Monday, June 1

प्रशासन

धर्म प्रचार गरेको आरोपमा ३ इन्डोनेसियाली नागरिक पक्राउ
प्रशासन, समाचार

धर्म प्रचार गरेको आरोपमा ३ इन्डोनेसियाली नागरिक पक्राउ

नेपालअखबार,काठमाडौं । तीन जना इन्डोनेसियाली नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ । भिसाको उद्देश्य विपरीत संकास्पद क्रियाकलाप गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको अध्यागमन विभागले जनाएको छ । पक्राउ परेकामध्ये एक महिलाले ललितपुरको धोबीघाटमा मुस्लिम धर्मसँग सम्बन्धित संस्था हिमालय शिक्षा तथा हितेसी समाजमा गर्ल्स होस्टलमा राखी तीन जना इन्डोनेसियाली महिलालाई शिक्षकको रूपमा राखी टर्किस र कुरान भाषा सिकाउनुका साथै मुस्लिम धर्म प्रचार गरेको आरोप छ । उनीहरु सन् २०२४ देखि नै नेपालमा आएर बसिरहेको पाइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् । उनी भन्छन्, ‘म विभागको महानिर्देशक भएर आएदेखि नै विदेशीको गतिविधिबारे निगरानी गरिरहेका छौं, त्यहीक्रममा उनीहरु पक्राउ परेका हुन् ।’धर्म प्रचार वापत उनीहरूले २ करोड ५० लाख रुपैयाँ बुझ्ने गरेको अध्यागमन स्रोतले बतायो । नियन्त्रणमा लिइएका...
पहिलो पटक महिला प्रहरी सम्मेलन आयोजना
प्रशासन, समाचार

पहिलो पटक महिला प्रहरी सम्मेलन आयोजना

नेपालअखबार,काठमाडौं। नेपाल प्रहरीले पहिलो पटक महिला प्रहरी सम्मेलन आयोजना गरेको छ। बिहीबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा एक कार्यक्रमको आयोजना गरी महिला प्रहरी सम्मेलनको उद्घाटन भएको हो। गृहमन्त्री रमेश लेखकले उक्त सम्मेलनको उद्घाटन गरेका हुन्। उक्त कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लगायतलाई अतिथिको रूपमा आमन्त्रण गरिएको थियो। ‘साझा जिम्मेवारी समान प्रतिबद्धता: प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने नारासहित दुई दिने प्रथम महिला सम्मेलन आयोजना भएको हो। उक्त सम्मेलन शुक्रबार समापन हुनेछ। अपराध अनुसन्धान विभागका प्रमुख एआइजी राजन अधिकारीले यस सम्मेलनले महिला प्रहरीका वास्तविक समस्यालाई पहिचान गर्ने बताए। उनले यसरी पहिचान गरी समाधानतर्फ लैजान र त्यसले व्यावसायिकतामा समेत भूमिका खेल्ने बताए। ‘महिला प्रहरीका वास्तविक समस्यालाई पहिचान गरी सम...
प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट
प्रशासन, समाचार

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्दै सर्वोच्चमा रिट

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन आदेश दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । जनता समाजवादी पार्टी, नेपालले ३२ असार, २०८२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो, त्यसको केही दिनमै उसले समर्थन समेत फिर्ता लियो । त्यसको एक महिना पूरा हुँदा समेत प्रधानमन्त्री केपी शर्माले विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको हो । अधिवक्ता केसीले विश्वासको मत लिने आदेश जारी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालय, शितल निवासलाई विपक्षी बनाएका हुन् । नेपालको संविधानको धारा १०० मा विश्वास र अविश्वासको मतसम्बन्धी व्यवस्था छ । धारा ११...
प्रहरीमा महिलाको प्रतिस्पर्धा उच्च छ : आईजीपी थापा
प्रशासन, समाचार

प्रहरीमा महिलाको प्रतिस्पर्धा उच्च छ : आईजीपी थापा

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले महिला प्रहरीहरूले प्रभावकारी र गुणात्मक काम गरिरहेको बताएका छन् । प्रधान प्रधान कार्यालयमा आयोजित प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन समारोहमा बोल्दै आईजीपी थापाले सो कुरा बताएका हुन् ।नेपाल प्रहरीमा महिला प्रहरीको प्रतिस्पर्धा उच्च रहेको थापाले बताए । उनले भने, ‘अहिले १२ प्रतिशत भन्दा बढी महिला सङ्गठनमा छन्, प्रतिस्पर्धा उच्च छ ।’ प्रहरीमा महिला कर्मचारीको सङ्ख्या ९ हजार २७८ भए पनि त्यसमा सन्तोष मानेर बस्ने अवस्था नभएको उनले बताए । उनले भने, ‘परिणाममा २० प्रतिशत पुर्‍याउने गरी योजना बनाउने छौँ ।’ सम्मेलन महिला प्रहरीको सशक्तीकरणमा केन्द्रित रहेको थापाले बताए । उनले भने, ‘सम्मेलन ज्ञान प्रेरणा र परिवर्तनको संवाहक बन्न सकोस् ।’ २००८ सालामा जवानमा भर्ना भएर असईमा अवकाश पाउने चैतमाया डङ्गोललाई सम्मेलनमा सम्मा...
गौर हत्याकाण्ड अनुसन्धान गर्न सर्वोच्चको परमादेश
प्रशासन, समाचार

