Sunday, May 31

प्रशासन

सरकार र महावीर पुनबीच सात बुँदे सहमति
प्रशासन, समाचार

सरकार र महावीर पुनबीच सात बुँदे सहमति

नेपालअखबार, काठमाडौँ । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच सात बुँदे सहमति भएको हो । दुई पक्षबीच  अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका विषयमा सहमति भएको छ । यस्तै कोषको व्यवस्थापन तथा संचालन गर्न सङ्घीय संसदको आउँदो अधिवेशनमा विधेयक पेश गरी पारित गर्ने र सो विधेयकको मस्यौदा सरोकारवालाको परामर्शमा आगामी ६० दिनभित्र तयार सहमति पत्रमा भनिएकाे छ । मागपत्रमा उल्लिखित अन्य विषयहरुलाई सरकारले कानुन बनाउँदा ध्यान दिन भएकाे छ । त्यस्तै पुनको नेतृत्वमा भइरहेको धर्ना लगायत सबै आन्दोलनका कार्यक्रम अहिले नै अन्त्य गर्ने सहमति समेत भएको छ ।...
जाजरकोटमा १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट
प्रशासन, समाचार

जाजरकोटमा १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट

नेपालअखबार, जाजरकोट । प्रहरीले जाजरकोटमा अफिम खेती नष्ट गर्ने अभियान चलाएको छ । वैशाख ७ बाट प्रहरीले जाजरकोटको विभिन्न भू–भागमा फैलिएको अफिम खेती नष्ट गरिरहेको छ । नलगाड गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा करिब १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट गरिएको जाजरकोटका डीएसपी सन्तोष रोकाले  बताए । इन्स्पेक्टर सुनिल थापा नेतृत्वको टोलीले नलगाढ नगरपालिका–३ चाउलेचौर, दारेलेख, पाखा, करुवा सानोबन, सानोछाप र नौखालीमा अवैध रुपमा खेती गरिएको र आफैं उम्रिएको अफिम नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय दल्लीसँगको समन्वयमा ३ दिनसम्म बसेर इन्स्पेक्टर नेतृत्वको टिमले अफिम नष्ट गरेको डिएसपी रोकाले जानकारी दिए । जुनिचाँदे गाउँपालिका–७ स्थित निपाने र भेरी नगरपािलका–२ स्थित डिंगा थलह तथा बारेकोट गापाको वडा नम्बर ८ बनलेपाटा लगायतका ठाउँमा फैलिएको अफिम नष्ट गरिएको छ । अफिम नष्ट गर्न ६४ जना प्रहरी परिचालन गरिएको थ...
भारतमै पक्राउ परे अमृतपाल सिंह
प्रशासन, विदेश, समाचार

भारतमै पक्राउ परे अमृतपाल सिंह

नेपालअखबार, काठमाडौं । खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पक्राउ परेको पन्जाबका प्रहरी अधिकृतहरुले पुष्टि गरेका छन् । शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् । त्यो संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो । अमृतपाल सिंहको बारेमा प्रतिनिधि सभामा पनि कुरा उठेको थियो । तर पन्जाब प्रहरीले अमृतपाल सिंह पन्जाबकै मोगा भन्ने स्थानबाट पक्राउ परेको जनाएको छ । लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पन्जाब फर्किएका थिए । त्यसपछि उनले अमृत सन्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरुलाई संगठित गर्न सुरु गरेका थिए । पन्जाबबाट उनका थुप्रै समर्थकहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । अमृतपाल भने लुकेर बस्...
त्रिविले सार्‍यो वैशाख १० गतेको परीक्षा
प्रशासन, शिक्षा, समाचार

त्रिविले सार्‍यो वैशाख १० गतेको परीक्षा

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ । वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा वैशाख १६ गतेलाई सारेको हो । वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यही दिन बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा त्रिविले तोकेको थियो । अब यी परीक्षाहरु वैशाख १० गते सन्चालन नगरी वैशाख १६ गते सन्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ । सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने सूचनामा उल्लेख छ । हेर्नुहोस् परीक्षा नियन्त्रण कार्यालयको सूचना–...
उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि लागु हुने
प्रशासन, समाचार

उपनिर्वाचन : आज राति १२ बजेबाट मौन अवधि लागु हुने

नेपालअखबार, काठमाडौँ । उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ । भोलिबाट प्रचारप्रसार गर्न नपाइने भएसँगै राजनीतिक दलहरूले आज प्रचारप्रसारको अन्तिम कसरत गर्ने भएका छन् ।...
चितवनमा ३२ थान लाइसेन्सप्राप्त हतियार, २ जनाले मात्र प्रशासनलाई बुझाए
प्रशासन, समाचार

