Tuesday, August 4

प्रशासन

महान्यायाधिवक्ता विरुद्ध पेश भएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
प्रशासन, समाचार

महान्यायाधिवक्ता विरुद्ध पेश भएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

नेपालअखबार, काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेललाई पदमुक्त गर्नुपर्ने मागदाबीसहित पेस भएको रिट निवेदनलाई सर्वोच्च अदालत प्रशासनले दरपीठ(दर्ता गर्न अस्वीकार) गर्ने आदेश गरेको छ । महान्यायाधिवक्तामा कँडेलको नियुक्तीले ‘निवेदकको के कस्तो मौलिक वा कानुन हक कसरी हनन् हुन गएको छ भन्ने नदेखिएको’ भन्दै सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको हो । अधिवक्ता माधव कुमार बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए । २६ चैत(बिहीबार) सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले महान्यायाधिवक्ताले कानुनविपरीत काम गरे नियमित अदालतबाट कानुनी उपचार खोज्न सकिने भन्दै रिट निवेदन ल्याउन नहुने जिकिर गरेका हुन् । रजिष्ट्रार पोखरेलले जारी गरेको आदेशमा भनिएको छ, ‘यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत दर्ताक...
नयाँ बानेश्वरबाट ३० लाख नगदसहित क्रिप्टो र हुण्डी कारोबारी पक्राउ
प्रशासन, समाचार

नयाँ बानेश्वरबाट ३० लाख नगदसहित क्रिप्टो र हुण्डी कारोबारी पक्राउ

नेपालअखबार, काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रलाई केन्द्र बनाएर अवैध रूपमा क्रिप्टो करेन्सी र हुण्डीको कारोबार गरिरहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले गोप्य सूचनाको आधारमा आइतबार साँझ चार जनालाई ३० लाख रुपैयाँ नगद र कारोबारमा प्रयोग हुने विद्युतीय उपकरणसहित नियन्त्रणमा लिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत अभौतिक मुद्रा र अवैध वित्तीय कारोबार गरेको आरोपमा उनीहरूमाथि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । पक्राउ पर्नेहरूमा चितवन घर भई हाल झम्सिखेल बस्ने ३२ वर्षीय सवन अधिकारी, तारकेश्वरका २५ वर्षीय आशिष अधिकारी, ठमेल बस्ने ३२ वर्षीय रबिन जि.आर र इमाडोलका ३७ वर्षीय अनित्य शाक्य रहेका छन् । उनीहरूले क्रिप्टो करेन्सीको खरिदबिक्री र हुण्डीमार्फत ठुलो रकम ओसारपसार गर्ने गरेको प्रहरीको प्रारम्भ...
टुँडिखेलमा घाँसे मैदान निर्माणको काम सुरु
प्रशासन, समाचार, समाज

टुँडिखेलमा घाँसे मैदान निर्माणको काम सुरु

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण कार्य अगाडी बढाएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले सूचना जारी गरी  चैत ८ गतेदेखि निर्माण कार्य सुरु गरेको हो । महानगरपालिकाको आर्थिक वर्ष २०८२(८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत सो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो । महानगरले भ्याट सहित २ करोड ४२ लाख ५१ हजार १३१ रुपैयाँमा न्यू बेन्जामिन सुस्मन (आर.के.जेभी)  सँग  एक वर्ष भित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको हो । हाल  टुँडिखेलमा धरहरा निर्माणको समयमा राखिएको माटो हटाउने, चार कुनामा बोरिङ खन्ने काम भइरहेको छ । निर्माण कार्य सुरु भएपछि सो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार्यक्रमहरू अवरुद्ध हुने महानगरले जनाएको छ । तस्बिर : नेपाल फोटो...
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने
प्रशासन, राजनीति, समाचार

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

नेपालअखबार, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको स्रोतले बतायो । अब मुद्दाका सबै पक्ष मिलिसकेकाले भोलि दुवै जनाका रिट पेसीमा चढ्ने स्रोतको भनाइ छ । जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो । उक्त पक्राउ गैरकानूनी भनेर दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए । चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाउ आदेश भएको थियो । सोही आदेशअनुसार सरकार पक्षबाट लिखित जवाफ आइसकेकाले अब सुनुवाइका लागि भोलि बहस हुने स्रोतल...
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं परिसर पुग्यो
प्रशासन, समाचार

