Thursday, August 6

प्रशासन

विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने
प्रशासन, समाचार

विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने

नेपालअखबार, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ ।महानगरपालिकाको शिक्षा विभागले सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो । सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने छ । महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो भवन वा हातामा सटर बनाएर भाडामा लगाउँदै आएका छन् । कतिपय विद्यालयले टहरासमेत बनाएर भाडामा लगाएका छन् । विद्यालयमा बनाइएका यस्ता कतिपय सटरको नक्सा पाससमेत नभएको महानगरपालिकाले जनाएको छ ।...
त्रिविको लापरबाही  ३० को महिना भएको चैतमा ३१ गते परीक्षा
प्रशासन, शिक्षा, समाचार

त्रिविको लापरबाही ३० को महिना भएको चैतमा ३१ गते परीक्षा

नेपालअखबार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । चैत २८ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको तालिकामा भने चैतको ३१ गते पनि परीक्षा गर्ने भनिएको थियो । जबकि चैत महिना ३० गतेसम्मको मात्रै छ । तर, परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले चैत ३१ गते एमजीटी–२०९ माइक्रोइकोनोमिक्स फर बिजनेसको परीक्षा राखिएको हो । यतिबेला पनिकाले उक्त परीक्षा तालिका आफ्नो वेबसाइटबाट हटाइसकेको छ । उक्त परीक्षा तालिका मिस्टेक भएको भन्दै पनिकाले अब अर्को तालिका सार्वजनिक गर्नेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अब उक्त मिति सच्याएर पुनः परीक्षा तालिका सार्वजनिक गरिनेछ ।...
सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
प्रशासन, समाचार

सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस

नेपालअखबार, काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले सहसचिव झलकराम अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । अधिकारी हाल नेपाल ट्रस्टको कार्यालयमा प्रवक्ताको भूमिकामा छन् । ६० किलो सुन तस्करीमा शङ्कास्पद भूमिका देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनलाई कारबाही सिफारिस गरेर बिहीबार जाँचबुझ प्रतिदेन बुझाएको थियो । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादी दावासँग अधिकारीले ह्वाट्स एपमा शङ्कास्पद कुराकानी गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा पनि खुलेको थियो । तर, राजनीतिक शक्तिकेन्द्रको दबाबमा सीआईबीले उनलाई सरकारी साक्षी बनाएर अनुसन...
मुगुका जिल्ला प्राविधिक कार्यालयका प्रमुख पाण्डेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रशासन, समाचार

मुगुका जिल्ला प्राविधिक कार्यालयका प्रमुख पाण्डेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालअखबार, काठमाडौँ । मुगुको सोरु गाउँपालिका–९ मा आरसीसी सिँचाइ कुलो निर्माणमा अनियमितता देखिएपछि तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख देवी प्रसाद पाण्डेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सिड्डिखोलादेखि फुक्यालसम्म कुलो निर्माणका लागि आर्थिक वर्ष २०७२/०७३ मा उपलब्ध गराएको रकम हिनामिना गरेको आरोपमाथि अनुसन्धान टुंगिएपछि आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा सिड्डीखोला सिँचाइ आयोजनामा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार कामै नगरी १४ लाख १७ हजार ९ सय ३५ रुपैयाँ ५५ पैसा बराबरको भुक्तानी दिएको फेलापरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्य सम्पन्न नगरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) कसुरमा बि...
उपनिर्वाचनका लागि २० दलको निवेदन
प्रशासन, राजनीति, समाचार

उपनिर्वाचनका लागि २० दलको निवेदन

नेपालअखबार, काठमाडौँ । आगामी बैशाख १५ गते इलाम बझाङमा हुने उपनिर्वाचनका लागि २० दलले निवेदन दिएका छन् । निवेदन दिनेहरुमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको थियो ।  उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायत छन् । रास्वपाले प्रतिनिधिसभामा मात्रै सहभागी हुने निर्णय गरेकाले उसले प्रदेश सभाका लागि निवेदन दिएको छैन ।...
कर्णाली पुलमा बन्द गरियो आवागमन
प्रशासन, समाचार, समाज

कर्णाली पुलमा बन्द गरियो आवागमन

नेपालअखबार,कर्णाली। सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ। प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। आगलागीबाट पुलको १४  ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ। पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए। उनले भने, ‘हामी घटनास्थलमा राति नै पुगिसकेका छौं। आज बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउँदैछ । पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेका छौं।’ कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरिएको...
धनगढीमा कुटपिटबाट एक जना युवकको मृत्यु, पाँच जना पक्राउ
प्रशासन, समाचार

धनगढीमा कुटपिटबाट एक जना युवकको मृत्यु, पाँच जना पक्राउ

नेपालअखबार, कैलाली। कैलालीको धनगढीमा कुटपिटबाट एक जना युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा बस्ने अन्दाजी ३५ वर्षीय महेश रानाको मृत्यु भएको हो। सोमबार बिहान घाइते अवस्थामा फेला उनलाई स्थानीयले सेती प्रादेशिक अस्पतालमा लगेका थिए। त्यहाँ उपचारको क्रममा मृत्यु भएपछि प्रहरीलाई खबर भएको थियो। महेशको मृत्यु कुटपिटबाट भएको भन्ने खबर पाएसँगै प्रहरीले छिमेकी पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुलदिप चन्दले जानकारी दिए। ‘छिमेकी मिनबहादुर चौधरीको घरमा राति जान खोज्दा कुटपिट भएको भनेका छन्। मिनबहादुरसहित पाँच जना पक्राउ परेका छन्,’ उनले भने, ‘यकिन त्यही कारण हो/होइन भन्ने अनुसन्धानबाट पुष्टि हुन्छ।’ मृतकको शव सेती प्रदेशिक अस्पतालमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।...
मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन
प्रशासन, समाचार

मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

नेपालअखबार,  गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो । नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको जनाइएको छ । नयाँ शौक्षिक सत्रदेखि सबैले सामुदायिक÷सरकारी विद्यालयमा अनिवार्यरुपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको नगर प्रमुख जीवलाल खरेल जानकारी दिए । मुसिकोट नगरपालिकाभित्र हाल १६ माध्यमिक, आठ निम्न माध्यमिक र ४७ प्राथमिक विद्यालय रहेको बताइएको छ ।...
आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म हेटौँडा पुग्ने कान्तिराजपथ बन्द गरिने
प्रशासन, समाचार, समाज

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म हेटौँडा पुग्ने कान्तिराजपथ बन्द गरिने

नेपालअखबार, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।  ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए । “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो”, उनले भने । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कट...
खैरो हेरोइनसहित दुई जना पक्राउ
प्रशासन, समाचार

खैरो हेरोइनसहित दुई जना पक्राउ

नेपालअखबार, पर्सा । वीरगन्ज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका-२० हरपतगंज टोल बस्ने १९ वर्षीय कार्तिक कुमार राय र सोही महानगरपालिका-१७ भुटनदेवी बस्ने २० वर्षीय युवराज राय रहेका छन् । प्रहरी चौकी इनरुवा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगन्ज बजारतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...