Tuesday, August 11

राजनीति

एकता र सहकार्यका लागि अशोक र रिजवानबिच भेटवार्ता
राजनीति, समाचार

एकता र सहकार्यका लागि अशोक र रिजवानबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई र नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी बिच शनिवार भेटवार्ता भएको छ । भेटमा हालको राष्ट्रिय राजनीतिक परिस्थिति, जेनजी आन्दोलनको समीक्षा र त्यसबाट उत्पन्न राजनीतिक अवस्था, संसद् विघटन, निर्वाचनलगायतको विषयमा कुराकानी भएको अध्यक्ष रिजवान अन्सारीले बताए । जेनजी आन्दोलनले उठाएका मागको सम्बोधन गर्न संवैधानिक मार्ग र भविष्यको राजनीतिक स्थिरताबारे समेत छलफल भएको उनले बताए । दुई पार्टीबिच कार्यगत एकता सहकार्यका छलफल गर्दै जाने कुराकानी समेत भएको बताउँदै उनले पहिला कार्यगत एकता वा मोर्चाबन्दी गर्ने र त्यसपछि पार्टी एकताकै लागि अगाडि बढ्ने कुराकानी भएको उनले बताए । उनले देशलाई लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी राज्यव्यवस्थाको बाटोतर्फ लैजाने दुई दलबिचमा साझा अठोट समेत व्यक्त गरिएको बताए । जसपाका अ...
यात्रुबाहक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गर्न दिइने
राजनीति, समाचार

यात्रुबाहक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गर्न दिइने

नेपालअखबार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । शनिबार दिउँसो मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन् । ‘काठमाडौं उपत्यकाबाट बाहिर जाने सवारी साधनहरूमध्ये यात्रुवाहक सार्वजनिक सवारी साधनहरू सो सुरुङमार्ग ( नागढुंगा–सिस्नेरी) बाट बाहिर जाने,’ मन्त्रालयको निर्णयमा भनिएको छ, ‘दशैंपछि माथि उल्लिखित सवारी साधनहरू प्रवेश गर्न गराउन व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने ।’ मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग शनिबार छलफल गरेका थिए ।बैठकमा सहभागी याताय...
गाजा सहरमा आक्रमण जारी, बालबालिका र महिला संकटमा
राजनीति, विश्व, समाचार, समाज, हाइलाइट-समाचार

गाजा सहरमा आक्रमण जारी, बालबालिका र महिला संकटमा

नेपालअखबार, काठमाडौँ । गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालय (ओछा) का अनुसार, यतिबेला गाजामा भइरहेका स्थल र हवाई आक्रमणका कारण धेरैजसो नागरिक गम्भीर संकटमा परेका छन् । बालबालिका, वृद्ध, महिला लगायत सबैले कठिन परिस्थितिको सामना गरिरहेका छन् । ओछाले दिएको जानकारीअनुसार आक्रमणसँगै गाजाको दक्षिण भागतर्फ विस्थापित हुने नागरिकहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । धेरैजसो मानिसहरू गाडी, टेम्पो, साइकल र पैदल नै यात्रा गर्दै सुरक्षित ठाउँ खोजिरहेका छन् । यस्ता यात्रामा उनीहरूलाई न त पिउने पानी,न त खानपिनको व्यवस्था, न त ओत लाग्ने ठाउँ उपलब्ध छ । ‘हामीका सहकर्मीहरूले रातभरि हिंडेर आइपुगेका थकित, भोकाएका र पीडामा परेका नागरिकहरू देखेका...
नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने
राजनीति, समाचार

नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले विचार र सिद्धान्त मिल्ने पार्टीसँग एकताको पहल गर्ने निर्णय गरेको छ । मुलुकमा उत्पन्न विषम परिस्थितिमा वामपन्थी शक्तिहरू गम्भीर हुनु जरुरी रहेको निष्कर्ष निकाल्दै पार्टी एकताको निर्णय गरेको सो पार्टीले जनाएको छ । केन्द्रीय सचिवालय बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै उपाध्यक्ष प्रकाश ज्वालाले चुनौतीपूर्ण परिस्थितिमा कम्युनिस्ट आन्दोलन तथा राष्ट्रिय स्वाधीनता र जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्न सम्पूर्ण कम्युनिस्ट, वामपन्थी तथा समाजवादी शक्ति र पार्टीहरूलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपिल समेत गरेको छ । १० बुँदे निर्णयमा सो पार्टीले विचार र सिद्धान्त मिल्ने पार्टीहरूसँग पार्टी एकताका लागि पहल गर्ने समेत उल्लेख छ । ‘पार्टीले अँगालेका नीति, विचार, सिद्धान्त, कार्यक्रम र कार्यदिशासँग सहमत हुने वामपन्थी, कम्युनिस्ट तथा समाजवादी पार्ट...
वर्तमान सरकार असंवैधानिक भएकाले यसको विरोध गर्नुपर्छ :चौधरी
राजनीति, विचार, समाचार

