Tuesday, August 4

प्रशासन

कैलाली–कञ्चनपुरमा खैरो हेरोइनसहित ८ जना पक्राउ
प्रशासन, समाचार

कैलाली–कञ्चनपुरमा खैरो हेरोइनसहित ८ जना पक्राउ

नेपालअखबार,काठमाडौं । कैलाली–कञ्चनपुरमा अवैध लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । प्रहरीले कैलाली र कञ्चनपुरका फरक–फरक स्थानबाट आठ जनालाई लागूऔषध खैरो हेरोइन शुक्रबार पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले शुक्रबार पक्राउ परेका सबै युवा २८ वर्षमुनिका रहेका जनाएको छ । मिडिया समन्वय शाखाका अनुसार कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट खैरो हेरोइनसहित १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले एक सय ९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । उता धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट एक ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित तीन जना प्रहरी परेका छन् । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका–७ का १९ वर्षीय भोजराज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय बिष्णु खत्री रहेका छन् । प्...
साइबर अपराध आरोपमा पत्रकार विनोद ढकाल पक्राउ
प्रशासन, समाचार, समाज

साइबर अपराध आरोपमा पत्रकार विनोद ढकाल पक्राउ

नेपालअखबार, काठमाडौँ । साइबर अपराध आरोपमा प्रहरीले पत्रकार विनोद ढकाललाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीमा विद्युतीय कारोबार ऐन २०६३ गरेको भन्दै जाहेरीको आधारमा काठमाडौं प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले ढकाललाई पक्राउ गरेको जानकारी दिए। उनलाई सुनसरीतर्फ पठाइएको छ। पत्रकार ढकालविरूद्ध इटहरीका एक विद्यालय व्यवस्थापनका अध्यक्ष काशीराज डंगालले साइबर अपराध कसुरमा जाहेरी दिएका हुन्। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनले डंगालविरूद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। ‘उहाँले सामाजिक सञ्जालमा धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए। अहिले उहाँले हटाइसक्नुभएको छ। तर जाहेरीसाथ स्क्रिनसट आएको छ,’ उनले भने। उनी क्यानडा नेपाल अनलाइनमा कार्यरत थिए।...
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण
कृषि, प्रशासन, समाचार

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

नेपालअखबार, झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको जनाएको छ । कर्पोरेसनको झापा शाखाका प्रमुख विष्णु न्यौपानेले चालु आर्थिक वर्ष २०८२/८३ मा कूल ७०८.५ मेट्रिक टन रासायनिक मल बिक्री वितरणका लागि ल्याइएको बताए। यसमा युरिया मल १७२.५० मेट्रिक टन, डिएपी मल २२६ मेट्रिक टन र पोटास मल ४१० मेट्रिक टन रहेको छ । किसानलाई सहज रूपमा मल उपलब्ध गराउन जिल्लाका १५१ कृषि सहकारी तथा कृषि फार्म छनोट गरिएको र तिनै संस्थामार्फत किसानलाई धमाधम बिक्री वितरण गरिरहेको उनले बताए । हालसम्मको विवरण अनुसार युरिया मल ४२ मेट्रिक टन, डीएपी मल ६२.३० मेट्रिक टन र पोटास मल ५.७५ मेट्रिक टन बिक्री भइसकेको उनको भनाइ छ ।यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसनसँगै कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाबाट पनि जिल्लाका...
नागढुंगा–नौबिसे–मलेखु सडक खण्डमा पहिरो व्यवस्थापनका लागि द्रुत टोली परिचालन
प्रशासन, समाचार, समाज

नागढुंगा–नौबिसे–मलेखु सडक खण्डमा पहिरो व्यवस्थापनका लागि द्रुत टोली परिचालन

नेपालअखबार,काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा–नौबिसे–मलेखु सडक खण्डमा मनसुनजन्य विपद् र पहिरोको जोखिमलाई मध्यनजर गर्दै तत्काल सडक खुलाउन द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ । वर्षाका कारण सडक अवरुद्ध हुनसक्ने सम्भावित क्षेत्रहरू पहिचान गरी आवश्यक हेभी इक्विपमेन्ट (एस्काभेटर, ब्याकहो लोडर र टिपर) र जनशक्ति तयारी अवस्थामा राखिएको आयोजनाले जनाएको छ । सडक विभाग तथा सम्बद्ध आयोजनाका अनुसार यस सडक खण्डलाई विभिन्न चार भागमा विभाजन गरी पहिरो नियन्त्रण तथा राजमार्ग सुचारु राख्ने संयन्त्र तयार पारिएको छ। विशेषगरी झ्याप्ले खोला, चारकिला, सत्किला, कमेरे भिर, चिराउँदी पुल, जारेखेत, चालिसे र परेवा भिर लगायतका क्षेत्रहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । विपद्को समयमा यात्रु तथा स्थानीयले सिधै सम्पर्क गर्न सक्ने गरी आयोजनाले बुलेटिन जारी गर्दै आवासीय इन्जिनियरदेखि ...
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
प्रशासन, समाचार

महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी

नेपालअखबार,काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर तीन वटा रिट सुनुवाइका लागि पेसी तोकिएको छ । अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिराज बरालसहितले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै दायर गरेको रिट प्रधानन्यायाधीश डा‍. मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तय भएको छ । यसअघि सर्वोच्च अदालतले उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । सरकारको तर्फबाट लिखित जवाफ पेस भएसँगै अन्तरिम आदेशको सम्बन्धमा सुनुवाइका लागि पेसी तोकिएको हो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महान्यायाधिवक्ता कँडेललाई २०८२ चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । नियुक्तिसँगै रिट निवेदकहरूले महान्यायाधिवक्ता कँडेल...
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

नेपालअखबार,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार (आज) बिहान बसेको परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बिहान ८ बजे बैठक बसेर कक्षा १२ को नतिजा सार्वजनिक गरिएको जानकारी दिए । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वैशाख १४ बाट २७ गतेसम्म सञ्चालन भएको परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आशिंक तर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ । सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले समयावधि अगावै नतिजा सार्वजनिक गरेको छ । यसअघि एसईईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो । सरकारले एसईई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्न भनेको थियो । यसरी ...
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
प्रशासन, शिक्षा, समाचार

अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

नेपालअखबार,  काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पुरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधवार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक-कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो । सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ । त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ । यो प्रक्रिया शिक्षा तथा खेलकु...
मानव बेचबिखन कसुरका २ जना प्रतिवादी पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

मानव बेचबिखन कसुरका २ जना प्रतिवादी पक्राउ

नेपालअखबार, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–६ कि ३६ वर्षीया पूर्णिमा राई र काभ्रेको धुलिखेल नगरपालिका–१ का ३० वर्षीय सञ्जय तामाङ छन् ।उनीहरूले एक महिलालाई टिकटक लाइभमा नग्न बस्न लगाएर भिडियो बनाएकाे र त्यही भिडियाे बनाएर बार्गेनिङ गरेको प्रहरीले जनाएकाे छ । त्यही भिडियाेका देखाउँदै ती महिलालाई बन्धक बनाएर जबरजस्ती करणी गरेको र रकम असुल गरेकोसम्मकाे आरोप उनीहरुमाथि छ ।...
कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र बोर्ड हटाउन निर्देशन
प्रशासन, समाचार

कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र बोर्ड हटाउन निर्देशन

नेपालअखबार, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । सूचनामा भनिएको छ,‘‘काठमाडौँ जिल्लास्थित विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी आबद्ध रहेका गैर सरकारी प्रकृतिका प्राविधिक वा पेसागत सङ्घ, सङ्गठन, संस्थाहरूको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, जिल्ला कार्यालय, सम्पर्क कार्यालय वा इकाई कार्यालयका साइनबोर्ड, राखी सरकारी भवन संरचनाभित्रै रहे/भएको छ भने देहाय बमोजिम गर्न भनिएको छ ।’ कुनै पनि सङ्घसंस्थाहरूका त्यस्ता प्रकृतिका कार्यालयहरू सात दिनभित्र हटाई स्थानान्तरण गर्न भनिएको छ । साथै त्यस्ता संघसस्थाले ओगटेको क्षेत्र खाली गर्न र बोर्डहरू हटाउन समेत भनिएको छ।...
कुन विमानस्थलबाट श्रमिक पठाइएको हो, विवरण पेस गर्न म्यानपावरहरूलाई निर्देशन
प्रशासन, समाचार, समाज

कुन विमानस्थलबाट श्रमिक पठाइएको हो, विवरण पेस गर्न म्यानपावरहरूलाई निर्देशन

नेपालअखबार, काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको विवरण पेस गर्न निर्देशन दिएको छ । १ चैत २०८२ देखि ३१ जेठ २०८३ सम्म कति श्रमिक पठाएको, कुन विमानस्थल प्रयोग गरेर उडाएको लगायत विवरण ३ दिनभित्र पेस गर्न निर्देशन दिएको हो । व्यवसायीले नेपालको विमानस्थल प्रयोग नगरी भारत हुँदै श्रमिक पठाउने गरेको गुनासो आएपछि विवरण माग गरेको जनाएको छ । इजाजतपत्र प्राप्त संस्थाले श्रम स्वीकृति लिएका श्रमिकलाई स्वदेशी विमानस्थलको सट्टा अन्य देशका विमानस्थल प्रयोग गरी गन्तव्य मुलुक पठाउने गरेको गुनासो आएपछि विवरण माग गरिएको विभागले जनाएको छ । यो विषयमा युवा, श्रम तथा रोजगार मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा गुनासो पुगेको थियो । वैदेशिक रोजगार ऐन २०६४ को दफा २२ र वैदेशिक रोजगार नियमावली २०६४ को नियम १८ मा वैदेशिक रोजगारीमा श्रमिक पठाउँदा अनिवार्य स्वदेशी विमानस्थल नै प्र...