Friday, July 31

प्रशासन

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
अर्थ, प्रशासन, समाचार

तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन

नेपालअखबार,तनहुँ । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९–८० को तुलनामा रु छ करोडले बढी हो । गत आवमा रु ३० करोड २१ लाख ४९ हजार चार सय ३२ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिए । सङ्कलित रकममध्ये रु १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ सङ्घीय सञ्चित कोषमा, रु चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छभने बाँकी रु १८ करोड १३ लाख आठ हजार नौ सय ७० मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा र ४० प्रतिशत गण्डकी प्रदेश सरकारको खातामा दाखिला भएको छ । जग्गा वर्गीकरण लागू हुँदा जिल्लाका अधिकांश जग्गा आवासीय क्षेत्रमा वर्गीकरण गरिएका कारण राजस्व सङ्कलनमा वृद्वि भएको सो कार्यालयले जनाएको छ । कृषि जग्गाको तुलनामा आवासीय जग्गाको राजस्वदर बढी रहेकाले राजस्व वृद्वि भएको हो । बैँक तथा वित्तीय ...
त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा, एआई प्रयोग गरे परीक्षा रद्द
प्रशासन, शिक्षा, समाचार

त्रिविमा ०५८ र ०६९ को सीमा कटेकालाई मौका परीक्षा, एआई प्रयोग गरे परीक्षा रद्द

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले मौका परीक्षाको अवसर पाउने भएका छन् । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो । समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।यसैगरी बैठकले त्रिविको जुनसुकै तहको परीक्षामा एआई प्रयोग गरेको भेटिएमा परीक्षा रद्द हुने निर्णय पनि गरेको छ ।...
‘एउटै नाउरको सिकार गर्न २३ लाख’
अर्थ, प्रशासन, समाचार, समाज

‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपालअखबार, काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ। यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ। साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ। हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार न्यूनतम राजस्व तोकिएको छ। बोलपत्र बढाबढमा सिकार गर्ने कम्पनीले न्यूनतमभन्दा धेरै मूल्य बोलकबोल गर्ने गरेको आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए। गत वर्षको ‘सिजन’मा बोलपत्र बढाबढमा अधिकतम एक नाउरको सिकार गर्न रु २३ लाखसम्म कबोल गरिएको उनले जानकारी दिए। त्यस्तै, झारलको हालस...
भाडाकै घरमा बागलुङका पाँच पालिका
प्रशासन, समाचार

भाडाकै घरमा बागलुङका पाँच पालिका

नेपालअखबार, ढोरपाटन (बागलुङ) । बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाकै घरबाट काम गर्दै आएका हुन् । विसं २०५३ मा स्थापना भएको बागलुङ नगरपालिकाले वडा नम्बर ३ रातमाटामा पक्की भवन निर्माण गरे पनि अहिले वडा नम्बर २ स्थित कृषि ज्ञान केन्द्रको कार्यालय मार्फत् सेवा प्रवाह गर्दै आएको छ । जैमिनी, गलकोट र ढोरपाटन नगरपालिकाले जग्गा व्यवस्थापन गरी भवन निर्माण थाले पनि काठेखोला गाउँपालिकाको जग्गा व्यवस्थापनमै अल्झिएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि केही पालिकाले पहिलो कार्याकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले दोस्रो कार्यालयमा आफ्नै प्रशासकीय भवन निर्माण गरी सेवा दिन थालेका छन् । निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाले पहिलो कार्यकालमै भवन निर्माण गरेका थिए भने बड...
कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द
प्रविधि, प्रशासन, समाचार

कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द

नेपालअखबार,काठमाडौं। कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयले तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरेको छ । अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा सर्वोच्च अदालत दिएको अल्पकालीन अन्तरिम आदेशलाई कारण देखाएर सेवा बन्द गरिएको हो । कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्यनमा ल्याउन लागेको थियो । तर, यसकाविरुद्ध अदालतमा मुद्दा परेको थियो । अब यो सेवा फेरि कहिले खुल्छ भन्ने स्पष्ट छैन । अदालतले सोमबार १९ असार, १७ साउन, ९ भदौ र १६ भदौमा कार्यालयले गरेका निर्णयअनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको थियो । अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्न/नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाका सबै काम ठप्प भएको हो । हेर्नुहोस् सूचना :...
त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग
प्रशासन, शिक्षा, समाचार

त्रिविका ११ क्याम्पस प्रमुखका लागि आवेदन माग

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो । त्रिविले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेतका लागि क्याम्पस प्रमुखको आवेदन माग गरेको हो । यसैगरी सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि पनि आवेदन माग गरेको हो । योग्य उम्मेदवारले CCScommittee@tu.edu.np इम...
काठमाडौंका १२ जना नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रशासन, समाचार

