Thursday, August 6

प्रशासन

‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
प्रशासन, समाचार, समाज

‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

नेपालअखबार ,सुरुङ्गा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । लागुऔषध कारोबारमा संलग्नमध्ये  स्वदेशी तीन सय २५ पुरुष र २५ महिला तथा  १८ विदेशी पुरुष र चार विदेशी महिला रहेका छन् । सोही अवधिमा झापामा लागुऔषधका दुई सय ४० वटा मुद्दा दर्ता भएका छन् । जसमा  खैरो हिरोइन एक हजार नौ सय ४४ ग्राम चार हजार छ सय ४० मिलिग्राम र २६ केजीभन्दा बढी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को साउन महिनामा ३४ पुरुषसहित ३७ जना मानिस लागुऔषधसहित पक्राउ परेका थिए । त्यस्तै भदौ महिनामा ४२ जना मानिससहित १० केज...
‘नीति लचक बनाएर उत्साह बढाउने प्रयास’
अर्थ, प्रशासन, समाचार

‘नीति लचक बनाएर उत्साह बढाउने प्रयास’

नेपालअखबार , काठमाडौं । केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षा मार्फत भएका परिमार्जनले बजारमा केही हदसम्म उत्साह र आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने जनाएको छ । मौद्रिक नीति समीक्षापछि ‘भर्चुअल’ माध्यमबाट पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंक प्रवक्ता डा. गुणाकर भट्टले आर्थिक स्थायित्व र वित्तीय स्थायित्वलाई कसरी प्रवद्र्धन गर्ने र आर्थिक गतिविधि कसरी विस्तार गर्ने भन्नेमा मौद्रिक नीति केन्द्रित भएको बताए । मौद्रिक नीति समीक्षा मार्फत बजारमा केही हदसम्म उत्साह बढाउन प्रयास गरेको उनले दाबी गरे । समीक्षामा राष्ट्र बैंकले पूँजीकोष समस्या समाधान गर्न आवश्यक उपकरणमा सहजीकरण गर्ने, असल वर्गको कर्जामा कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाएर १.२ प्रतिशत गर्दा हुने व्यवस्था गर्नेजस्ता नीति लिएको छ । यस्तै शिथिल देखिएको घरजग्गा कारोबार बढाउन व्यक्तिगत घरजग्गा खरिदमा कर्जा आम्दानी अनु...
नक्कली डाक्टर पक्राउ
प्रशासन, समाचार

नक्कली डाक्टर पक्राउ

नेपालअखबार ,काठमाडौं । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो। प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो। उनीहरूको कागजपत्र हेर्दा शंका लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको  छ। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए। अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शि...
सर्वोच्चले अशोक राई नेतृत्वको जसपालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश
प्रशासन, राजनीति, समाचार

सर्वोच्चले अशोक राई नेतृत्वको जसपालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश

नेपालअखबार ,काठमाडौँ । सर्वोच्च अदालतले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएर राईसहित ७ जना सांसदले २०८१ साल वैशाख २३ गते छुट्टै दल दर्ता गराएका थिए। निर्वाचन आयोगले उक्त दललाई वैशाख २४ गते दर्ता गरेको थियो। आयोगको निर्णयविरूद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। न्यायाधीश विनोद शर्माको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ८ गतेका लागि बोलाएको छ। सर्वोच्चले दल विभाजन सम्बन्धी कतिपय काम कारबाही भइरहेको भन्दै त्यसलाई यथास्थितिमा राख्न समेत निर्देशन दिएको छ। आयोगले छुट्टै दलको मान्यता दिएसँगै प्रदेशहरूमा सांसदहरूलाई दल रोज्न २१ दिनको समय दिएको थियो। सर्वोच्चले उक्त कामबारे निष्कर्षमा पुग्न आयोगसँग छलफल गर्नुपर्ने भनेको छ।...
आज सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै
प्रशासन, समाचार

आज सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

नेपालअखबार ,काठमाडौँ । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि  बुधबार सुनुवाइ हुने भएको हो। यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो।...
तार भूमिगत गर्न काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने
प्रशासन, समाचार, समाज

