आन्तरिक रोजगार प्रवर्द्धन दश वर्षे रणनीतिक योजनामा समावेश गरिने मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए । सम्मेलनमा रोजगारी र उत्पादनशीलता अभिवृद्धिसँग सम्बन्धित तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विज्ञ, विकास साझेदार, गैरसरकारी क्षेत्र तथा युवा गरी करिब ५०० जनाको सहभागिता छ । साथै स्थानीय तहका जनप्रतिनिधि, रोजगार सेवा केन्द्रका कर्म...
आज काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’
प्रशासन, समाचार

आज काठमाडौंमा सुरक्षाकर्मीको ‘हाईअलर्ट’

नेपालअखबार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् । उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् एआईजी टेक तामाङ भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाइएको बताउँछन् । ‘जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं,’ उनले भने । सुरक्षा स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थान...
भेप तस्करी गर्ने चार जनाविरूद्ध मुद्दा दायर
प्रशासन, समाचार

भेप तस्करी गर्ने चार जनाविरूद्ध मुद्दा दायर

नेपालअखबार,बुटवल । राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले विद्युतीय चुरोट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ। राजस्व चुहावट गरेको कसुरमा राजस्व कार्यालय बुटवलले अनुसन्धान गरी काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसमेत चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा गरिएको हो । उक्त काठमाडौँको डाइमण्ड इन्टरनेसनलको बिल प्रयोग गरेको देखाइ तशनिम जनरल स्टोर नेपालगञ्ज, बाँकेलाई बेचेको देखाइ एक सय वटाको बिल काटी दुई हजार छ सय भेप भेरी ढुवानी सेवाको साधन प्रयोग गरी नेपालगञ्ज पठाउने र त्यहाँबाट महँगोमा बेच्नका लागि भारततर्फ तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिए। मुद्दामा खरिद र बिक्रे...