Saturday, August 1

प्रशासन

निर्वाचन कार्यतालिका निर्माणमा जुट्यो निर्वाचन आयोग
प्रशासन, समाचार

निर्वाचन कार्यतालिका निर्माणमा जुट्यो निर्वाचन आयोग

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोग निर्वाचन कार्यतालिका निर्माणमा जुटेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बुधबारदेखि आयोग कार्यतालिका निर्माणमा जुटेको हो । ‘निर्वाचनका लागि सामग्री संकलनदेखि दल दर्ता, उम्मेदवारी दर्ता, उम्मेदवारको प्रचारप्रसार, मतदान र निर्वाचनको नतिजा सार्वजनिकसम्मको कार्ययोजना बनाउने कार्यमा प्रारम्भिक छलफल सुरु भएको छ’ घिमिरेले भने । कार्ययोजना अनुसार तालिका बनेर सार्वजनिक हुनेछ । सरकारले हालै मतदाता संकलनका लागि बाटो खेल्दै अध्यादेश ल्याएको छ । अध्यादेश अनुसार कसले कहाँबाट कहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने भनेर कार्यविधि आयोगले बजानेछ । यो कार्यविधि पनि आयोगले छिट्टै बनाउने र कार्यान्वयनमा लैजाने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।...
झापाबाट फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन
प्रशासन, समाचार, समाज

झापाबाट फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन

नेपालअखबार,झापा । विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि तीन कार्यालयको हिरासतमा रहेका ९२ जना थुनुवा फरार भएका थिए । फरार भएकामध्ये एक जना थुनुवा आफैँ सम्पर्कमा आएको र बाँकीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए। जेनजी आन्दोलनका क्रममा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयबाट ५१ जना, दमक इप्रकाका ३६ जना र झिलझिले इप्रकाका पाँच जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विर्तामोड र दमकको इलाका प्रहरी कार्यालयबाट लुटिएका हतियार भने अधिकांश फिर्ता भएका छन् । प्रहरीका अनुसार लुटिएका ९९ थान हतियारमध्ये ७५ थान सकुशल फिर्ता भइसकेका छन् भने २४ ...
चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ
प्रशासन, समाचार, समाज

चाडपर्वमा निकुञ्जको सुरक्षामा कडाइ

नेपालअखबार, चितवन । चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ । कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरुले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई आकलन गरी सुरक्षा व्यवस्था कडाइ गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्ज क्षेत्र भित्रका ३२  वटा सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ । उनले भने, “चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरीसिकारीलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।” चाडपर्व लक्षित सुरक्षाका लागि हात्ती, पैदल, छोटो तथा लामो दुरीको गस्ती गरिने छ । निकुञ्ज भित्रका ५७ वटा पोष्टहरुलाई सक्रिय बनाइएको उनले जानकारी दिए । उनले भने, “चेकपोष्ट र निकुञ्ज क्षेत्रमा बसोबास गर्ने सबैला...
१२ दिनपछि पक्राउ परे जेन-जी आन्दोलन क्रममा कारागारबाट भागेका दुई विदेशी कैदी
प्रशासन, समाचार

१२ दिनपछि पक्राउ परे जेन-जी आन्दोलन क्रममा कारागारबाट भागेका दुई विदेशी कैदी

नेपालअखबार,काठमाडौँ । भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भागेका दुई विदेशी कैदी पक्राउ परेका छन्। बालयौन दुराचार तथा जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार रहेका दुई जना विदेशी कैदी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कास्की कारागारबाट बाल यौनदुराचार मुद्दामा कैद भुक्तान गरिरहेका मिचेल नोर्मेन टेलर र जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका जोसन लोडी मन्डी छन्। उनीहरूलाई सोमबार काठमाडौं महानगरपालिका-३ बाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोको प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए। उनका अनुसार उनीहरूलाई पक्राउ गरेर सम्बन्धित कारागारमा बुझाउने काम भइरहेको छ।...
दशैंमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने
प्रशासन, समाचार

दशैंमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

नेपालअखबार,काठमाडौं । सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म अदालत खुला रहने भएको छ । दशैं अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।अदालतको सूचनामा भनिएको छ, ‘न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’...
मुग्लिन-नारायणगढ सडकखण्डमा आज पनि राति गाडी नचल्ने
प्रशासन, समाचार, समाज