तार भूमिगत गर्न काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने

नेपालअखबार , काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम धमाधम भइरहेको छ । जसले उपत्यकाको विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित भइरहेको छ । प्राधिकरणले जेठ ३ गते नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, जेठ ६ गते भिमसेनस्थान र जेड ८ गते भिमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । उल्लिखित फिडरहरू अन्तर्गतका विभिन्न स्थानमा बिहान ११ः०० बजेदेखि साँझ ०५ः०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।...
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
प्रशासन, समाचार

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

नेपालअखबार ,काठमाडौँ । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।  सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ । त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गरे । राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले कोरिया र नेपालबीच ...
पोखराको प्राइम सहकारीका पीडितसँग प्रहरीले माग्यो उजुरी
प्रशासन, समाचार

पोखराको प्राइम सहकारीका पीडितसँग प्रहरीले माग्यो उजुरी

नेपालअखबार , काठमाडौं । पोखरा महानगरपालिका–४, गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय, कास्कीले बचतकर्तालाई सूचना जारी गरेको छ । मंगलबार एक सूचना जारी गर्दै सहकारीका सञ्चालक तथा पदाधिकारीले बचतकर्ताको बचत फिर्ता नगरी हिनामिना गरेको भन्दै जेठ २० गतेभित्र उजुरी दिन प्रहरीले आग्रह गरेको हो । सहकारीका सदस्य र बचतकर्तालाई पासबुक, सेयर प्रमाणपत्र, पासबुक, भौचर, मुद्धति प्रमाणपत्रलगायतको परिचय खुल्ने प्रमाणपत्रसहित उजुरी दिन आग्रह गरेको हो । बचतकर्ताको बचत हिनामिना गरेको भन्दै प्रदेश सहकारी रजिष्टारको कार्यालय, गण्डकीले मंगलबारमात्रै प्रहरीलाई पत्र पठाएको थियो । पत्र आउनेबित्तिकै आफूहरुले अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । ‘हाम...
एकैपटक ६० जना सहसचिवको सरुवा (सूचीसहित)
प्रशासन, समाचार

एकैपटक ६० जना सहसचिवको सरुवा (सूचीसहित)

नेपालअखबार , काठमाडौं । सरकारले एकैपटक ६० जना सहसचिवको सरुवा भएको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरुका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो । सरकारको निर्णयअनुसार मधेशी आयोगका सचिव रहेका बसन्त अधिकारीलाई गृह मन्त्रालयमा पठाइएको छ । रुद्रप्रसाद पण्डितलाई गृहबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा लगिएको छ । बाग्मतीको सामाजिक विकास मन्त्रालयका ससचिव रहेका भीष्मकुमानर भुसाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद कार्यालयका सहसचिव नारायणप्रसाद भट्ट र नवराज ढुंगानालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । कमलप्रसाद भट्टराई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधामनन्त्री कार्यालयमा सरुवा भएका छन् । हेर्नुस् को कहाँ भए सरुवा ?    ...
पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’
प्रशासन, समाचार, समाज

पोखरामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’

नेपालअखबार, पाेखरा । दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिका–२५ हेम्जामा ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरु भएको छ । “महानगरको नमूना कार्यक्रमका रुपमा वडा नं.२५ बाट यो कार्यक्रम सुरु गरिएको छ । ज्येष्ठ नागरिकसँगै जुनसुकै उमेरका दीर्घरोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन्छौँ”, हेम्जा स्वास्थ्यचौकीका प्रमुख कुश्मराज सुवेदीले भने ।  सरकारले सूचिकृत गरेका औषधि पनि  निःशुल्क वितरण गरिने उनले बताए । समुदायमा स्वास्थ्य सचेतना र प्रवद्र्धनका कार्यक्रम सँगसँगै सञ्चालन गरिने उनले बताए । कार्यक्रमअन्तर्गत विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने, औषधि नियमित रूपमा खाएनखाएको अनुगमन गरिने छ । दुई महिनाको एकपटक बिरामीको घरमै पुगेर सेवा प्रवाह गर्ने कार्यविधि बनेको छ । आधा...