सर्लाहीमा प्रतिनिधिसभा निर्वाचनका मतदानस्थल निरीक्षण सुरु
नेपालअखबार,जनकपुरधाम । आउँदो फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाहीमा मतदानस्थलहरूको निरीक्षण कार्य सुरु गरिएको छ। निर्वाचन पूर्वतयारीस्वरूप सोमबार जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका पदाधिकारीले तीन स्थानीय तहका विभिन्न मतदानस्थल निरीक्षण गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी गठन हुने उक्त जिल्लास्तरीय समितिले पहिलो दिन सदरमुकाम मलंगवा नगरपालिकासँगै ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिकाभित्रका मतदानस्थलको अनुगमन गरेको हो। मंसिर २ गते जिल्ला प्रशासन कार्यालय मलंगवामा बसेको समितिको बैठकले आवश्यक परे वडास्तरीय समितिबाट मतदानस्थल परिवर्तनसम्बन्धी सिफारिस माग गरेको थियो।
वडास्तरमा वडाध्यक्ष अध्यक्ष रहने गरी वडा सचिव, वडामा क्रियाशील राजनीतिक दललगायत समावेश हुने वडास्तरीय सिफारिस समितिको संरचना निर्धारण गरिएको छ। सर्लाहीमा हाल ...









