Wednesday, June 3

प्रशासन

समानुपातिक उम्मेदवारको सूची बुझाएपछिको प्रक्रिया के हो ?
प्रशासन, समाचार

समानुपातिक उम्मेदवारको सूची बुझाएपछिको प्रक्रिया के हो ?

नेपालअखबार, काठमाडौं । दलहरुले बुझाएको समानुपातिकको नामावलीमा त्रुटि सच्याउने काम सुरु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार राजनीतिक दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । आयोगले यही पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस २१ देखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । यही माघ ४ गते बन्द सूची प्रकाश गरिनेछ । यही माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका छन । सयवटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्पmको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गरेका हुन् । दलले ...
संयुक्त राष्ट्र संघको प्रतिबन्ध विपरित पाकिस्तानले लिबियाका विद्रोहीलाई ४ अर्ब डलरको हतियार बेच्दै!
प्रशासन, विश्व, समाचार

संयुक्त राष्ट्र संघको प्रतिबन्ध विपरित पाकिस्तानले लिबियाका विद्रोहीलाई ४ अर्ब डलरको हतियार बेच्दै!

नेपालअखबार,काठमाडौं । पाकिस्तानले संयुक्त राष्ट्र संघको हतियार प्रतिबन्ध विपरित भिषण गृहयुद्धमा फसेको लिबियाको लिबियन नेशनल आर्मीलाई (एलएनए) हतियार बेच्न लागेको छ। पाकिस्तानले लिबियाको अन्तर्राष्ट्रिय मान्यता पाएको सरकारविरूद्ध लडिरहेको सो लडाकू समूहलाई चार अर्ब डलरभन्दा बढीको हतियार बेच्ने सम्झौता गरेको भनेर चार पाकिस्तानी अधिकारीहरूको हवाला दिँदै समाचार संस्था रोयटर्सले जनाएको छ। गत हप्ता पूर्वी लिबियाको सहर बेन्गाजीमा पाकिस्तानका सेना प्रमुख असिम मुनिर र एलएनएका उप-कमाण्डर सद्दाम खलिफा हफ्तरबीचको भेटपछि सो सम्झौता टुङ्ग्याइएको हो। यो पाकिस्तानले अहिलेसम्म गरेको सबैभन्दा ठूलो हतियार बिक्रीमध्येको एक मानिएको छ। रोयटर्सले सम्झौताको मस्यौदा प्रतिलिपि फेला पारेको भन्दै पाकिस्तानले १६ वटा जेएफ-१७ लडाकु विमान र आधारभूत पाइलट प्रशिक्षणका लागि प्रयोग गरिने १२ वटा 'सुपर मुशाक' प्रशिक्षक ...
‘सेनामा राजनीतिक महत्त्वाकांक्षा हुन्थ्यो भने आज हामी यो अवस्थामा हुन्थ्यौं र?’
प्रशासन, समाचार

‘सेनामा राजनीतिक महत्त्वाकांक्षा हुन्थ्यो भने आज हामी यो अवस्थामा हुन्थ्यौं र?’

नेपालअखबार,काठमाडौँ ।  जेनजी आन्दोलन पछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ। परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो संकट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ। तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जंगीअड्डा लेखमा भनिएको छ, 'संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन्। सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकांक्षा देखाएको छ। जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ। यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो।' सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको स्पष्ट गर्दै लेखमा भनिएको छ, 'सेना संविधानप्रति निष्ठावान् छ, स...
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
प्रशासन, समाचार, समाज

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

नेपालअखबार,काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्तु शिवराज नगरपालिका-५ घर भई हाल काठमाडौँ-३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका-९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर-५ बस्ने २५ वर्षीय साइरज सुवेदी पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए। उनले भने, “पक्राउ परेकामध्ये अधिकारीले अल्बानिया पठाउने भन्दै रु १९ लाख, विश्वकर्माले क्यानडा पठाइदिने भन्दै रु १९ लाख र सुवेदीले अमेरिका पठाइदिने भन्दै रु ११ लाख १४ हजार ५०० सय लिई विदेश नपठाएर सम्पर्कविहीन भएका उजुरीको आधारमा पक्राउ गरिएको हो ।”पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथ...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए प्रधानमन्त्रीसमक्ष शपथ
प्रशासन, समाचार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए प्रधानमन्त्रीसमक्ष शपथ

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार आयोजित एक कार्यक्रममा उपाध्यक्ष श्रेष्ठ र सदस्य प्रा. श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन् । कार्यक्रममा आयोगका सदस्य एवं मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थलगायत सरकारी उच्च अधिकारीहरूको उपस्थिति थियो । शपथपछि प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । उनले मुलुकको अवस्थाको राम्रोसँग अध्ययन गरी र जेनजी युवाको आकाङ्क्षाबमोजिम योजनाको तयारी गर्न निर्देशन दिइन् । “हामीले तपाईँहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ, मुलुकको पर...
एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिए
प्रशासन, राजनीति, समाचार

एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिए

नेपालअखबार,काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन्। आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ। यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन्। प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मंसिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ। आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ। सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गत...
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यले आज पदबहाली गर्दै
प्रशासन, समाचार

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यले आज पदबहाली गर्दै

नेपालअखबार,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा पुनर्बहाली भएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज बिहान १० बजे पदबहाली गर्ने भएका छन्। सोमबार सर्वोच्च अदालतले उनलाई प्राधिकरणमा पुनर्बहाली गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेकोथियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।...
बाजुरामा सात मतदानस्थल थपिए
प्रशासन, समाचार

बाजुरामा सात मतदानस्थल थपिए

नेपालअखबार,बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रदेशसभा ‘क’मा बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को त्रिवेणी नगरपालिकामा मतदानस्थल थप भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीकाअनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आधारभूत विद्यालय रुढी, मण्डाली माध्यमिक विद्यालय खोलीकोट र वडा नम्बर ३ जुकोटलाई फुटाएर शम्भुशुनन्दा माध्यमिक विद्यालय जुकुमा नयाँ मतदानस्थल कायम गरिएको बताए । यसैगरी, बूढीनन्दा नगरपालिका–३ मा मदनआश्रित आधारभूत विद्यालय बड्डाला, हिमाली गाउँपालिका–१ मा सुनन्दा आधारभूत विद्यालय बाम, वडा नम्बर ५ कुलामष्टाजन ...
निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
प्रशासन, समाचार

निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरी बढाउनुपर्ने आवश्यकता देखिएपछि सम्बद्ध निकाय तयारीमा जुटेका हुन् । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने बताए। नयाँ मतदाताको सङ्ख्यालाई आकलन गरेर म्यादी प्रहरीको सङ्ख्या बढ्न सक्ने उनले उल्लेख गरे। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी अतिरिक्त महानिरीक्षक अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशीलता...
भीमफेदी कारागारका २७२ कैदीबन्दी फर्किए, १६८ जना अझै फरार
प्रशासन, समाचार, समाज

भीमफेदी कारागारका २७२ कैदीबन्दी फर्किए, १६८ जना अझै फरार

नेपालअखबार, बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने १६८ जना कैदीबन्दी अझै फरार छन् । गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४० कैदीबन्दीमध्ये आज बिहानसम्म २७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी तीन सय नौ कैदीबन्दी भीमफेदी कारागार फर्किएको प्रमुख पौडेलले बताए । प्रमुख पौडेलका अनुसार भागेकामध्ये भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी आझै फरार छन् । फरार भएका ३९ जना विदेशी कैदीबन्दीमध्ये १३ जना कारागार फर्किएको र २६ जना अझै फरार छन् । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले बिभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए । कारागारबाट भागेका फर...