Sunday, August 2

सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका बडिगार्ड बन्दुकसहित पक्राउ

नेपालअखबार, काठमाडाैं। सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्ड हतियारसहित पक्राउ परेका छन्।

Advertisement

सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

Advertisement
Advertisement

पक्राउ पर्नेमा बडिगार्डहरू दीपक खड्का र रामकुमार धिमाल छन्।

Advertisement

उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्नेक्रममा बन्दुक भेटिएको हो।  सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले चेक गर्नेक्रममा उनीहरूबाट बन्दुक बरामद गरेको हो।

‘ठूले स्वीडेन’ लेखिएको कालो र‌ंगको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ।

प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत प्राप्त भएको हो।