झन्डै ७ करोडमा बन्दैछ पिलीमा ‘युद्ध संग्रहालय’
नेपालअखबार,कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध संग्रहालय’ निर्माण गर्न थालिएको छ।
भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध संग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो।
कालीकोट १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा अत्यन्त्यै प्रभावित जिल्ला भएकाले सो समयमा जिल्लावासीले कयौं सास्ती भोग्नुपरेको थियो। द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको कालीकोटको पिलीमा पनि भएको थियो। सोही स्थानमा कर्णाली प्रदेश सरकारको लगानीमा तीव्र गतिमा युद्ध संग्रहालय निर्माण भइरहेको छ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत् डिभिजन वन कार्यालय कालीकोटले युद्ध संग्रहालय निर्माणलाई निरन्तरता दिइरहेको खाँडाचक्र...