मुग्लिन-नारायणगढ सडकखण्डमा आज पनि राति गाडी नचल्ने

नेपालअखबार,चितवन । पहिरो खसेर ४२ घण्टापछि सञ्चालनमा आएको मुग्लिन–नारायणगढ सडकखण्डमा राति सवारी आवागमन रोकिने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलानजिक खसेको पहिरो पन्छाएपछि खतरा नटरेको भन्दै रातिमा सवारी प्रवेश रोक्न लागिएको हो । अहिले पनि तुइन खोला नजिक हल्का पहिरो खस्ने नरोकिएकाले जनधनको क्षति हुन नदिन राति ९ बजेदेखि बिहान ५ बजेसम्म यातायात रोक्ने निर्णय भएको जिल्ला सुरक्षा समिति चितवनले जानकारी दिएको छ । तुइन खोलामा भीर नै सडकमा खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो । शुक्रबार बेलुकादेखि खसेको पहिरो शनिबार बिहानबाट पन्छाउन थालिएकोमा खस्नेक्रम नरोकिँदा आइतबार अपरान्ह ४ बजेसम्म लागेको थियो । यस दौरान यातायात ठप्प हुँदा यात्रु सडकमै अलपत्र परेका थिए । पहिरो हटाएर सुरुमा एकतर्फी खुलाइएको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा छ । तर, रातिमा जोखिम देखिएकाले यातायात रोक्न ...
निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव
प्रशासन, समाचार

निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि गर्‍यो कानुन संशोधनको प्रस्ताव

नेपालअखबार,काठमाडौं । अन्तरिम सरकारले फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरे पनि चुनाव गराउने प्रमुख निकाय निर्वाचन आयोग भने नेतृत्वविहीन अवस्थामा छ। गत वैशाखमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अवकाशमा गएपछि आयोगको नेतृत्व कार्यवाहक प्रमुख आयुक्तका रूपमा रामप्रसाद भण्डारीले सम्हालिरहेका छन्। प्रमुख आयुक्त र चार जना आयुक्त रहने निर्वाचन आयोगमा हाल तीन जना आयुक्त मात्र छन्। भण्डारीसँगै नियुक्त भएकी जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा आयुक्त छन्। प्रमुख आयुक्त थपलिया गत वैशाख ६ गतेबाट र अर्का आयुक्त सुधीरकुमार शाह पनि २०७५ चैत २८ गतेबाट अवकाशमा गइसकेका छन्। निर्वाचनको मुखमा आयोगको मुख्य पद रिक्त हुँदा आयुक्तहरूलाई कामको भार धेरै हुने र कार्यसम्पादनमा असर पर्ने आयोगकै पूर्वपदाधिकारीहरू बताउँछन्। आयोगका पूर्वसचिव गोपीनाथ मैनालीले निर्वाचनको जिम्मवारी पाएको आयोगमा पदाधिकार...
आन्दोलनबाट भएको भौतिक क्षति आकलन गर्न प्राविधिक समिति गठन
प्रशासन, समाचार

आन्दोलनबाट भएको भौतिक क्षति आकलन गर्न प्राविधिक समिति गठन

नेपालअखबार,काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही भदौ २३ र २४ गते सार्वजनिक तथा निजी भौतिक संरचनाहरूमा पुगेको क्षतिको आकलन र लेखाजोखा गर्न एक प्राविधिक समिति गठन गरेको छ । प्राधिकरणमा आइतबार सम्पन्न एक बैठकले क्षतिको पूर्ण मूल्याङ्कन तथा प्राविधिक परीक्षण गरी सुरक्षित नभएसम्म कुनै पनि क्षतिग्रस्त संरचनालाई पुनः प्रयोगमा नल्याउन सरोकारवालाहरूलाई अनुरोध गर्ने महत्त्वपूर्ण निर्णय पनि गरेको छ । प्राधिकरणका प्राविधिक सहसचिव ई. अमृत श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिले क्षति आकलनका लागि मानक प्रारूप तयार गर्ने र क्षतिको विवरण सङ्कलनका लागि उपयुक्त तथा द्रुत माध्यमको निर्क्योल गर्ने जिम्मेवारी पाएको छ । समितिमा राष्ट्रिय योजना आयोग, शहरी विकास तथा भवन निर्माण विभाग, पुरातत्त्व विभागका प्रतिनिधिहरू सदस्य रहेका छन् । यसका अतिरिक्त, नेपाल इन्जिनियर्स...
आज प्रधानमन्त्रीओली हुँदा लगेका तीन शक्तिशाली विभाग फिर्ता हुने
प्रशासन, राजनीति, समाचार

आज प्रधानमन्त्रीओली हुँदा लगेका तीन शक्तिशाली विभाग फिर्ता हुने

नेपालअखबार, काठमाडाै‌ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग  फिर्ता हुने भएका छन्। मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले शक्तिशाली मानिएका ती निकाय २०७५ फागुन १६ गते प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए। २०७८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पनि फिर्ता गराउने बहस चलेको थियो। तर उनले पनि पहल गरेका थिएनन्।...
धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट
प्रशासन, समाचार

धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट

नेपालअखबार,धरान (सुनसरी) । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे । बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट रु ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट रु दुई करोड र गत वर्षको मौज्दातबाट रु सात करोड प्राप्त हुने अनुमान गरिएको छ । सहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्पm रु ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ रु ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ रु छ करोड ९९ लाख ९५ हजार, सामाजिक विकासतर्फ रु चार करोड ८६ लाख ४५ हजार विनियोजन गरिएको छ । साथै आर्थिक विकासतर्फ रु एक करोड २९ लाख, वन व...