Tuesday, August 11

राजनीति

जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण
राजनीति, समाचार

जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण

नेपालअखबार, काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरूले आइतबार सिंहदरबारमा गहमन्त्री ओमप्रकाश अर्याललाई भेट्दै आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराएका हुन् । आन्दोलनका घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी पनि दिए । जेनजीका विभिन्न समूहरुले वर्तमान परिस्थितिमा सरकार समक्ष आ–आफ्नै माग राखिरहेका छन् ।जसमा राजनीतिक दलमा आवद्ध युवाहरूले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ । वास्तविक जेनजी पुस्ता आफूहरू रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरुको चेतावनी छ ।...
राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
राजनीति, समाचार

राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपतिको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका अध्यक्ष रेग्मीले वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।...
भारतीय राजदूतले भेटे ऊर्जामन्त्री घिसिङ
राजनीति, समाचार

भारतीय राजदूतले भेटे ऊर्जामन्त्री घिसिङ

नेपालअखबार,काठमाडौं। ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग भारतीय राजदूत नविन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आइतबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री घिसिङले राजदूत श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका हुन् । जेन-जी पुस्ताको आन्दोलनपछि अन्तरिम सरकारको शक्तिशाली मन्त्री बनेका घिसिङलाई राजदूत श्रीवास्तवले बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । भेटका क्रममा नेपालको ऊर्जा, यातायात, भौतिक पूर्वाधार, शहरी विकासका क्षेत्रमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।नेपालको विकासका लागि भारतले सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री घिसिङले नेपालाई अहिले नेपालको शान्ति व्यवस्था, विकास र समृद्धिमा भारतको साथ र सहयोग आवश्यक रहेको बताए ।...
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
राजनीति, समाचार

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

नेपालअखबार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । हेर्नुहोस् विज्ञप्ति :...
आज प्रधानमन्त्रीओली हुँदा लगेका तीन शक्तिशाली विभाग फिर्ता हुने
प्रशासन, राजनीति, समाचार

आज प्रधानमन्त्रीओली हुँदा लगेका तीन शक्तिशाली विभाग फिर्ता हुने

नेपालअखबार, काठमाडाै‌ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग  फिर्ता हुने भएका छन्। मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले शक्तिशाली मानिएका ती निकाय २०७५ फागुन १६ गते प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए। २०७८ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पनि फिर्ता गराउने बहस चलेको थियो। तर उनले पनि पहल गरेका थिएनन्।...
जनमतबाट बाहिरिएकाले खोले जनस्वराज पार्टी
राजनीति, विचार, समाचार

जनमतबाट बाहिरिएकाले खोले जनस्वराज पार्टी

नेपालअखबार, काठमाडाै‌ ।जनमत पार्टीबाट निष्कासनमा परेको एवम् बाहिरिएकाहरूले जनस्वराज पार्टी गठन गरेका छन्। जनकपुरमा शुक्रबार र शनिबार भएको भेलाले जनस्वराज पार्टी गठन गरेको दीपककुमार साहले जानकारी दिएका छन्। ‘पुराना दलहरूको असफलता र संकुचित सोच, बेथिति र भ्रष्टाचार, आत्मकेन्द्रित र विभाजनकारी मानसिकताले जनताको चाहना, आकांक्षा र अधिकारमाथि तानाशाही ढंगले खेलबाड गर्दै देशलाई गम्भीर संकटमा धकेलेको छ, यस्तो अवस्थामा जनता आफै सशक्त भई आफ्नो भविष्य निर्धारण गर्ने बाटो बनाउनुपर्नेमा हामी दृढ छौं,’ उनले भने। यही विश्वासका आधारमा, सामूहिक नेतृत्वमा आधारित सम्यक समाजको निर्माण गरिएको उनले बताए। यस समाजको मातहतमा रही तत्कालीन कार्ययोजना अघि बढाउने उद्देश्यले सञ्जयकुमार साहको संयोजकत्वमा प्रशिक्षण विभाग, सुरेन्द्र नारायण यादवको संयोजकत्वमा आर्थिक विभाग र दीपककुमार साहको संयोजकत्वमा राजनीतिक संग...
पार्टी सभापतिमाथि सांघातिक हमला भएको अवस्थामा पनि पार्टीकै जिम्मेवार नेताहरू संवेदनशील नदेखिएन्न : प्रकाशशरण महत
राजनीति, समाचार

पार्टी सभापतिमाथि सांघातिक हमला भएको अवस्थामा पनि पार्टीकै जिम्मेवार नेताहरू संवेदनशील नदेखिएन्न : प्रकाशशरण महत

