Sunday, November 1

राजनीति

प्रतिनिधि सभा बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभा बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ। सिंहदरबारमा बिहीबार दिउँसो १ बजे बैठक बस्ने तय छ। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। माननीय उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले 'नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता' पेस गर्ने कार्यसूची छ। माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले 'संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता' पेस गर्ने कार्यसूची रहेको छ।...
एलडीसी मन्त्रीस्तरीय बैठकमा मन्त्री चौधरी : नेपाललाई सहानुभूति होइन, जलवायु न्याय र क्षतिपूर्ति चाहिन्छ
राजनीति, समाचार

एलडीसी मन्त्रीस्तरीय बैठकमा मन्त्री चौधरी : नेपाललाई सहानुभूति होइन, जलवायु न्याय र क्षतिपूर्ति चाहिन्छ

नेपालअखबार,काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपाललाई विश्व समुदायको सहानुभूतिभन्दा जलवायु न्याय र क्षतिपूर्ति चाहिने बताएकी छन् । टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अति कम विकसित राष्ट्रहरू (एलडीसी) को मन्त्रीस्तरीय बैठकमा भोटेकोशी विपद्लाई जलवायु संकटको ज्वलन्त उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले उक्त कुरा बताएकी हुन्। मन्त्री चौधरीले हरितगृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु परिवर्तनको मार खेपिरहेको नेपालजस्ता देशहरूलाई सहानुभूति मात्र नभई जलवायु न्याय र अनुदानमा आधारित वित्त आवश्यक रहेकोमा जोड दिइन् । बिहीबार मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले गत भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको हिम–चट्टान पहिरोले अकल्पनीय क्षति पुर्‍याएको अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइन्। ‘यस विपत्तिमा हामीले १ हजार २०६ जना गुमाइसकेका छौँ, अझै ४ हजार...
रास्वपा सचिवालय बैठक बस्दै
राजनीति, समाचार

रास्वपा सचिवालय बैठक बस्दै

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषय लगायतबारे छलफल हुने नेता जगदीश खरेलले जानकारी दिए ।बैठक बिहीबार बिहान १० बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बस्ने छ ।...
अमेरिकाले भीषण हवाई हमला गरेपछि इरानले पनि दियो जबाफ
राजनीति, विश्व, समाचार

अमेरिकाले भीषण हवाई हमला गरेपछि इरानले पनि दियो जबाफ

नेपालअखबार, काठमाडौं । अमेरिकाले मंगलबार इरानका विभिन्न सैन्य संरचनालाई लक्षित गर्दै ठूलो हवाई हमला गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकी सैन्य संरचनामाथि जबाफी आक्रमण गरेको छ। पछिल्लो घटनाक्रमले केही सातादेखि तुलनात्मक रूपमा शान्त रहेको अमेरिका–इरान द्वन्द्वलाई फेरि गम्भीर रूपमा चर्काएको छ। अमेरिकी आक्रमणपछि इरानले जोर्डन, बहराइन र इराकमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ। यससँगै विश्वको प्रमुख तेल आपूर्ति मार्ग स्ट्रेट अफ हर्मुजमा तनाव थप बढेको छ। यस घटनाक्रमको प्रभाव विश्व बजारमा समेत देखिएको छ। मंगलबार अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य प्रतिब्यारेल ४ डलरभन्दा बढीले बढेर पाँच सातायताकै उच्च बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। युद्ध सुरु भएपछि इरानले स्ट्रेट अफ हर्मुजबाट हुने तेल ढुवानी प्रभ...
आज दुई संसदीय समितिको बैठक बस्दै
राजनीति, समाचार

आज दुई संसदीय समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । संघीय संसद् मातहतका दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ छ । संसद्‍ सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । बुधबार बिहान साढे ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभाव’का बारेमा छलफल गर्ने कार्यसूची छ। यस्तै, दिउँसो सवा १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।...
भोटेकोशीको विनाशकारी बाढीले राष्ट्रिय सभा मर्माहत, एकीकृत समन्वयका लागि अध्यक्ष दाहालको आह्वान
राजनीति, समाचार

भोटेकोशीको विनाशकारी बाढीले राष्ट्रिय सभा मर्माहत, एकीकृत समन्वयका लागि अध्यक्ष दाहालको आह्वान

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले मंगलबारको राष्ट्रिय सभा बैठकमा रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाका तटीय क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिले राष्ट्रिय सभालाई गम्भीर र मर्माहत बनाएको उल्लेख गरेका हुन्। अध्यक्ष दाहालले नेपाल बाढी, पहिरो, भूकम्प र महामारी जस्ता प्राकृतिक एवं मानव सृजित विपद्को उच्च जोखिममा रहेको स्मरण गराए । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव भोग्ने देशहरूको अग्रपङ्क्तिमा नेपाल पर्नु दुःखद यथार्थ रहेको उनले बताए । यस दुखद घडीमा ज्यान गुमाउने नेपाली तथा मित्रराष्ट्रका नागरिकहरूप्रति राष्ट्रिय स...
पश्चिम एशियामा फेरि बढ्यो सैन्य तनाव, ट्रम्पले दिए इरानमाथि कडा कारबाही गर्ने धम्की
राजनीति, विश्व, समाचार