चितवनमा ३२ थान लाइसेन्सप्राप्त हतियार, २ जनाले मात्र प्रशासनलाई बुझाए

नेपालअखबार, चितवन। निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका हतियारमध्ये चितवनमा दुई थान हतियारमात्र बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता लगिएका दुई हतियार बुझाइएको हो। जिल्लामा अनुमति लिएर राखिएका ३२ थान हतियार छन्। जिल्ला प्रशासन कार्यालयले गत चैत २४ गते सूचना जारी गर्दै चैत मसान्तभित्र हतियार बुझाउन गरेको आह्वानका क्रममा लगिएका हतियार पुनः स्थानीय प्रशासनलाई बुझाइएको हो। जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा ती हतियार बुझाइएको पण्डितले जानकारी दिए। यही वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन इजाजतप्राप्त हतियार बुझाउन अनुरोध गरिएको हो। जिल्लामा अनुमति लिएर राखिएका १२ बोरको १४ थान, ...
तातोपानी नाका सञ्चालन गराउन छलफल
अर्थ, प्रशासन, समाचार

तातोपानी नाका सञ्चालन गराउन छलफल

नेपाल अखबार, सिन्धुपाल्चोक। तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र  चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा  बैठक सम्पन्न भएको जानकारी दिए। सो बैठकमा  यही १८ वैशाखबाट तातोपानी नाका नियमित सञ्चालन गर्ने,  सीमा सुरक्षा तथा कोरोना सङ्क्रमण एवं सुरक्षाको विषयलाई प्राथामिकता दिएको उनले बताए। दुबै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही  आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक ...
सेनाको  हिमाल सफाइ टोली अन्नपूर्णमा
प्रशासन, समाचार

सेनाको हिमाल सफाइ टोली अन्नपूर्णमा

नेपालअखबार, काठमाडौँ । हिमाल सफाइ अभियानमा जुटेको नेपाली सेनाको एक टोली अन्नपूर्ण प्रथम्  हिमाल आरोहण गर्न सफल भएको छ । सह–सेनानी सुमन पाण्डेको नेतृत्वमा रहेको सेनाको टोलीले आज बिहान ८ः ५५ मिनेटमा आठ हजार ९१ मिटरको विश्वको दशौँ अग्लो हिमालको चुचुरोमा पुग्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । टोलीमा प्यूठ् मानसिंह चौधरी, सिपाही नवराज राना, सिपाही ज्ञानेन्द्र डाँगी, मुख्य पथप्रदर्शक छिरिङ जङ्बु शेर्पासहित पाँच शेर्पा सहयोगी हुनुहुन्छ । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरुप नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत सेनाको अगुवाइमा वार्षिकरुपमा हिमाल सफाइ अभियान सञ्चालन भइरहेको छ । यसवर्ष सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ भइरहेको छ । सगरमाथा र ल्होत्से हिमालका लागि प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जनाको टोली दोस्रो आधार श...
आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरले पत्रकार सम्मेलन गर्दै
अर्थ, प्रशासन, समाचार

आर्थिक संकट बढदै गएपछि राष्ट्र बैंकका गर्भनरले पत्रकार सम्मेलन गर्दै

नेपालअखबार,  काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् । बैंक तथा लघुवित्त प्रति सर्वसाधारणको आक्रोश, बैङ्कहरूको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिँदै गएको, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर निर्यात घटेको, राजश्व कम उठेको लगायतको समस्यालाई लिएर गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आज अपराह्न १ बजे हुनेछ । बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले पत्रकार सम्मेलन गर्न लागेका हुन । उनले सो पत्रकार सम्मेलनमार्फत ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउने छन् ।...
पोखरास्थित रत्न मन्दिर खुला गर्ने तयारी
प्रशासन, समाचार

पोखरास्थित रत्न मन्दिर खुला गर्ने तयारी

नेपालअखबार, पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए । सो अवसरमा उनले दरबार खुला गर्ने योजनाअनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रष्टको बैठक राखेर आग्रह गरिसकेको जानकारी दिए । नयाँ वर्षसँगै सर्वसाधारणले अवलोकन गर्ने गरी खुला गर्न काम अघि बढ्ने उनले बताए । उनले भने, “हामीले धेरै कुरा किनारा लगाउँदै गएका छौँ । ठूला योजना विस्तार गर्दै लैजाऔँला, हालका लागि यहाँ भएकाहरूलाई अलि सुन्दर बनाएर दरबार खोल्नुपर्दछ भनेर भनेका छौँ ।” मन्त्री किरातीले नेपाल ट्रष्ट यसअघि रक्षा र गृह मन्त्रालय मातहत रहेकाले लामो समय बैठक नै नबस्ने गरेकाले समेत केही ढिलाइ भए पनि अहिले पर्यटन मन्त्रालय मातहत आएकाले काम छिटो हुने बताए । उनले रत्न मन्दिरमा  व्यावसायिक भवन बनाउने तथा व्य...