राष्ट्रिय राजमार्गलाई वर्षाअगावै मर्मतसम्भार गर्न महासङ्घकाे आग्रह
नेपालअखबार, काठमाडौँ । देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राष्ट्रिय राजमार्ग र सहायक राजमार्गलाई तत्काल मर्मतसम्भार गर्न सरकारलाई आग्रह गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले बुधबार विज्ञप्ति जारी गरी निर्माण ढिलासुस्तीका कारण राजमार्गमा घन्टौँ सवारी जाम हुन थालेकाले तत्काल मर्मतसम्भार गर्न सरकारलाई आग्रह गरेका हुन् ।
“बर्सातको समय आउँदै गरेकाले विगतदेखि पुननिर्माणमा रहेका बुटवल-नारायणघाट सडकखण्ड, काठमाडौँ–पोखरा सडकखण्ड, पथलैया-ढल्केवर सडकखण्ड मर्मतलाई तीव्ररुपमा अगाडि बढाउन माग गर्दछौँ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
महासङ्घले राष्ट्रिय राजमार्ग र सहायक राजमार्ग बिग्रिँदा मालवाहक र यात्रुवाहक सवारी साधनलाई प्रत्यक्ष असर पुग्नुका साथै आम यात्रुलाई गन्तव्यस्थलसम्म पुर्याउन समस्या परेको जनाएको छ ।
बाटो राम्...










