महानगरको तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना
नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना राखेको छ । सिनियर म्यानेजमेन्ट टीम (एमएमटी) को बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यी काम निर्धारित समयमा पुरा गर्न निर्देशन दिए ।
यो वर्ष, गएको बर्षभन्दा नतिजामा वृद्धि गर्नु पर्ने भन्दै उनले जनजीविकाको सहजता, पूर्वाधार विकासमा समन्वयात्मक संयन्त्र, आर्थिक सामाजिकका काममा सहभागिताबाट नतिजा निकाल्नु पर्नेमा जोड दिए ।
तत्काल गर्नुपर्ने कामको सूचीमा, हाइमास्ट लाइट जडान गर्ने, विद्युतीय सेवा सुरु, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ्ग व्यवस्थापन, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडा स्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्याङ्कन प्रक्रिया) निर्माण, कार्यपालिका बैठकबाट भएक...










