Tuesday, August 11

राजनीति

जेनजीको नाममा धम्क्याउनेलाई नियन्त्रणमा लिइने  :गृहमन्त्री
राजनीति, समाचार

जेनजीको नाममा धम्क्याउनेलाई नियन्त्रणमा लिइने :गृहमन्त्री

नेपालअखबार,काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउनेलाई नियन्त्रणमा लिइने प्रतिवद्धता जनाएका छन् । गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउने कार्य भइराखेको पत्रकारहरूको प्रश्नमा गृहमन्त्री अर्यालले ‘त्यो गलत कुरा भएको’ प्रतिक्रिया दिए । उनले थप भनेका छन्, ‘तिनीहरूलाई नियन्त्रणमा लिइन्छ ।’ गृहमन्त्री अर्यालले भनेका छन्, ‘जेनजीका नाममा कसैले गलत क्रियाकलाप गर्छ भने … । जेनजीको विद्रोह सुशासनको लागि हो । त्यो (कार्यालयमा गएर धम्क्याउने) गलत क्रियाकलाप हो । सुशासन विरोधी क्रियाकालप हो । त्यसलाई सरकारले निगरानी गर्छ, त्यसलाई समयक्रममा हामीले, हाम्रो पुलिस प्रशासन सबै लाग्छ, त्यो कुरालाई काबुभित्र राख्छ ।’...
प्रधानमन्त्री कार्की र  बेलायतका राजदूतबिच शिष्टाचार भेटवार्ता
राजनीति, समाचार

प्रधानमन्त्री कार्की र बेलायतका राजदूतबिच शिष्टाचार भेटवार्ता

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको हाे । उक्त भेटमा असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता र जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै प्रधानमन्त्री कार्कीले तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन् । नेपाल र बेलायतबिचको सम्बन्ध ऐतिहासिक कालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि दुवै पक्षले चर्चा गरेका थिए । बेलायती राजदूत फेनले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार तयार रहेको जानकारी दिए ।...
ओली नेतृत्वमा नरहे एमालेसँग पनि पार्टी एकता हुन सक्छ: प्रचण्ड
राजनीति, विचार, समाचार

ओली नेतृत्वमा नरहे एमालेसँग पनि पार्टी एकता हुन सक्छ: प्रचण्ड

नेपालअखबार, काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेसँग पनि पार्टी एकता हुन सक्ने बताएका छन्। धादिङको बेनिघाट रोराङमा बुधबार कार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए। ‘अबको माओवादीको लाइन भनेको चुनाव हो। साथै, तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्छ,’ उनले भने। एमालेसँग एकताको सम्भावना रहेको पनि उनले बताए। 'केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,' उनले भने।...
संसद् पुनर्स्थापना नभई अबको निकास ताजा जनादेश : प्रभु साह
राजनीति, विचार, समाचार

संसद् पुनर्स्थापना नभई अबको निकास ताजा जनादेश : प्रभु साह

नेपालअखबार, काठमाडौं ।   आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अबको निकास संसद् पुनर्स्थापना नभई ताजा जनादेश भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनमार्फत वर्तमान विषम परिस्थितिको बारेमा आजपाको धारणा सार्वजनिक गर्दै उनले संसद् पुनर्स्थापना नभई ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताएका हुन् । उनले देश अब चुनावमा गइसकेको बताउँदै चुनाव भाँड्न दायाँबायाँ गर्ने अधिकार कसैलाई पनि नरहेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको अनैतिकताले अहिलेको दुर्दशा भएको उनको आरोप छ । एमालेलाई संसद् पुनर्स्थापनाको पक्षमा टाउको नउठाउन उनले आग्रह गरे । संसद् पुनर्स्थापनाको कुरा जनताले उही बेलामा खारेज गरिदिइसकेको बताउँदै आजपा अध्यक्ष साहले फेरि गिजोल्ने काम आफूहरुलाई स्वीकार्य नभएको बताए । ‘अब देश चुनावमा जानुपर्छ । सरकारले चुनावमा भयरह...
प्रतिनिधि सभा विघटनबारे राजनीतिक दल र सभामुखबिच छलफल जारी
राजनीति, समाचार

प्रतिनिधि सभा विघटनबारे राजनीतिक दल र सभामुखबिच छलफल जारी

नेपालअखबार, काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ । सभामुख घिमिरेले संसद् विघटनबारे दलहरूको राय माग्न सर्वदलीय बैठक आयोजना गरेका हुन् । संसद पुनर्स्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ कि जानु पर्दैन सभामुखले दलहरूको धारणा लिन लागेका हुन् । विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थिए । जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी पनि रहेका थिए । रास्वपा भने सभामुखसँगको छलफलमा अनुपस्थित छ । दलहरूको धारणा लिएपछि पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने सभामुखको त...
एमाले केन्द्रीय कमिटी बैठक जावलाखेलको प्यार्टी प्यालेसमा
राजनीति, समाचार

