२१ इन्स्पेक्टर र ४३८ असई भर्ना गर्दै नेपाल प्रहरी, खुल्यो आवेदन
नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ।
शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा दरखास्त आह्वान गरेको हो।
प्रहरीले २१ जना इन्स्पेक्टर र ४३८ जना असईका भर्नाका लागि आवेदन मागेको हो।
इन्स्पेक्टरका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म दरखास्त दिन सकिनेछ भने असईका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ।
दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिनेछ।
दरखास्त दस्तुर इन्स्पेक्टरतर्फ १ हजार २ सय र समावेशीतर्फ पनि आवेदन दिँदा प्रत्येक समूहका लागि थप २४० रूपैयाँ लाग्नेछ।
असईतर्फको दरखास्त पेस गर्दा ५०० रूपैयाँ र एक भन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि थप १०० रूपैयाँ शुल्क लाग्नेछ।
इन्स्पेक्टरका लागि दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ...









