Thursday, July 30

प्रशासन

म्याग्दीमा निर्माण सम्पन्न भएका १३ मध्ये ६ पुलमा चल्न थाल्यो गाडी
प्रशासन, समाचार, समाज

म्याग्दीमा निर्माण सम्पन्न भएका १३ मध्ये ६ पुलमा चल्न थाल्यो गाडी

नेपालअखबार,म्याग्दी ।  म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन्। जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्‍याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन्। प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए। उनका अनुसार ६ पुल निर्माण सम्पन्न भई यातायातका साधन सञ्चालन भइसकेका छन्। अन्य पुल निर्माण सम्पन्न भए पनि औपचारिक रुपमा सञ्चालनमा आउन बाँकी रहेको अधिकारीले बताए। उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङक...
स्वास्थ्य मन्त्रालयको कर्मचारीलाई निर्देशन : तोकेको समयमा कार्यालयमा उपस्थित हुनू
प्रशासन, समाचार, स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको कर्मचारीलाई निर्देशन : तोकेको समयमा कार्यालयमा उपस्थित हुनू

नेपालअखबार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न निर्देशन दिएको छ । आइतबार मन्त्रालयले सबै विभाग र अस्पताललाई पत्राचार गर्दै स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर्मचारीहरू सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे नरहेको सम्बन्धमा कार्यालय प्रमुखबाट नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्न समेत भनेको छ । साथै, मन्त्रालयबाट समेत समय समयमा अनुगमन तथा निरीक्षण हुने बताइएको छ ।...
कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस
प्रशासन, समाचार

कोशी सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्चमा बहस

नेपालअखबार, काठमाडौँ । कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस सुरु हुने भएको छ । कोशी सरकार गठन असंवैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि बहस हुन लागेको हो । सो प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गरे पछि आज देखी कोशी सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो । सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनु पर्ने सभामुख गौ...
अवैध सुन प्रकरण : एक्स–रे हेर्ने भन्सार कर्मचारी निलम्बित
प्रशासन, समाचार

अवैध सुन प्रकरण : एक्स–रे हेर्ने भन्सार कर्मचारी निलम्बित

नेपालअखबार, काठमाडौँ । करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका थिए । भन्सार विभागले यसअघि कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिसकेको छ । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गरेको थियो । क्याथे प्यासिफक एयरलाइन्सबाट काठमाडौँ आएको अवैध सुन भन्सार कार्यालयबाट बाहिर आएपछि विभागको टोलीले नियन्त्रणमा लिएको थियो । यस प्रकरणमा चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ परेका छन् । भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा टोली नै गठन गरेको छ ।...
जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली
प्रशासन, विदेश, विश्व, समाचार

जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली

नेपालअखबार, काठमाडौँ । सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ । लगातार तीन वर्ष शीर्ष स्थानमा रहेको जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट हेनले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो । कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ । सिंगापुरका नागरिकले विश्वका २२७ स्थानमध्ये १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने छन् । दोस्रो स्थानमा १९० गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने जर्मनी, इटाली र स्पेन संयुक्त रूपमा रहेका छन् । तेस्रो स्थानमा अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, जापान, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन रहेका छन् । अमेरिका आठौँ स्थानमा छ भने चीन ६३ औँ स्थानमा रहेको छ । दक्षिण एसियाली मुलुकहरूमा म...
सहकारीका अध्यक्षको ससुरालीमा सरकारी अनुदानको मल
प्रशासन, समाचार

