पुरुषबाट महिला बनेका र जन्मँदाकै महिलाको अधिकार फरक कि एकै?
नेपालअखबार, काठमाडौं । 'स्वअनुभूतिको आधारमा लैङ्गिक पहिचान पाउनु व्यक्तिको संवैधानिक हक नै हो,यो हक निवेदकले उपभोग गर्न पाएको अवस्था छैन,'अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्च अदालतमा गरेको बहसमा उठाएको प्रश्न हो यो।
यौनाङ्गको आधारमा केटा भनी पहिचान गरियो, त्यसै अनुसार नाम पनि राखियो। निवेदकले आफू महिला रहेको अनुभूत गरे। आफ्नो नाम रुक्सना राखे। राज्यले उनी जस्ता व्यक्तिलाई दिएको छुट्टै लैङ्गिक पहिचान अन्यमा नागरिकता लिए।
अन्यको सट्टा महिला कायम गर्न दायर गरेको रिट निवेदनमा अधिवक्ता अधिकारीले अन्य नाम तथा लैङ्गिक विवरण बदर गरी महिला कायम गर्ने आदेश मागे।
सरकारी निकायका तर्फबाट सहन्यायाधिवक्ता गोविन्द खनालले एकपटक लिङ्ग अन्य लेखी नागरिकताको प्रमाणपत्र प्राप्त गरिसकेपछि फेरि कुनै वस्तुगत प्रमाण विना नै लिङ्ग संशोधन हुने विषय नभएको दलिल पेस गरे। यसले सामाजिक परिवेश र परिपाटीलाई नै प्रतिकु...










