पोखरा महानगरपालिकाका करार कर्मचारी नहटाउन उच्च अदालतको अन्तरिम आदेश
नेपालअखबार,पोखरा । पोखरा महानगरपालिकाका करार कर्मचारी नहटाउन उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । महानगरले माघ १ देखि करार कर्मचारी हटाउने गरी विशेष नगर सभाबाट पारित गरेको थियो । उक्त निर्णयविरुद्ध करार कर्मचारीहरू अदालत पुगेका थिए । अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
मंसिर २८ गते विशेष नगर सभाले करारका कर्मचारीको पुस मसान्तपछि नवीकरण नगर्ने निर्णय गरेको थियो । पुस २६ गते परेको रिटमा आइतबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको इजालसले विशेष नगर सभा र त्यस निर्णयअनुसार पुस २१ गते स्वास्थ्य महाशाखालाई पठाइएको पत्र तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा आगामी माघ ३ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको अदालतले जनाएको छ । मेयर धनराज आचार्य र प्रमुख प्रशासकीय अधिक...









