सञ्चार मन्त्रालयले दोस्रो सय दिनमा गरेका काम सार्वजनिक
नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको दोस्रो सय दिनमा शतप्रतिशत कार्यसम्पादन गरेको जनाएको छ । आज काठमाडौँ पत्रकार सम्मेलन आयोजना गरी कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयले सय दिनभित्र सरकारकाले तोकिएका शतप्रतिशत कार्यसम्पन्न गरिएको बताइन् । उनले माघ १७ गतेसम्म भएका कार्यविवरण प्रस्तुत गर्दै दूरसञ्चार सेवाको ‘नेटवर्क कभरेज ग्याप एसेस्मेन्ट’ प्रतिवेदन, डाटा सेन्टरको मापदण्ड तयार भएको, ७५३ स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएका बताइन् । जसमा ६७६ हुलाक कार्यालय, छवटा हुलाक निर्देशनालय, एक गोश्वारा हुलाक कार्यालय, ७० जिल्ला हुलाक कार्यालय रहेको र ८० हुलाक काउन्टरसमेत स्थापना भई सञ्चालनमा रहेको त्यस अवसरमा जानकारी दिइयो ।
यस्तै, कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाल...










