Saturday, August 1

प्रशासन

१७ वटा निर्माण कम्पनी परे कालोसूचीमा
प्रशासन, समाचार

१७ वटा निर्माण कम्पनी परे कालोसूचीमा

नेपालअखबार,काठमाडौं ।  सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको जानकारी दिएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम ती कम्पनीहरूले सम्झौता उल्लंघन गरेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ। सूचना अनुसार कालोसूचीमा परेकामध्ये केही कम्पनीलाई एक वर्षका लागि र केहीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो। सूचना अनुसार ती कम्पनीहरूले कार्य सम्पन्न नगरेको, सम्झौता उल्लङ्घन गरेको वा निर्माण कार्य समयमा सम्पन्न नगरेको कारण कारबाही गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको निर्माण कार्यमा सहभागी हुन पाउने छैनन्। यी हुन् कालोसूचीमा परे...
सिंचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिंचाइ आयोजनाका ६ ठेक्का तोडिंदै
प्रशासन, समाचार

सिंचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिंचाइ आयोजनाका ६ ठेक्का तोडिंदै

नेपालअखबार,काठमाडौं । सरकारले सिंचाइतर्फका रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । यही प्रक्रिया अन्तर्गत बबई सिंचाइ आयोजनाले  करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनीसँग गरिएको ठेक्का सम्झौता तोड्न बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८मा ठेक्का सम्झौता गरेको थियो । ६ वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । आयोजनाले पटक–पटक सूचना प्रकाशन गर्दासमेत सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँद...
प्रतिनिधिसभा विघटनविरूद्ध ९ वटा रिट दर्ता
प्रशासन, समाचार

प्रतिनिधिसभा विघटनविरूद्ध ९ वटा रिट दर्ता

नेपालअखबार,काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ९ वटा रित दर्ता भएका छन् । बुधबार सर्वोच्चमा ९ वटा रिट दर्ता भएका हुन् । रिटमाथि आगामी कार्तिक १२ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
एकैपटक ६६५ जना इन्स्पेक्टरको सरूवा
प्रशासन, समाचार

एकैपटक ६६५ जना इन्स्पेक्टरको सरूवा

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ६६५ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो। आइजिपी चन्द्रकुबेर खापुङको निर्णयअनुसार कात्तिक महिनाको सेवा सुविधा समेत सरूवा भएको ठाउँबाट लिनेगरी सूची प्रकाशन गरिएको छ। हेर्नुस् सूची:...
अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा
प्रशासन, समाचार

अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा

नेपालअखबार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । उक्त कार्यालयमा मंगलबार साँझ अख्तियारको टोलीले छापा मारेको हो । ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री वितरण गरेको सूचनाका आधारमा छापा मारिएको हो । सो क्रममा कागजातहरू समेत नियन्त्रणमा लिएको स्रोतले बताएको छ । पाइप खरिदमा भ्रष्टाचार भएको आरोपमा छापा मारिएको हो ।...
कास्की कारागारबाट गम्भीर अपराधकै कैदीबन्दी फरार
प्रशासन, समाचार, समाज

कास्की कारागारबाट गम्भीर अपराधकै कैदीबन्दी फरार

नेपालअखबार, पोखरा । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार छन् । पटक पटक अल्टिमेटम दिए पनि उनीहरू नफर्किएका हुन् । आन्दोलनअघि कास्की कारागारमा ७ सय ७३ कैदीबन्दी थिए । तीमध्ये महिला ब्लकमा ३५ र पुरुष ब्लकमा ७ सय ३८ जना रहेकामा भदौ २४ गते प्रदर्शनकारीले कारागारमा आक्रमण गरी तोडफोड गरेपछि बाहिरिएका हुन् । भागेकामध्ये केही स्वेच्छाले फर्किएका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर बुझाएको छ । ५ सय २१ जना कैदीबन्दी फिर्ता भैसकेका कारागार प्रमुख राजेन्द्र शर्माले बताए । बाँकी कैदीबन्दीको खोजी जारी छ । शर्माका अनुसार, स्वेच्छाले नफर्केकाहरूको अब प्रहरी मार्फत खोजी गर्न लागिएको छ । फरार कैदीबन्दीहरूमध्ये अधिकांश जबरजस्ती करणी, लागुऔषध कारोबार, कर्तव्य ज्यान, चोरी, बैंकिङ कसुर, सवारी दुर्घटनामा ज्यान जाने, सहकारीसम्बन्धी मुद्दा, बालयौन दुराचार,...
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद
अर्थ, प्रशासन, समाचार

वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

नेपालअखबार,पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्सा र  पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ । विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरबाट अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिए । “भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशङ्कामा सोमबार छापा मर्दा सो परिमाणको सुनचाँदी बरामद भएको हो”, उनले भने, “संयुक्त टोलीद्वारा उक्त सुनचाँदी नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी सङ्घमा लगी मापन गर्दा सुन दुई हजार २५४।८६ ग्राम र चाँदी १० हजार ३५४।०७ ग्राम फेलापरेको छ ।” सशस्त्...
निर्वाचन आयोगको पदाधिकारी नियुक्तिबारे छलफल
प्रशासन, समाचार

निर्वाचन आयोगको पदाधिकारी नियुक्तिबारे छलफल

नेपालअखबार,काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन आयोगको प्रमुख आयुक्त र एक जना आयुक्तको पदपूर्ति गर्ने विषयमा छलफल थालेको छ । सरकारले निर्वाचनलाई पहिलो प्राथमिकता दिएको छ । कार्की नेतृत्वकाे सरकारले संवैधानिक आयोगको पदाधिकारी मध्ये निर्वाचन आयोगमा जोड दिएको हो । ‘खाली स्थानमा कसरी पदपूर्ति गर्ने भनेर आन्तरिक छलफल भएको हो । निर्णय त भइसकेको छैन,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । निर्वाचन आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव दिनेश थपलियाको पदावधि गत चैत ८ गते सकिएपछि अहिले उक्त पद रिक्त छ । जेनजीहरुले सरकारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सहित अन्य आयुक्त हटाउन समेत दबाब दिइरहेकाे बताइएकाे छ ।...
११ किलो गाँजासहित तीन भारतीय पक्राउ
प्रशासन, समाचार

११ किलो गाँजासहित तीन भारतीय पक्राउ

नेपालअखबार,काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनले भने, ‘एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभवुन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा करिब ११ किलो २७५ ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो ।’ पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताए ।...
सुनसरीका प्रहरी प्रमुखकै ह्वाट्सएप ह्याक
प्रशासन, समाचार

सुनसरीका प्रहरी प्रमुखकै ह्वाट्सएप ह्याक

नेपालअखबार,काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखले प्रयोग गर्ने ह्वाट्सएप खाता ह्याक भएको छ। ह्याकरहरूले उक्त खाताको दुरुपयोग गरी विभिन्न व्यक्तिहरूसँग पैसा माग्ने र अनावश्यक सन्देशहरू पठाएको पाइएको छ। सुनसरी प्रहरी कार्यालयका अनुसार २०८२ असोज २४ गते राति ८ बजेर ४५ मिनेट जाँदा कार्यालय प्रमुखले प्रयोग गर्ने ९८५२०८५५५५ नम्बरको ह्वाट्सएप खाता ह्याक भएको हो। प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले ह्याक भएको ह्वाट्सएपबाट आएका कुनै पनि सन्देशमा विश्वास नगर्न र कसैले पैसा मागेमा नदिन विशेष अनुरोध गरेका छन्। प्रहरीले ह्याक भएको खाताको दुरुपयोगबारे आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।...