मन्त्री निवास भैंसेपाटी सर्ने भएपछि पुल्चोकस्थित मन्त्री निवासमा सर्वोच्च अदालतका न्यायाधीशहरू बस्ने
नेपालअखबार, काठमाडौं। मन्त्री निवास भैंसेपाटी सर्ने भएपछि खाली भएको पुल्चोकस्थित मन्त्री निवासमा सर्वोच्च अदालतका न्यायाधीशहरू बस्ने भएका छन्।
गएको फागुनमा मन्त्रिपरिषदले पुल्चोकस्थित मन्त्री निवास भैँसेपाटी सारेर पुल्चोकमा सर्वोच्च अदालतका न्यायाधीशहरूको आवास बनाउने निर्णय गरेको थियो।
पुल्चोकका सबैघर खाली भएपछि न्यायाधीशहरू र मुख्य रजिष्ट्रारलाई त्यहाँ सार्ने तयारी भइरहेको सर्वोच्चका रजिष्ट्रार विमल पौडेलले जानकारी दिए।
‘पुल्चोकका सबै भवन खाली भएपछि श्रीमानहरू सर्नुहुन्छ। हामीले तयारी गरिरहेका छौँ,’ उनले भने, ‘अझै केही समय लाग्ला।’
सर्वोच्च अदालतमा २० न्यायाधीश र एक मुख्य रजिष्ट्रारलाई २१ आवास चाहिन्छ।
प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी कानुनले सरकारी आवासको व्यवस्था गर्नुपर्ने भनेको छ। प्रधानन्यायाधीशलाई सरकारी आ...










