चक्रवाती आँधी ‘दाना’ पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा आइपुग्ने
नेपालअखबार,नयाँ दिल्ली । चक्रवाती आँधी दाना आज भारतको पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा पुग्न सक्ने बताइएको छ। यसैबिच पश्चिम बंगाल र ओडिशाका सरकारले चक्रवात दानासँग लड्नका लागि तयारी पूरा भएको बताएको छ ।
‘दाना’ आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेसलगायत दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाइएको छ । सावधानीका रूपमा पश्चिम बंगाल र ओडिशाका सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिसकेको छ।
दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय अक्टोबर २५ सम्म बन्द गरिएको छ भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ ।
दाना आँधी बुधबार रातिदेखि बिहीबार बिहानसम्म पुरी र सागर द्वीपको बिचको तटमा पुग्न सक्छ। जसका कारण बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना रहेको छ ।
पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले सम्भावित रूपमा दानाबाट प्रभावित ...