एमाले केन्द्रीय कमिटी बैठक जावलाखेलको प्यार्टी प्यालेसमा

नेपालअखबार, काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटी बैठक आजदेखि  ललितपुरमा सुरु हुँदैछ । ललितपुरको जवालाखेल भनिमण्डलस्थित प्यार्टी प्यालेस रामबाघ महलमा बैठक बस्न लागेको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बैठकको सुरूमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । सो प्रतिवेदनमा जेनजी युवा आन्दोलन, त्यसको असर र परिणाम, जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते गराउने भनिएको निर्वाचन लगायतका विषय समेटिएका ओली निकट नेताहरुको भनाइ छ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै त्यसको पुनर्स्थापनामा जोड दिएका छन् । लोकतन्त्र पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने ओलीको जोड छ । त्यसका लागि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेका दलहरुसँग सहकार्य र जनपरिचालन गर्नुपर्...
गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति
अर्थ, राजनीति, विश्व, समाचार

गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति

नेपालअखबार, काठमाडौं । इजरायल–हमास युद्धका कारण प्रभावित गाजा क्षेत्रमा ७० अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको अनुमान गरिएको छ । त्यसको पुनर्निर्माणमा २० अर्ब डलर आवश्यक पर्ने अनुमान समेत गरिएको छ । संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र विश्व बैंकले संयुक्त रूपमा गरेको मूल्यांकनबाट सो अनुमान गरिएको हो । संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम (युएनडीपी) का प्यालेस्टाइन विशेष प्रतिनिधि याको सिलियर्सले मंगलबार पत्रकारहरुसँग भने, ‘गाजाको करिब ८४ प्रतिशत क्षेत्र क्षतिग्रस्त भएको छ र गाजा शहरजस्ता ठाउँमा ९२ प्रतिशतसम्म क्षति देखिन्छ । पुनर्निर्माणको विशाल अभियानका लागि आगामी तीन वर्षमा २० अर्ब डलर आवश्यक पर्नेछ ।’ उनका अनुसार, गाजाको पुनर्निर्माणका लागि अरब मुलुकहरूसँगै युरोपेली देश र अमेरिकाबाट पनि सम्भावित आर्थिक सहयोगका संकेत प्राप्त भएका छन् । २१ लाख मानिसहरूलाई मानवीय सहायता युएनडीपील...
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
राजनीति, समाचार

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दै छ । आज बिहान ११ बजेपछि काठमाडौँमा बस्ने स्थायी कमिटी बैठकले भोलि बस्ने गरी बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए । त्यसबाहेक अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्ने पार्टी नेताहरूले बताएका छन् । सो पार्टीको एघारौँ सचिवालय बैठक असोज २४ र २६ गते बसेको थियो । बैठकले वर्तमान सङ्कटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउनका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्ति र पार्टीहरूबिच संवाद र सहकार्य अघि बढाउने निर्णय गरेको थियो । सोही बैठकले वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूसँग चलिरहेको एकता सम्बन्धी वार्ता प्रक्रियालाई चाँडो निष्कर्षमा वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय समेत...
संसद् विघटनबारे सभामुखले मागे दलहरूको राय,बुधबार बिहान ९ बजे छलफल हुदै
राजनीति, समाचार

संसद् विघटनबारे सभामुखले मागे दलहरूको राय,बुधबार बिहान ९ बजे छलफल हुदै

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा सभामुख देवराज घिमिरेले दलहरूको राय माग गरेका छन् । राजनीतिक दलका नेता, कानुन व्यावसायी र विज्ञहरूसँग अनौपचारिक छलफलमा रहेका सभामुख घिमिरेले औपचारिक रूपमै दलीय धारणा मागेका हुन् । यसका लागि उनले विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दलका प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पार्टी रहेका थिए । यी दलका प्रमुख सचेतकहरूलाई सभामुख घिमिरेले बुधबार बिहान ९ बजे छलफलमा बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ । सभामुख घिमिरेका प्रेस सल्लाहक...
उपसभापति खड्काले पाए कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी
राजनीति, समाचार

उपसभापति खड्काले पाए कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई विधान अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन् । यसैबीच कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबारसम्म स्थगित भएको छ । आज सभापति देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो ।...