Thursday, September 17

प्रशासन

जनआस्थाको कार्यालयमा प्रहरीले गर्‍यो खानतलासी
प्रशासन, समाचार

जनआस्थाको कार्यालयमा प्रहरीले गर्‍यो खानतलासी

नेपालअखबार, काठमाडौं । जनआस्थाको कार्यालयमा प्रहरीले खानतलासी गरेको छ। बिहीबार बिहानै काठमाडौं प्रहरी परिसरको टोलीले सानेपास्थित जनआस्थाको कार्यालयमा खानतलासी गरेको हो। परिसर प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार त्यहाँबाट प्रहरीले कम्युटर,मोबाइल र अरू उपकरण संकलन गरेको छ। 'कति वटा भन्ने खुल्न बाँकी छ। उहाँको कार्यालय, उहाँसँग सम्बन्धित र यो केससँग सम्बन्धित उपकरणहरू संकलन गरिएको हो,' एसपी थापाले सेतोपाटीसँग भने। केही संख्यामा आएका प्रहरीले कार्यालय भित्र प्रवेश गरी सिपियू र कागजपत्र लिएर गएको जनआस्थाकै एक पत्रकारले जानकारी दिए। जनआस्थाका अध्यक्षसमेत रहेका पत्रकार किशोर श्रेष्ठलाई बुधबार बेलुकी नख्खुबाट प्रहरीले पक्राउ गरेको थियो। वैयक्तिक गोपनीयता भंग गरिएको भनेर एक महिलाले उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको एसपी थापाले बताए।...
स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ
प्रशासन, समाचार, समाज

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ

नेपालअखबार,काठमाडौं । पर्सामा प्रहरीले ५२ लाख ५० हजार स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरबाट उक्त रकमसहित चार जनालाई नियन्त्रणमा लिएको हो । प्रदेश २-०३-००३ प७२१५ र ना५७प५१८२ नम्बरको मोटरसाइक खानतलासी गर्दा उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको विहार जिल्ला सितामढी थाना डुमराका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका-१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्साफ र पर्साको विन्दवासिनी गाउँपालिका-१ का २५ वर्षीय  राहुतकुमार गुप्ता रहेका छन् । उनीहरुको साथबाट १००० दरका ४००५ थान, ५०० दरका २३५३, १०० दरका ६४३ र ५० दरका ८४ थान गरी ५२ लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।...
अख्तियारले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान थाल्यो
प्रशासन, समाचार

अख्तियारले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान थाल्यो

नेपालअखबार,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीहरूका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान सुरु गरेको छ । अख्तियारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको शासनकालमा स्वकीय सचिव रहेका भानु देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव एवं छोरी गंगा दाहालको परिवारको सम्पत्ति अनुसन्धान सुरु गरेको हो । ‘भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानका लागि फारम (बोलीचालीको भाषामा १३ पाने फारम) भराइसकेको छ,’ अख्तियारसम्बद्ध उच्च स्रोतले नेपालअखबारसँग भन्यो, ‘गंगा दाहालको परिवारको नाममा रहेको सम्पत्तिमाथि समेत अनुसन्धान सुरु भएको छ ।’ आयोगमा परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान अधिकृत तोकेर भानुको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन सुरु गरेको हो । त्यसक्रममा उनको बैंक खाता विवरणदेखि जग्गा र शेयरहरूको लगत विवरण मगाउने काम चलिरहेको अख्तियारसम्बद्ध स्रोतल...
पेस्तोलसहित ३ युवा पक्राउ
अपराध, प्रशासन, समाचार

पेस्तोलसहित ३ युवा पक्राउ

नेपालअखबार,कपिलवस्तु । कपिलवस्तुमा पेस्तोलसहित तीन युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको कृष्णनगर नगरपालिका –५ डबराका  २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर –८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेको जिल्लाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दीपक कँवरले बताए। विजयनगर गाउँपालिका – ४ जगदिशपुरबाट आइतबार बिहान २ बजेतिर उनीहरु पक्राउ परेको कँवरले बताए। उनीहरुले पेस्तोल देखाएर कृष्णनगर –८ बहादुरगन्जका स्थानीयलाई त्रास फैलाएको तथा डर धम्की दिएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन भएको थियो। इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी पत्थरदेहिया बाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कँवरले बताए। उनीहरु सवार मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई सोमबार म्याद ...
कर्णाली विकास बैंकका पूर्वसिइओ सहित ३ जना पक्राउ
प्रशासन, समाचार

कर्णाली विकास बैंकका पूर्वसिइओ सहित ३ जना पक्राउ

नेपालअखबार,दाङ। बाँके प्रहरीले समस्याग्रस्त कर्णाली विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत सहित तीन जनालाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालि-१२ का ४२ वर्षीय निरज विक्रम शाह, ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया शुभेच्छा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले बताए। पक्राउ परेकामध्ये शाह तत्कालीन कर्णाली विकास बैंकका कार्यकारी अधिकृत हुन्। यो बैंक समस्याग्रस्त घोषणा भएसँगै नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका तर्फबाट जुगलकुशल कुशबहाले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि तीनै जनालाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा पेस गरिएको प्रहरीले जनाएको छ।...
चक्रे मिलन दम्पतीले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट पाए सफाइ
प्रशासन, समाचार