वर्तमान सरकार असंवैधानिक भएकाले यसको विरोध गर्नुपर्छ :चौधरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले जेनजी आन्दोलनपछि बनेको सरकार पनि असंवैधानिक रहेको टिप्पणी गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले अहिले बनेको सरकार असंवैधानिक भएकाले यसको विरोध गर्नुपर्ने बताएका हुन् । ‘अहिले बनेको सरकारको विषयमा पनि – बोलौँ – यो सरकार पनि असंवैधानिक तरिकाले बनेको छ । यसको विरोध गरौँ,’ नेता चौधरीले भनेका छन्, ‘संविधान संशोधन अनिवार्य छ – प्रत्यक्ष कार्यकारीको चुनाव गरौँ ।’ त्यस्तै उनले संवैधानिक परिषद् मार्फत गरिने सबै खाले नियुक्तिहरू खारेज गर्न र हाईज्याक गरिएको आन्दोलनमार्फत विघटन भएको प्रतिनिधि सभालाई पुनः स्थापित गरेर कानुनी राज्यको स्थापना गर्नुपर्ने बताएका छन् ।...
कांग्रेस नेता शशांकले भने ८० वर्ष पुरानो कोइराला निवास जल्यो ?
राजनीति, समाचार

कांग्रेस नेता शशांकले भने ८० वर्ष पुरानो कोइराला निवास जल्यो ?

नेपालअखबार,काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् । उनले वास्तविक जेनजी को हो ? भनेर ठम्याउनुपर्ने वेला भएको उनको भनाइ छ । उनले जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए । उनले आफूले कहिल्लै भ्रष्टाचार नगरेको र मन्त्री समेत नभएको भएपनि घर जलाइएकोमा आपत्ति जनाए । उनले भने, ‘म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपाट भयो । मान्छेहरू मरे । भनिन्छ एक्सपर्टले गोली हानेको छ । टाउको...
संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्ने :अध्यक्ष नेपाल
राजनीति, समाचार

संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्ने :अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । संविधान दिवसका अबसरमा आज शुभकामना व्यक्त गर्दै उनले भने, “शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्न आवश्यक छ ।” अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलन, अन्य न्यायप्रेमी आन्दोलनहरु साथै भर्खरै मात्र भएको जेनजीको प्रदर्शन समेतमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति  श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्र...
कांग्रेसले आइतबार क्षतिको विवरण सार्वजनिक गर्ने
राजनीति, समाचार

कांग्रेसले आइतबार क्षतिको विवरण सार्वजनिक गर्ने

नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको विवरण आगामी आइतबार(असोज ५) सार्वजनिक गर्ने भएको छ । नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार असोज ५ गते सम्पूर्ण क्षतिको विवरण सार्वजनिक गरिने र सोही दिनको दिउँसो १ बजेदेखि पार्टी कार्यालय सरसफाइ गरिने छ । सामूहिक सरसफाइ कार्यमा सहभागी हुन पार्टीले आग्रह समेत गरेको छ । गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले बेथितिविरुद्ध काठमाडौँ लगायत देशभर आन्दोलन गरेका थिए । त्यसक्रममा सार्वजनिक तथा निजी सम्पत्ति,पार्टी कार्यालयहरूमा आगजनी तथा तोडफोड गरिएको थियो ।...
बालविवाह अन्त्य गर्न मधेशी आयोग सक्रिय
राजनीति, समाचार

बालविवाह अन्त्य गर्न मधेशी आयोग सक्रिय

नेपालअखबार,काठमाडौं । बालविवाह अन्त्य गर्न मधेशी आयोग सक्रिय छ । यस सम्बन्धी गरेका कार्यहरूलाई आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गरेको छ । मधेशी आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । जसमा मधेशी आयोगको सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमहरूका विवरण समावेश छन् । प्रतिवेदनमा उल्लेख भएअनुसार आयोगले बालविवाह अन्त्य गर्न मधेशी आयोग सक्रिय रहेको छ । यस अन्तर्गत ‘बालविवाह अन्त्यका लागि धर्म गुरुहरूको भूमिका सम्बन्धी अन्तरक्रिया तथा प्रतिवद्धता कार्यक्रम’ नै सञ्चालन गरिएको थियो । यो कार्यक्रम मधेशका विभिन्न जिल्लामा भएको थियो । आयोगका अनुसार रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा यो कार्यक्रम भएको छ । जहाँ सर्लाही, बारा, पर्सा र रौतहट जिल्लाका धर्मगुरु, पण्डित, पुरोहित, मोल्वी, नागरिक समाज तथा संचारकर्मीहरूको उल्लेखनिय सहभागिता थियो । सिर...
संविधान दिवसमा पाकिस्तानी दूतावासको शुभकामना
राजनीति, समाचार

संविधान दिवसमा पाकिस्तानी दूतावासको शुभकामना

नेपालअखबार,काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ । शुक्रबार दूतावासले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै २०२५ सेप्टेम्बर १९ मा परेको संविधान दिवस तथा राष्ट्रिय दिवसमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेको हो ।सन्देशमा भनिएको छ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका जनता र सरकारलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना ।’...