Thursday, October 29

प्रशासन

आज दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै किसिमका सवारी साधन सञ्चालन हुने
प्रशासन, समाचार, समाज

आज दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै किसिमका सवारी साधन सञ्चालन हुने

नेपालअखबार,काठमाडौँ । पृथ्वी राजमार्गमा आजदेखि सवै किसिमका सवारी साधन सञ्चालन हुने भएको छ। असोज ७ देखि भएको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो तथा सडक भासिएपछि अवरूद्ध राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मंगलबार बेलुकी सूचना जारी गर्दै थप पहिरो नखसे बुधबार दिउँसो १ बजेदेखि सबै किसिमका सवारी साधन सञ्चालन हुने जानकारी दिएकी छन्। यसअघि पहिरोका कारण विभिन्न ठाउँमा सवारी आवागमन एकतर्फी सञ्चालनमा थियो। 'पहिरो लगायतका अवरोधहरू हटाउने काम भइरहेको र हाल एकतर्फी मात्रै सवारी आवागमन सुचारू भएकामा थप पहिरो/अवरोध नआए मिति २०८३/०६/१४ गते बुधबार अपराह्न १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' प्रजिअ पाण्डेयले जारी गरेको सूचन...
काठमाडौंमा हिउँदयामको बिजुली व्यवस्थापनमा जुट्यो सरकार
प्रशासन, समाचार

काठमाडौंमा हिउँदयामको बिजुली व्यवस्थापनमा जुट्यो सरकार

नेपालअखबार, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ । बाढीले त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपलीमा आउने बिजुली रोकिएपछि वैकल्पिक व्यवस्थापनको गृहकार्य अगाडि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीले बताएका छन् । भोटेकोशी बाढीले त्रिशूली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ । यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको प्रवक्ता मोहनकुमार शाक्यले बताए । उनकाअनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ । थप भूमिगत ग्रिड निर्माणका लागि काठमाडौं महानगरपालिकासँग छलफल मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौं महानगरपालिकासँग थप भूमिगत ग्...
भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग
प्रशासन, समाचार, समाज

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

नेपालअखबार,कास्की । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट रु दुई करोड ८३ लाख ५३ हजार ९७७ सहयोग जुटेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न सङ्घसंस्था, व्यवसायी, सामाजिक संस्था, क्लब, सहकारी, होटल तथा व्यक्तिहरूले राहतस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार हालसम्म जिल्लाका विभिन्न ८१ सङ्घसंस्थाबाट सहयोग गरिएको विवरण प्रशासनमा प्राप्त भएको छ । उनले सहयोगदाताहरूलाई आफूले प्रदान गरेको सहयोगको विवरण प्रशासनलाई जानकारी गराउन अनुरोध गरिएको बताए । “विपद् प्रभावित नागरिकका लागि जिल्लामा स्वतःस्फूर्त रूपमा ठूलो रकम जम्मा भएको छ । कतिपयले प्रशासनमा जानकारी गराएका छन् भने कतिपयले जानकारी नगराई आफ्नै हिसाबले समेत...
चाडपर्वमा खाद्यान्नको मूल्य बढ्न नदिन प्रशासनको सक्रियता
प्रशासन, समाचार, समाज

चाडपर्वमा खाद्यान्नको मूल्य बढ्न नदिन प्रशासनको सक्रियता

नेपालअखबार,झापा । दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै झापामा खाद्यान्नको मूल्यवृद्धि, कृत्रिम अभाव तथा कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्र पारेको छ । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने तथा कालोबजारी गर्ने प्रवृत्ति नियन्त्रण गर्न प्रशासनले सरकारी स्वामित्वका संस्थानसँग समन्वय गरी खाद्यान्नको सहज आपूर्तिको व्यवस्था मिलाएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका समयमा बजारमा खाद्यान्नको अभाव तथा कालोबजारी हुन नदिन नियमित बजार अनुगमनलाई प्रभावकारी बनाइने बताए । उनले सरकारी संस्थानसँग समन्वय गरी सहुलियत दरमा दैनिक उपभोग्य वस्तुको बिक्रीवितरणको व्यवस्था मिलाइएको जानकारी दिए । “चाडपर्वका बेला बजारमा अभाव र कालोबजारी हुन नदिन सरकारी संस्थानसँग समन्वय गरेर सहुलियत दरमा दैनिक उपभोग्य ...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द
प्रशासन, समाचार, समाज

