Sunday, October 4

प्रशासन

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने
प्रशासन, शिक्षा, समाचार

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि हुने

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यतालिका अनुसार यो वर्षको एसईई चैत ७ गतेदेखि हुने भएको छ । बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ । सार्वजनिक गरिएको वार्षिक कार्य योजना अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाई र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिनेछ । त्यस्तै कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म हुनेछ ।...
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान
प्रशासन, समाचार

पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान

नेपालअखबार, काठमाडौं । पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच पुर्पक्षका लागि कारागार चलान भएका छन् । एक जना धरौटीमा छुटेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका हुन् । उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशवकुमार थेबेले बताए । त्यसैगरी पक्राउ मुद्दा चलाइएका मध्ये सत्यनारायण जोशी भने रिहा भएका छन् । उनलाई ३ लाख धरौटीमा छाड्नु भन्ने आदेश आएपछि धरौटी तिरेर हिरा भएको उनले बताए । ६ जनाविरुद्ध २ करोड ३० लाख १ हजार बिगो मागदाबी गर्दै चोरीको कसुरमा मुद्दा च...
गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण
प्रशासन, समाचार, समाज

गण्डकी प्रदेशमा छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

नेपालअखबार, गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् भने दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्गे पुल निर्माण सुरु हुने चरणमा छन् । प्रदेश सरकारको आगामी आव २०८१–०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पुर्याउन नदी तथा खोलामा झोलुङ्गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ । निर्देशनालयका निमित्त निर्देशक  महेन्द्र बानियाँले “स्थानीवासीको माग र आवश्यकता पहिचान गरेर झोलुङ्गे पुल निर्माण गर्ने गरिएको छ, झोलुङ्गे पुलले कृषिउपजलाई बजार ल्याउन पनि सहज भएको छ, गाउँका किसानको दैनिकी पनि फेरिएको छ”, भने । पोखरा महानगरपालिका–२५ हेम्...
‘सिधा कुरा’ विरूद्धको अवहेलना मुद्दा बृहत् इजलासले हेर्नुपर्ने आदेश
प्रशासन, समाचार

‘सिधा कुरा’ विरूद्धको अवहेलना मुद्दा बृहत् इजलासले हेर्नुपर्ने आदेश

नेपालअखबार, काठमाडौं ।  सर्वोच्च अदालतले 'सिधा कुरा डटकम अनलाइन' विरूद्धको अवहेलना मुद्दालाई बृहत् इजलासले हेर्नुपर्ने भन्दै पेशी व्यवस्थापन निर्देशक समितिमा पठाएको छ। उक्त समितिले यो मुद्दामा कति न्यायाधीशको बृहत् इजलास तोक्ने भनेर निर्णय गर्नेछ। न्यायाधीश कुमार चुडाल र विनोद शर्माको इजलासले यो मुद्दामा न्यायिक व्याख्याबाटै दीर्घकालीन निर्देश हुन आवश्यक भएको भन्दै समितिमा पठाउन भनेर जेठ ३० गते गरेको आदेशको पूर्णपाठ सर्वोच्चले बुधबार सार्वजनिक गरेको छ। सिधा कुराले प्रसारण गरेको भिडिओ अडिओ क्लिप वैज्ञानिक परीक्षणबाट नै कपोकल्पित देखिएको उक्त इजलासको आदेशमा उल्लेख छ। ‘यो मुद्दामा पेस हुन आएको भिडिओ क्लिप, मोबाइल फोनमा डाउनलोड गरिएको विवादित संवादका सम्बन्धमा वैज्ञानिक परीक्षण प्रतिवेदनबाट उक्त संवाद कपोकल्पित रूपमा सृजित भई सोही विवादस्पदः संवादको आधारमा सर्वोच्च अदालतका न्यायाधी...
पर्सामा चार सय सीमास्तम्भ मर्मत
प्रशासन, समाचार

पर्सामा चार सय सीमास्तम्भ मर्मत

नेपालअखबार, वीरगञ्ज  । पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर  चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी चार सय ८९ वटा सीमास्तम्भमध्ये तीन सय ९९ वटा रङरोगन तथा मर्मतसम्भार गरेको हो । तेह्र नम्बर गणका गणपति राधेश्याम धिमालले नापी कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँगको समन्वयमा सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भारको काम जारी रहेको बताए । “पर्सामा २१ वटा मुख्य सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १९ वटाको काम भइसकेको छ”, उनले भने, “बाँकी दुई सीमास्तम्भको पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर अघि बढाउनेछौँ ।” प्रहरी बलले १३ वटा सहायक सीमास्तम्भको रङरोगन तथा मर्मतसम्भार गर्नुपर्नेमा हालसम्म १२ वटाको काम पूरा भएको छ । यसैगरी चार सय ५५ वटा साना सीमास्तम्भको रङरोगन र मर्मतसम्भार गर्नुपर्नेमा हाल...
उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक
प्रशासन, समाचार

उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

नेपालअखबार, काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरहको पदका लागि भएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । लिखितमा नाम निस्किएका उम्मेदवार ले आवश्यक कागजपत्र बुझाएर अन्तरवार्तामा सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख गरिएको छ । 'अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरूले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता यकिन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७  दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैँले प्रमाणित गरी रुजु गराउनु पर्नेछ'- सूचनामा भनिएको छ । आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरू नपुऱ्याएमा जुनसुकै बखत दरखास्त रद्द हुने आयोगले जनाएको छ ।...
गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण
प्रशासन, समाचार, समाज

गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण

नेपालअखबार,म्याग्दी । बेनी नगरपालिका–९ गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण भएको छ । कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको गलेश्वर बजारमा कटान र बाढी नियन्त्रणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्र्तगतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत योजना निर्माण भएको हो । राहुघाट र कालीगण्डकी नदी किनारमा एक सय १० मिटर कम्पोजिट पर्खाल निर्माण भएको परियोजनाका सूचना अधिकारी इञ्जिनियर कृष्ण विश्वकर्माले बताए । सो योजना निर्माणका लागि विसं २०७९ पुसमा भाग्यलक्ष्मी कन्स्ट्रक्सनसँग रु दुई करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो । नदीको सतहभन्दा दुई मिटर तलदेखि चार मिटर पक्की र त्यसमाथि थप चार मिटर अग्लो ग्याविन पर्खाल निर्माण भएको छ । भाग्यलक्ष्मी कन्स्ट्रक्सनका प्रतिनिधि राजकुमार श्रेष्ठले २०८१ असार मसान्तसम्म ठेक्काको म्याद भए पनि लक्ष्यअघि नै काम सकिएको बताए। विसं २०७५ असोजम...
कामपाले तीनकुनेस्थित जग्गाको मुआब्जा वितरणको व्यवस्था गर्ने
प्रशासन, समाचार

कामपाले तीनकुनेस्थित जग्गाको मुआब्जा वितरणको व्यवस्था गर्ने

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुनेमा रहेको जग्गा अतिग्रहणका लागि नेपाल सरकार र कमपाको लागत साझेदारीमा मुआब्जा वितरण गर्ने जनाएको छ । कामपाका प्रमुख बालेन्द्र साह बालेनले आज बसेको नगरसभाको १५ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१– ८२ को  नीति कार्यक्रममा उक्त स्थानमा रहेको जग्गाको मुआब्जा वितरण गर्ने जानकारी दिएका हुन् । कामपा–३२ तीनकुनेमा रहेको जग्गाका लागि कामपाले आगामी बजेटमा बजेटको व्यवस्था गर्ने उनले बताए । त्यसैगरी, कामपा क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक पहल गर्ने,  खुला मञ्चलाई खुला व्यायाम र खेलकुदस्थलका रूपमा विकास गर्ने पनि कामपाले जनाएको छ । मातहतका सार्वजनिक जग्गा अतिक्रमण  गरी बनाइएका अनधिकृत संरचना हटाई खुलास्थानका रूपमा विकास गर्ने र महानगरलाई सूचना प्रविधि हबका रूपमा विकास गरिने कामपाको नीति छ ।...
असार ३ गते सार्वजनिक बिदा
प्रशासन, समाचार

असार ३ गते सार्वजनिक बिदा

नेपालअखबार,काठमाडौं । सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्। सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो। सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।  ...
सडक बनेको १८ वर्षपछि कालोपत्रे र ढलान
प्रशासन, समाचार, समाज

सडक बनेको १८ वर्षपछि कालोपत्रे र ढलान

नेपालअखबार, काठमाडौं । बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ। विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो। गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिए। ‘आर्थिक वर्ष २०६४/६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग पनि हो,’ उनले भने, ‘आगामी आर्थिक वर्षका लागि प्रदेश समपूरक बजेटमार्फत यो सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिन प्रस्ताव गरेका छौं।’ चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ५० लाख र  बेनी नगरपालिकाले ३० लाख विनियो...