काठमाडौंका १२ जना नगर प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालअखबार, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका १२ जना नगर प्रहरीको तह वृद्धि गरिएको छ । उनीहरुलाई आज वरिष्ठ प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । महानगरपालिका प्रहरी ऐन २०८० को व्यवस्थाबमोजिम प्रमुख प्रशासकीयस्तरीय निर्णयबाट नगर प्रहरी नायब निरीक्षकबाट नगर प्रहरी वरिष्ठ नायब निरीक्षकमा तह वृद्धि गरिएको महानगरले जनाएको छ ।तह वृद्धि गरिएका प्रहरीहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, महानगरपालिकाको छवि नगर प्रहरीको आचरणमा देखिने भएकोले अनुशासित, निष्पक्ष, इमान्दार र उत्तरदायी सेवामा प्रतिबद्ध रहन निर्देशन दिएका थिए ।...
लागू औषध किनचवेचमा फार्मेसी संचालक सहित २ जना पक्राउ
प्रशासन, समाचार

लागू औषध किनचवेचमा फार्मेसी संचालक सहित २ जना पक्राउ

नेपालअखबार, पाेखरा। पाेखरामा  लागू औषध किनचवेचमा फार्मेसी संचालक सहित २ जना मानिस पक्राउ परेका छन् ।  वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा महानगपरालिका वडा नं. ९ नयाँबजार स्थित शंकास्पद अवस्थामा वर्ष २७ का बिजय पोख्रेललाई फेला पारी निजको शरिर रितपुर्बक खानतलासी गर्दा निजले भिरेको झोलामा लागू औषध Tapentadol Hydrochloride Capsules लेखेको ट्याब्लेट १२० चक्की फेला परेको  छ ।  प्रहरीले  पोख्रेललाई  सोधपुछ गर्दा महानगपरालिका वडा नं. ९ नयाबजार स्थितमा रहेको बिभुती फार्मेसीबाट खरिद गरेको जानकारी दिएका थिए । सो फार्मेसीमा समेत रितपुर्बक खानतलासी गर्दा Tapentadol Hydrochloride Capsules लेखेको ट्याव्लेट ९० चक्की बरामद भएकोले उक्त फार्मेसी संचालक ४८ को केदार अधिकारी समेतलाई पक्राउ गरिएकाे   वडा प्रहरी कार्यालय बैदामले जानकारी  गराएकाे छ । सम्मानित कास्की जिल्...
२५ करोड रुपैयाँ सहुलियत दिँदापनि डीडीसीले दुधको रकम भुक्तानी दिन सकेन
कृषि, प्रशासन, समाचार

२५ करोड रुपैयाँ सहुलियत दिँदापनि डीडीसीले दुधको रकम भुक्तानी दिन सकेन

नेपालअखबार, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले २५ करोड रुपैयाँ सहुलियत रकम दिँदापनि दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको दूधको रकम भुक्तानी गर्न नसकेको बताएका छन् । मंगलबार पत्रकारसँग भेटघाटका क्रममा मन्त्री अधिकारीले डीडीसीलाई मन्त्रालयले २५ करोड रुपैयाँ दिँदा पनि अझै पनि साढे एक करोड रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका हुन् । डीडीसीले किसानबाट ६५ रुपैयाँ प्रतिलिटर दूध खरिद गरेर १३० रुपैयाँ बढी रकम बेच्ने, सोही दूधबाट मक्खन पनि निकाल्ने तर दूध उधारोमा खरिद गरेको उनले उल्लेख गरे । साथै डीडीसीसँग २५ करोड रुपैयाँ बराबर दुग्धजन्य पदार्थ (मक्खन, पाउडर) मौज्दात रहेको बताए । यस्तै, कृषि बिमा भुक्तानी रकमका लागि अर्थ मन्त्रालयसँग सहमति हुन नसकेको उनले बताएका छन् । अधिकारीले दसैँभित्र रकम भुक्तानी नदिए आन्दोलन गर्ने उखु किसानले चेतावनी दिइसकेको बताए । मन्त्...
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
प्रशासन, शिक्षा, समाचार

काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक

नेपालअखबार, काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिस्टमा परेका दुई हजार ८५९ जना विद्यार्थीका नाम शनिवार (साउन १२ गते) प्रकाशन भएको छ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार आज सूची प्रकाशन गरेको हो । यसको विवरण इमेलबाट विद्यालयहरूलाई पठाइसकिएको छ । यस्तै विद्यार्थीहरूलाई एसएमएस पठाइएको छ । विद्यार्थीहरूले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो सिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन् । प्रकाशन भएको सूची, साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरूमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रूपमा छुट्ट्याइएको सिट सङ्ख्याका आधारमा सूची प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए । नाम प्रकाशन भएका विद्...