पश्चिम एशियामा फेरि बढ्यो सैन्य तनाव, ट्रम्पले दिए इरानमाथि कडा कारबाही गर्ने धम्की

नेपालअखबार, दुबई । हालैका हप्ताहरूमा मत्थर भएको इरान र अमेरिकाबिचको आक्रमण पुनः भड्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथि थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार अमेरिकाले इरानको लाराक द्वीपमा आक्रमण गरेको थियो । यसको प्रतिकारमा इरानले सोमबार राति जोर्डनमा रहेका दुई अमेरिकी सैन्य आधारलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गर्यो । लाराकमा स्ट्रेट अफ होर्मुजमा समुद्री सुरुङ बिछ्याउन तयारी गरिरहेका इरानी प्रक्षेपण प्रणालीलाई निशाना बनाइएको अमेरिकी पक्षको दाबी छ । घटनापछि ट्रम्पले इरानलाई कडा जवाफ दिने भनेका छन् । रानमाथि कडा प्रहार गरिने र यसको जवाफ दिइने ट्रम्पले बताएको भन्दै फक्स न्युजले समाचार छापेको छ । पछिल्लो आक्रमण–प्रत्याक्रमणले प्रतिबन्ध, नाकाबन्दी र आर्थिक दबाब मार्फत बढ्दो रूपमा लडिएको द्वन्द्व कति छिटो सैन्य कारबाहीमा परिणत हुन सक्छ भन्ने कुरालाई ...
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो । बैठकमा प्रतिनिधिसभाको आगामी बैठक कहिले राख्ने र के कस्ता एजेन्डा अगाडि बढाउने भनेर छलफल हुनेछ ।यसअघि सोमबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन तत्काल प्रतिनिधिसभाको बैठक राख्न बोलाउन माग गरेका थिए ।...
विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर सरकारले कानून पुनरावलोकन गर्ने
राजनीति, समाचार

विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर सरकारले कानून पुनरावलोकन गर्ने

नेपालअखबार,काठमाडौं । सरकारले विपद् व्यवस्थापन, विपद् पूर्वतयारी तथा पुनर्निर्माणलाई केन्द्रमा राखेर विद्यमान कानूनी व्यवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ । सरकारले घोषणा गरेको ‘कानून सुधार तथा कानून निर्माण वर्ष’लाई कार्यान्वयन गर्न गठित उच्चस्तरीय समितिको तेस्रो बैठकले उक्त निर्णय लिएको कानुनमन्त्री सोबिता गौतमको सचिवालयले जानकारी गराएको छ । सोमबार दिउँसो बसेको बैठकमा पछिल्ला विपद्का घटनाबाट देखिएका कानूनी तथा संस्थागत चुनौती, नेपालको भौगोलिक र वातावरणीय जोखिम, विपद्का बेला उद्धार तथा राहतमा देखिने व्यवहारिक कठिनाइ र विपद्पछिको पुनर्निर्माणलाई सहज बनाउने कानूनी व्यवस्थाका विषयमा विस्तृत छलफल भएको थियो । उच्चस्तरीय समितिमा कानूनमन्त्री गौतम संयोजक छिन् भने विषयगत मन्त्रीहरू, नेपाल सरकारका महान्यायाधिवक्ता डा. नारायणदत्त कडेल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेल, प्रधानमन्...
युनिफिकेसन चर्चकी प्रमुखलाई घुस काण्डमा दुई वर्ष जेल
राजनीति, विश्व, समाचार

युनिफिकेसन चर्चकी प्रमुखलाई घुस काण्डमा दुई वर्ष जेल

नेपालअखबार,काठमाडौं । दक्षिण कोरियाको एक अदालतले युनिफिकेसन चर्चकी प्रमुखलाई पूर्व-प्रथम महिलासँग जोडिएको घुस काण्डमा दुई वर्षको जेल सजाय सुनाएको छ। सोमबार सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले ८३ वर्षीया हान हाक-जालाई राजनीतिक आर्थिक सहयोग सम्बन्धी कानुन उल्लङ्घन गरेकोमा एक वर्ष र अनुचित लाभ तथा भ्रष्टाचारका लागि छुट्टै एक वर्ष गरी कुल दुई वर्षको सजाय सुनाएको हो। दक्षिण कोरियाका तत्कालीन राष्ट्रपति युन सोक योलकी पत्नी किम क्योन हीलाई ब्रान्डेड गहना तथा बहुमूल्य सामानहरू र युन निकट मानिने एक सांसदलाई रकम हस्तान्तरण गर्न चर्चका एक अधिकारीलाई निर्देशन दिएको आरोप उनीमाथि थियो। स्वास्थ्यको कारण देखाउँदै अधिकारीहरूले बुधबार सम्मका लागि उनको हिरासत स्थगित गरेकाले हानलाई तुरून्तै नियन्त्रणमा भने नलिइएको फाइनान्सियल टाइम्सले जनाएको छ। अदालतले भनेको छ, 'युनिफिकेसन चर्चको वित्तीय शक्ति प्रय...