चक्रे मिलन दम्पतीले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट पाए सफाइ

नेपालअखबार,काठमाडौँ । चक्रे मिलन भनिने मिलन गुरूङ र उनकी श्रीमती इन्दिरा घले गुरूङले सम्पत्ति शुद्धीकरण कसुरमा सफाइ पाएका छन्। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले दुबै जनालाई सफाइ दिएको हो। यसअघि विशेष अदालतले २०७४ माघ १० गते पनि उनीहरूलाई सफाइ दिएको थियो। सफाइ दिने निर्णयविरूद्ध सरकार पक्ष पुनरावेदन लिएर सर्वोच्च पुगेको थियो। उनीहरूले अवैध रूपमा सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो। उनीहरूले ७ करोड ८ लाख १७ हजार २६६ रुपैयाँ बिगो कायम गरी कैद सजाय सहित मागदाबी गरेको थियो।...
कांग्रेस विवादको मुद्दा पुनरवलोकन गर्न सर्वोच्चको अनुमति
प्रशासन, राजनीति, समाचार

कांग्रेस विवादको मुद्दा पुनरवलोकन गर्न सर्वोच्चको अनुमति

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेस विवादको मुद्दालाई पुनरवलोकन गर्न सर्वोच्च अदालतले अनुमति प्रदान गरेको छ। नेपालअखबार,काठमाडौं । कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई आधिकारिक मानेको आदेशलाई पुनरवलोकन गर्न माग गर्दै दायर भएको निवेदनमाथि बिहीबार प्रधानन्यायाधीश मनोजकुमार शर्मा, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ गरेको हो। उक्त इजलासले पुनरवलोकनका लागि अनुमति प्रदान गरेको हो। अनुमति प्रदान भएसँगै पूर्वसभापति शेरबहादुर देउवाले दिएको रिटलाई खारेज गर्ने आदेशको पुनरवलोकन हुने भएको हो। न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो। देउवा पक्षको रिटलाई खारेज गरेको थियो। यस आदेशलाई पुनरवलोकन गर्न भन्दै देउवाले गत साउन ७ गते उक्त निवेदन वारेसमार्फत पठाएका ...
सिराहामा पेस्तोलसहित ३ युवा पक्राउ
अपराध, प्रशासन, समाचार

सिराहामा पेस्तोलसहित ३ युवा पक्राउ

नेपालअखबार, जनकपुरधाम । सिराहाको लहान नगरपालिका २२ सलोखरीबाट नाईन एमएम पेस्तोल र म्यागेजिन सहित ३ युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नियमित चेकजांचको क्रममा प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले उनीहरूलाई पेस्तोल सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार चेकजाँचको क्रममा सोही स्थान बस्ने २० वर्षीय सबरजित दासले लगाएको पाईन्टको दाहिने गोजीबाट उक्त पेस्तोल फेला परेको हो ।घटनास्थलमा दाससंगै रहेका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दास पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहान सिराहामा ल्याई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।...
सर्लाहीमा १०९ किलो गाँजासहित २ भारतीय पक्राउ
प्रशासन, समाचार

सर्लाहीमा १०९ किलो गाँजासहित २ भारतीय पक्राउ

नेपालअखबार,सर्लाही । सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान गरिएको सवारी जाँचका क्रममा ठूलो परिमाणमा गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बागमतीबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकेर जाँच गरेको थियो । जाँचका क्रममा बीआर ०९ एम ३७६६ नम्बरको कारको डिक्कीमा लुकाइछिपाइ राखिएको २३ वटा पोकाबाट करिब १०९ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ । गाँजासहित कार चालक भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला, समुद्र थाना क्षेत्रका २६ वर्षीय दीपक कुमार महतो र कारमा सवार सोही स्थानका २५ वर्षीय अमन कुमारलाई पक्र...
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि परेका दरखास्त स्वीकृत
प्रशासन, शिक्षा, समाचार

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि परेका दरखास्त स्वीकृत

नेपालअखबार,काठमाडौँ । ​शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये मापदण्ड पुगेका आवेदकहरूको दरखास्त स्वीकृत गरिएको छ। आयोगले गत साउन  १ गते प्रकाशन गरेको सूचनाअनुसार हिजो शुक्रबारसम्म परेका दरखास्तहरूमाथि शिक्षा ऐन, २०२८ मा तोकिएका सर्तहरू बमोजिम छानबिन गरी सिफारिस समितिको निर्णयअनुसार नामावली सार्वजनिक गरेको हो । आयोगका प्रशासकीय प्रमुख हरिप्रसाद निरौलाले जारी गरेको सूचना अनुसार अध्यक्ष पदका लागि परेका ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको छ। अध्यक्ष पदमा मधुसूदन अधिकारी, रघुराम विष्ट, डा.रोजनाथ पाण्डे, डा.हरिप्रसाद लम्साल, यादवप्रसाद कोइराला र सुरेश अधिकारीको दरखास्त स्वीकृत भएको छ । ​त्यसैगरी, आयोगको सदस्य पदका लागि दर्ता हुन आएका उम्मेदवारहरू मध्ये २० जनाको दरखास्त स्वीकृत भएको छ। सदस्य पदमा दरखास्त स्वीकृत हुनेहरूमा गोपीराम के.सी., ब...