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नेपालअखबार,चितवन । वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । बिहीबार साँझ ८ बजेदेखि ती दुवै सडक पहिरोका कारण अवरुद्ध भएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक(एसपी) रामेश्वर पौडेलका अनुसार ठाउँठाउँमा पहिरो झरिरहेकाले सडक सञ्चालनमा समस्या भएको हो । सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले बताए । सडक रोकिएसँगै बिहीबारदेखि आएका सवारीसाधन सडकमा अलपत्र परेका छन् । जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको हो ।...
ढोरपाटनमा सिकार याम सुरुः १० नाउर र सात झारलका लागि अनुमति
प्रशासन, समाचार, समाज

ढोरपाटनमा सिकार याम सुरुः १० नाउर र सात झारलका लागि अनुमति

नेपालअखबार,बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । असोजदेखि मङ्सिरसम्मको यस वर्ष याममा १० नाउर र सात झारलको सिकार गरिने छ । ढोरपाटनमा सिकार खेल्न अनुमति प्राप्त विदेशका सिकारी नेपाल आउन वन्यजन्तु विभागअन्तर्गत ठेक्का पाएका कम्पनीसँग तरखर गरी समन्वय गरी रहेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । विश्वका धनाश्य र सिकारका पारखी सिकारी ढोरपाटनमा सिकार खेल्न आउने गरेका छन् । विगत केही दशकदेखि खासगरी रसियन, अमेरिका, स्पेन, डेनिस, अफ्रिकन र फ्रान्सलगायतका देशबट सिकार खेल्न नेपाल आउने गरेको पाइन्छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रतिस्पर्धाबाट सिकार गराउन विभिन्न कम्पनीसँग गत भदौमा दरभाउ पत्र आह्वान गरेको थियो । ढोरपाटन सिकार आरक्षमा गत वर्ष दुई याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो ।...
राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ
प्रशासन, राजनीति, समाचार

राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

नेपालअखबार,काठमाडौं । राजनीति विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । नेपाल प्रहरको साईबर व्युरोले पक्राउ पुर्जी जारी गरेको आधारमा दाहाललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । उनलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।...
भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा
प्रशासन, समाचार, समाज

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

नेपालअखबार, पर्सा । भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।बरामद गरिएका स्कुटरको बजारमूल्य रु ८० लाख रहेको बताइएको छ । तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।...
नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
प्रशासन, समाचार

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

नेपालअखबार, बाँके । भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर नष्ट भएका ३१ हजार बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)को स्रेस्ता कायम गरेको छ । विसं २०८२ भदौ २४ गते नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्र जलेर नष्ट भएपछि असोज र कात्तिक दुई महिना सेवा सेवा बन्द भई मङ्सिर १ गतेदेखि भाडाको कार्यालयबाट सेवा सञ्चालन भएको थियो । गत मङ्सिरदेखि २०८३ असार मसान्तसम्म ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरिएको भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेका कार्यालय प्रमुख सन्तोष विकले जानकारी दिए। “जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट जलेर नष्ट भएका स्रेस्ता कायम गर्ने काम धमाधम भइरहेको छ, हाम्रोतर्फबाट सकेसम्म सहज रुपमा सेवा प्रवाह गरिरहेका छाैँ”, कार्यालय प्रमुख विकले भने “एकैपटक धेरै सेवाग्राही आउँदा भीडभा...
गोरखामा ५५० जनाले पाए घरमै राहदानी
प्रशासन, समाचार, समाज

गोरखामा ५५० जनाले पाए घरमै राहदानी

नेपालअखबार, गोरखा । जिल्ला हुलाक कार्यालयमार्फत गोरखाका ५५० जनाले घरमै राहदानी (पासपोर्ट) प्राप्त गरेका छन् । गत वैशाख १५ गतेदेखि जिल्लाभर ६०० जनाले घरमै राहदानी प्राप्त गर्न फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिएका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । बाँकी राहदानी आउने क्रममा रहेको उनले बताए । गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले हुलाकमार्फत नागरिकको घरघरमै राहदानी पुर्‍याउने निर्णय गरेको थियो । सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत हुलाक सेवामार्फत राहदानी घरमै पुर्‍याउने नीतिअनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच वैशाख १५ गते सम्झौता भएको हो । सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयमा हुलाक कार्यालयको एउटा काउन्टर स्थापना गरी कर्मचारी खटाइएको जिल्ला हुलाक अधिकृत विनोद गैरेले बताए । राहदानीको फाराम भर्न प्रशासन कार्यालय आउने सेवा...