सुमेरु सहकारीको ३ कार्यालयमा सिल
नेपालअखबार ,मकवानपुर । बागमती प्रदेश सरकारले ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा सिल गरेको छ । गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरिएको उक्त सहकारीमा बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौँको टोलीले सिल गरेको हो ।
टोलीले सुमेरु सहकारीको पुलचोकस्थित मुख्य कार्यालयसहित २ शाखामा सिल गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौँका प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार प्रधान कार्यालयसहित धापाखेल र गठ्ठाघरको शाखा कार्यालयमा सिल गरिएको हो ।
टोलीले सहकारीको सिस्टम सिज गरेको उनको भनाई छ । सो सहकारीको गत माघ ८ मा नै खाता रोक्का गरेको थियो । सो सहकारीको व्यवस्थापनका लागि छिट्टै थप प्रक्रिया अघि बढाइने उनले बताए । सहकारीका सञ्चालकहरूसँग छलफल गरी सम्बन्धित सबैको खाता रोक्का गरिने उनले बताए ।
गत २८ पुसमा नै समस्याग्रस्त घोषणा गरिएको ...