सहकारीका अध्यक्षको ससुरालीमा सरकारी अनुदानको मल

नेपालअखबार, बुटवल । कपिलवस्तुमा सरकारले अनुदानमा दिने गरेको रासायनिक मल सहकारीका अध्यक्षको ससुरालीको घरमा फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । कपिलवस्तुको शुद्धोदन गाउँपालिका–३ लवनीमा रहेको ओम कृषि सहकारीका अध्यक्ष भगिरथी यादवले शुद्धोधन–६ मा रहेको ससुराली बनारसी यादवको घरमा ५४ बोरा रासायनिक मल लगेर राखेका थिए । उक्त मल कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याइएको थियो । प्रहरी निरीक्षक शिव क्षेत्रीले मल जिल्ला प्रहरी कार्यालयमा मल राखिएको र उनको कागजपत्र अध्ययन हुँदै गरेको बताए । सहकारीका अध्यक्षले यादवले पानी परेपछि सुरक्षाको लागि गोदाम नभएर ससुराको घरमा लैजानु परेको बताएका छन् । यता किसानलाई दिने मल ससुरालीमा राखेर महँगोमा विक्री गर्ने नियत राखेको स्थानीयको आंशका रहेको छ।अहिले कपिलवस्तुमा किसानले मल नपाएर हैरानी पाएका छन् ।...
मलेसियामा नेपाल एयरलाइन्सको विमान डिले भएपछि छानबिन समिति गठन
प्रशासन, समाचार

मलेसियामा नेपाल एयरलाइन्सको विमान डिले भएपछि छानबिन समिति गठन

नेपालअखबार, काठमाडौं । क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ । निगमको आरए ४२२ उडान भर्नु अगाडी ९एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो । अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले उल्लेख गरेको छ । के-कस्तो प्राविधिक कारणले यो समस्या आएको हो र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन निगमले एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताएको छ । कम्पनीले उडान ढिला भएको प्रति यात्रुसँग माफी माग्दै आगामी दिनमा यस्तो नहुने बताएको छ ।...
१६ संघीय अस्पतालबाट साढे ३ हजार बेड निःशुल्क हुने
प्रशासन, समाचार, स्वास्थ्य

१६ संघीय अस्पतालबाट साढे ३ हजार बेड निःशुल्क हुने

नेपालअखबार,  काठमाडौँ । सरकारले देशभरका अस्पतालबाट तीन हजार ५२३ बेड निःशुल्क उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले संघ अन्तर्गतका १६ अस्पतालबाट गरिब, विपन्न, बेवारिसे तथा असहायहहरूको उपचारका लागि सो संख्याको बेड निःशुल्क उपलब्ध गराएको हो । यसअघि मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरुको उपचारमा १० प्रतिशत बेड निःशुल्क उपलब्ध गराउन स्थानीय, प्रादेशिक र संघीय, सामुदायिक तथा निजी अस्पतालहरूमा परिपत्र गरेको थियो । कहाँ कति बेड उपलब्ध ? निःशुल्क बेडमध्ये वीर अस्पतालले ७ सय, कान्ति बाल अस्पतालले २४८, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ४५०, राष्ट्रिय ट्रमा सेन्टरले १५०, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ९०, ललितपुर मानसिक अस्पतालले ४०, कोशी अस्पतालले ३३० शय्या निःशुल्क उपलब्ध गराउने भएको हो । यसै गर...
९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा
प्रशासन, समाचार

९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन् । कुँवरले एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, ५ जना सहायक हवल्दार र एक जना जवानलाई विशेष बढुवा गरेका हुन् । आर्थिक वर्षको अन्तिम दिन ३१ असारको निर्णय अनुसार कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत तिलराम बोहरा सार्कीलाई प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा गरेका छन् । त्यस्तै, अर्जुन सेठ्ठी र बामदेव घिमिरेलाई प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षकमा बढुवा गरेका छन् । प्रहरी सहायक हवल्दारहरु सुवास नेपाली, लक्ष्मण सापकोटा, भुदरमणि जोशी, गनकुमार खण्डलुक र उपेन्द्र चौधरी प्रहरी हवल्दारमा बढुवा भएका छन् । प्रहरी जवान लोचन अधिकारी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् । प्रहरी नियमावली, २०७१ मा उत्कृष्ट कार्य गर्ने प्रहरी...
घट्यो पेट्रोलियम पदार्थको मूल्य
अर्थ, प्रशासन, समाचार, हाइलाइट-समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

नेपालअखबार, काठमाडौँ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । यससँगै, निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ । यससँगै, आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । यससँगै, भारतीय सिमा बजारको तुलनामा नेपाली बजारमा पेट्रोलको मूल्य १३.२७ रुपैयाँ र डिजेलमा ९.९४ रुपैयाँ सस्तो हुन्छ । हवाई इन्धनमा २३.८१ रुपैयाँ र एलपीजीमा १३६.६० रुपैयाँ सस्तो हुन्छ ।...