गौर हत्याकाण्ड अनुसन्धान गर्न सर्वोच्चको परमादेश

नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतले गौर हत्याकाण्डको अनुसन्धान गर्न परमादेश जारी गरेको छ। सोमबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले हत्याकाण्डको अनुसन्धानको प्रक्रिया अघि बढाउन परमादेश जारी गरेको हो। त्रिभुवन साह समेतले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय रौतहटलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। उनले २०८० जेठ २१ गते अनुसन्धान गर्नका लागि परमादेश माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू श्रेष्ठ र पाण्डेयको इजलासले परमादेश जारी गरेका हुन्। २०६३ चैत ७ गते तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले रौतहटको गौरस्थित राइस मिलमा एकै स्थानमा  कार्यक्रम जुधाएका थिए। कार्यक्रम सुरू नहुँदै दुई पक्षबीच हिंसात्मक झडप हुँदा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए। ती सबै कार्यकर्तालाई फोरमल...
नेपाली सेनालाई भारतले दियो गाडी र घोडा
प्रशासन, समाचार

नेपाली सेनालाई भारतले दियो गाडी र घोडा

नेपालअखबार,काठमाडौँ ।भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् नेपाली सेनाको मुख्यालयमै पुगेर मिस्रीले प्रधानसेनापती सिग्देलसँग भेटवार्ता गरेका हुन्। सैनिक मुख्यालयम विशेष कार्यक्रममा विदेश सचिव मिस्रीले लाइट स्ट्राइक सवारी साधन र सैनिक प्रयोजनका लागि उपयोग हुने जनावर हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ। साथै चिकित्सकीय उपकरण पनि हस्तान्तरण गरेको छ। यस किसिमको हस्तान्तरणले दुवै सेनाबीचको निकट सम्बन्ध र मजबुत रक्षा सहकार्यलाई झल्काउँछ भनेर भारतीय दूतावासले सामाजिक सञ्जालमा लेखेको छ। मंगलबार काठमाडौं आएका मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार नै भेटवार्ता गरेका थिए। उनी आजै भा...
युएई सरकारले दियो १२० नेपालीलाई आममाफी
प्रशासन, विदेश, समाचार

युएई सरकारले दियो १२० नेपालीलाई आममाफी

नेपालअखबार,काठमाडौं  । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ। नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ। दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो।...
अर्थ मन्त्रालयद्वारा कर्मचारी सरुवा
प्रशासन, समाचार

अर्थ मन्त्रालयद्वारा कर्मचारी सरुवा

नेपालअखबार,काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको व्यापक रूपमा जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार मन्त्रिस्तरीय निर्णयअनुसार विभिन्न निकायमा कार्यरत सहसचिव र अन्य कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सरुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालय वा अन्तर्गतका निकायमा कार्यरत १२ जना कर्मचारीहरूको सरुवा गरिएको छ। सरुवा हुनेमा सहसचिव, महानिर्देशक, उपमहानिर्देशक, प्रमुख भन्सार प्रशासक, र प्रमुख कर प्रशासक रहेका छन् । कसको कहाँ भयो सरुवा ? अर्थ मन्त्रालय वा अन्तर्गत सहसचिवको रूपमा कार्यरत सुमन दाहाललाई अर्थ मन्त्रालयमा नै बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ । यस्तै, अर्थ मन्त्रालय वा अन्तर्गत नै सहसचिव रहेका टेक प्रसाद पाण्डेलाई  योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा...
भ्रष्टाचार भएको ठहरसहित मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना
प्रशासन, समाचार

भ्रष्टाचार भएको ठहरसहित मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना

नेपालअखबार, सर्लाही। सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको छ। साउन २१ गते विशेष अदालतले मेयर थापा, कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेल तीनै जनाले बागमती नगरपालिकामा भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) हिनामिना गरेको भन्दै भ्रष्टाचार ठहर गरेको थियो। विशेष अदालतले भ्रष्टाचार ठहर गरेर बिहीबार तीनै जनालाई सजायसमेत निर्धारण गरेको हो। थापा, पोखरेल र पौडेललाई ८ वर्ष कैद र जनही १० करोड जरिवानाको सजाय निर्धारण भएको हो। साथै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ क्षतिपूर्ति भराउन भनिएको छ। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा थापा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए।  ...
चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश
प्रशासन, समाचार

चक्रे मिलनलाई ३० हजार धरौटीमा छाड्न आदेश

नेपालअखबार,काठमाडौं ।  चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भूषालको इजलासले चक्रे मिलनसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको हो। चक्रे मिलनको हकमा ३० हजार रुपैयाँ माग भएको रजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए। चक्रे मिलनसहित १९ जनाविरूद्ध मंगलबार अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएको थियो। गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। त्यस्तै निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरव सुनार, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश कट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीको हकमा १० हजार रुपैयाँ धरौटी माग भएको हो। प्रहरीले उनीहरूलाई साउन १६ गते मध्यराति महाराजगन्जस्थि साम...