नेपालअखबार, काठमाडाै‌ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापतिमाथि सांघातिक हमला भएको अवस्थामा पनि पार्टीकै जिम्मेवार नेताहरू संवेदनशील नदेखिएको बताएका छन्। भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी गरेको आफ्नो घरमा आइतबार पत्रकार सम्मेलन गर्दै ‍प्रवक्ता महतले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई लक्ष्य गर्दै पार्टीको नेतृत्वमाथि सांघातिक हमला हुँदा जिम्मेवार नेताहरू नै असंवदनशील बन्नुलाई दुर्भाग्य भनेका हुन्। 'आलो घाउ ठीक नहुँदै पार्टीभित्र जुन बहस सुरू गरिएको छ। त्यसप्रति गम्भीर होऔं,' उनले भने। उनले पार्टी एक भएर कमि कमजोरी हटाउँदै अघि बढ्ने बेला आलो घाउमा नुन छर्ने प्रवृत्ति देखिएको पनि बताए। काठमाडौंमा २३ गतेको प्रदर्शनअगाडि त्यही सभापति ठीक हुने र अहिले परिस्थिति बदलिएपछि गलत हुने भन्ने प्रवृत्ति देखिएको प्रवक्ता महतले बताए। 'चार दिनअघि त्यही सभापति अत...
अमेरिकाले एच-वानबी भिसा शुल्क बढाउँदा ‘मानवीय परिणाम’ भोग्नुपर्ने भारतको चेतावनी
राजनीति, विश्व, समाचार

अमेरिकाले एच-वानबी भिसा शुल्क बढाउँदा ‘मानवीय परिणाम’ भोग्नुपर्ने भारतको चेतावनी

नेपालअखबार,नयाँ दिल्ली । अमेरिकाले दक्ष कामदारका लागि जारी गरिने एच-वानबी भिसामा शुल्क बढाएर १ लाख डलर पुर्‍याएपछि यसबाट उत्पन्न हुने मानवीय परिणामबारे भारतले चिन्ता व्यक्त गरेको छ। भारतले यस कदमबाट हजारौँ भारतीय कामदारहरू र तिनका परिवारहरूमा नकारात्मक असर पर्ने बताएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै नयाँ भिसा शुल्क सेप्टेम्बर २१ देखि लागू हुने घोषणा गरेका थिए। यो शुल्क हालको शुल्कभन्दा ६० गुणाभन्दा बढी हो। यो निर्णयले भारत र अमेरिकाबिच जारी व्यापार तनावलाई थप बढाएको छ। हालै, ट्रम्पले रुसी तेल खरिद गरेको भन्दै भारतमाथि कडा आयात शुल्क (ट्यारिफ) लगाएका थिए, जसपछि दुई देशबिच व्यापार वार्ता जारी छ। के भन्यो भारत सरकारले? भारतको विदेश मन्त्रालयले अमेरिकाको यो निर्णयले परिवारहरूलाई विच्छेद गर्न सक्ने र यसको ‘मानवीय परिणाम’ हुने ब...
मधेश प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति
राजनीति, समाचार

मधेश प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति

नेपालअखबार, धनुषा । मधेश प्रदेशसभाको बैठक यही असोज ७ गते मङ्गलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ । जनकपुरधाममा आज  मधेश प्रदेश सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सो सहमति भएको प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । मधेश प्रदेशसभाका सबै राजनीतिक दलले सङ्घीयताको विषयमा एक रहनाका साथै सकारात्मक सन्देश प्रवाह गर्न बैठक आह्वान गर्ने निर्णय भएको सभामुख मण्डलले बताए । जेनजी प्रदर्शनका क्रममा मधेश प्रदेशसभामा आगजनी एवं तोडफोड तथा लुटपाट भएका कारण रु ४० करोड बढीको क्षति भएको र क्षतिग्रस्त संरचनाको तत्काल सामान्य मर्मत गरेर प्रदेशसभा बैठक आव्हान गर्ने सहमति भएको सचिवालयले जनाएको छ ।बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न राजनीतिक दलका नेताहरू सहभागी थिए ।...
मधेस प्रदेशसभाको बैठक असोज ७ गते बस्ने
राजनीति, समाचार

मधेस प्रदेशसभाको बैठक असोज ७ गते बस्ने

नेपालअखबार,जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक असोज ७ गते बस्ने भएको छ । शनिबार सभामुख रामचन्द्र मण्डलले असोज ७ गते दिनको १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी दिएका हुन् । आज बसेको सर्वदलीय बैठकले असोज ७ गते प्रदेशसभा बैठक बस्ने निर्णय गरेको उनले बताए । सभामुख मण्डलका अनुसार हालैको तोडफोड र आगजनीका कारण ध्वस्त भएको संरचनामध्ये प्रयोगयोग्य भागलाई अस्थायी रूपमा प्रयोग गर्दै सभा सञ्चालन गरिनेछ । साथै जलेको संरचनाको पुनर्निर्माणका लागि प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय समेत गरिएको उनले जानकारी दिए । विपक्षी दलहरूको बलमिच्याईंका कारण स्थगित भएको मधेस प्रदेशसभा जेनजी पुस्ताको आन्दोलनका क्रममा संरचना नै ध्वस्त भएपछि अनिश्चित बनेको थियो । तर मुख्यमन्त्री सिंहले प्रदेशसभाबाट विश्वासको मत लिने अडान लिएपछि दलहरूको दबाबमा असोज ७ गते बैठक बस्ने निर्णय भएको जनाइएको छ ।...