चार सातादेखि मधेसको बजेट अल्झियो, प्रतिपक्षीको अवरोधले ठप्प प्रदेश सभा
नेपालअखबार, जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गरेको करिब चार साता बित्न लाग्दा पनि प्रदेश सभामा बजेटमाथिको प्रक्रिया अघि बढ्न सकेको छैन। नेपाली कांग्रेस, एमाले र नेकपाको संयुक्त सरकार बने पनि प्रतिपक्षी दलको असन्तुष्टि समाधान गर्न नसक्दा प्रदेश सभा असार १४ गतेदेखि निरन्तर अवरुद्ध छ।
नेपाली कांग्रेसका कृष्ण यादव नेतृत्वको सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमाथिको छलफलका क्रममा विपक्षी दलहरूले लगातार विरोध जनाएपछि प्रदेश सभाको बैठक स्थगित हुँदै आएको छ।
प्रतिपक्षी दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी र राप्रपा नेपालले लोक सेवा आयोग र जनलोकपालमा गरिएको अवैधानिक नियुक्ति, बजेट तथा नीति–कार्यक्रमप्रति गम्भीर असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले बजेट संशोधन नभएसम्म सदन सञ्चालन हुन नदिने अडान लिएका छन्।
पूर्वम...