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि काठमाडौं परिसर पुग्यो

नेपालअखबार, काठमाडौं । गत २३ र २४ भदौको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो । त्यसपछि उक्त प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमन्त्रालयमा पुगेको थियो । गृहमन्त्रालयले उक्त प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई दिएको थियो । प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी हुँदै उक्त प्रतिवेदन कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले प्रतिवेदन आइपुगेको बताए । ‘हामी कहाँ प्रतिवेदन आइपुगेको छ । अब कार्यान्वयनको चरणमा जान्छौं’, एसपी भट्टराईले भने । उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै ...
एमालेका पूर्वसभासद बलात्कार आरोपमा पक्राउ
प्रशासन, समाचार

एमालेका पूर्वसभासद बलात्कार आरोपमा पक्राउ

नेपालअखबार, काठमाडौं । नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्। शनिबार जिल्ला प्रहरी परिसरले मल्ललाई सातदोबाटो पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार ५२ वर्षीय मल्ल एक महिनादेखि फरार थिए। पीडित महिलाले परिसरमा फागुन ४ गते जाहेरी दिएकी थिइन्। उनले मल्ललाई पक्राउ गर्न माग गर्दै पछिल्लो हप्ता माइतीघरमा अनसन समेत बसेकी थिइन्। ‘आरोपीलाई मुगु कालिकोटसम्म खोजी गर्‍यौं। आज सातदोबाटोमै फेला पारी पक्राउ गरेका हौं,’ एसएसपी बोगटीले भने।...
चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन
प्रशासन, समाचार

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल सञ्चालन हुँदै आएका छन् । अहिले निकुञ्ज प्रशासनले चार तालिमप्राप्त कुकुरसमेत निकुञ्जको सुरक्षामा प्रयोग गर्दै आएको छ । यस्तै, रियल टाइम मनिटरिङ, सिसीटिभी क्यामेराबाट मनिटरिङ्, ड्रोन, भेइकल ट्याकिङ रेकड सिस्टमलगायतका प्रविधिबाट निकुञ्जको सुरक्षा गरिएको छ । उनका अनुसार यस बाहेक पैदल, साइकल, हात्ती, डुङ्गा र सवारीसाधनबाट गस्ती गरिँदै आइएको छ । प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त गर्दै आएको उनले बताए । उनले भने, “प्रविधिको प्रयोगसँगै वन्यजन्तु...
रोल्पामा पहिलोपटक भूतपूर्व सैनिक सम्मेलन हुँदै
प्रशासन, समाचार

रोल्पामा पहिलोपटक भूतपूर्व सैनिक सम्मेलन हुँदै

नेपालअखबार,रोल्पा । रोल्पामा पहिलोपटक भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने भएको छ । नेपाली सेनाबाट निवृत्तिभरण प्राप्त भूतपूर्व सैनिक तथा एकल महिलाहरुलाई लक्षित गरी भूतपूर्व सैनिक सम्मेलन-२०८२ गर्न लागिएको हो । नेपाली सेनाको जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा रोल्पाको सूर्य दलगण लिबाङ ब्यारेकमा यही चैत २२ गते सम्मेलन गर्न लागिएको सूर्य दल गण रोल्पाका प्रमुख सेनानी ईश्वर थापाले जानकारी दिए । ‘सम्मेलनमा सहभागी हुनका लागि हामीले चैत १ गतेदेखि १७ गतेसम्म सो गणमा दर्ता डेस्क खडा गरेका छौं’, सेनानी थापाले भने, ‘प्रत्येक दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म दर्ता गर्ने कार्य सुरु भएको छ ।’ रोल्पा जिल्लामा जम्मा ११० जना भूतपूर्व सैनिकको संख्या रहेको भूतपूर्व सैनिक संघ रोल्पाका सभापति खिमविक्रम केसीले जानकारी दिए । ‘रोल्पामा अहिलेसम्म एकल महिला संख्या १०...
पतञ्जलि जग्गा हिनामिना प्रकरण भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
प्रशासन, समाचार

पतञ्जलि जग्गा हिनामिना प्रकरण भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

नेपालअखबार,काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । उक्त मुद्दामा न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गरेको छ । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ। नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन...
सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडावासीले फेरि रोके फोहोर लिएर गएको गाडी
प्रशासन, समाचार, समाज

सहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडावासीले फेरि रोके फोहोर लिएर गएको गाडी

नेपालअखबार, काठमाडौं । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको छ। बञ्चरेडाँडा  क्षेत्रका बासिन्दाले  काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन्। विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौँबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले जानकारी दिए। 'पटक–पटक भएका उधारो सहमतिले हामी  पीडित भएका छौँ । हाम्रा माग पूरा नहुञ्जेल अवरोध जारी रहन्छ,' उनले भने। यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो। नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३  र ४ वडाका  प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सड...